क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले २०८१ चैत्र ४ गते देखि पाँचथरको चियोभञ्ज्याङ, झापाको काकरभित्ता, बैतडीको झुलाघाट, कञ्चनपुरको गड्डाचौकीबाट जनसम्बन्ध विस्तार अभियान संचालन गरेको छ । यस क्रममा अभियानको ३ न. टोलीको पार्टीका स्थायी समिति सदस्य कृष्ण पौडेलले नेतृत्व गर्नु भएको छ । यो अन्तरक्रियाको मुख्य उद्देश्य वास्तविक पीडितले सरकारी निकाय जिल्ला प्रशासन वा अदालतको निर्णय वा फैसलाबाट न्याय पाए वा पाएन? पीडितलाई वास्तविकरुपमा न्याय कसरी दिन सकिन्छ भन्ने बारेमा छलफल,अन्तरक्रिया गर्न गइ रहेकाछौं ।
नेपाली समाजको अर्ध सामान्ती अर्ध उपनिवेश राजतन्त्रात्मक शासन प्रमाणीमा राजाले शासन गरेको अवस्थामा गाउँका मुख्य जिम्मेवाल साहु महाजनले जनताका गरगहना भाँडाकुँडा वा जग्गा जमिन धितो राखेर चर्को व्याजमा ऋण दिने लिएको ऋणको दोब्बरका तमसुख बनाएर शोषण गर्ने गर्दथ्यो । अहिले नेपाली समाजको चरित्र अर्ध सामन्ती अर्ध उपनिवेश विशेषता सहितको नवऔपनिवेशिक अवस्थामा छ । दलाल संसदील व्यवस्थाभित्र लोकतन्त्रका मसिहा कहलिने कांग्रेस, एमाले, माओवादी केन्द्र समेतले पालोपालो सरकार सञ्चालन गरेर शासन गरेका वर्तमान अवस्थामा साहु महाजन मुख्य जिम्वालको स्वरुप परिवर्तन भएर सोको सट्टा मिटरव्याजी, लघुवित्त, सहकारी, बैङ्कले लिएका छन् । यिनका सञ्चालकको संरक्षण सुरक्षा कानुन बनाएर यिनै पार्टीहरुले गरेको पाइन्छ । कुनै पनि शासन प्रणालीले वर्गको प्रतिनिधित्व गर्ने भएकोले दलाल संसदीय व्यवस्थाले मिटरव्याजी, बैंक, लघुवित्त ठग सहकारी सञ्चालकको रक्षा र संरक्षण गरेको हुँदा किसान मजदुरको शासन व्यवस्था जनगणतन्त्र प्राप्त नभएसम्म वास्तविक पीडितले न्याय नपाउने भए पनि विद्यमान अवस्थामा पीडितलाई जे जति न्याय दिन सकिन्छ त्यसका लागि संघर्ष गर्नुको विकल्प छैन ।
मिटरव्याज (अनुचित लेनदेन)– लेनदेन नगरे नभएको रकमको लिखत गर्ने, वास्तविक रकम भन्दा बढीको लिखत गर्ने, लेनदेनका बखत व्याज रकम जोडेर सावाको लिखत गर्ने, व्याजलाई सावामा जोडी नयाँ लिखत गर्ने, ऋणले तिरे बुझाएको रकमको भरपाई वा लिखत नगरिदिने, ऋणको साँवा भन्दा बढी व्याज लिने, ऋण असुलीका लागि शारीरिक वा मानसिक शोषण गर्ने कार्य मिटरव्याज (अनुचित) लेनदेन हो ।
मिटरव्याजको समस्या देशभरी रहे पनि मुलतः पूर्व तराइ र तराइका जिल्लामा बढी रहेको देखिन्छ । लाखौं मिटरव्याज पीडित भएपनि करिव २२ हजार उजुरी मात्र देशभरीका जिल्ला प्रशासन कार्यालयमा परेका छन् । यी मध्ये केही मात्र फच्र्यौट भए पनि अधिकांश उजुरी कार्वाहीको प्रक्रियामा रहेका छन् ।
बैंक – नेपालमा क वर्गका वाणिज्य बैङ्कहरु करिव २१ वटा रहेका छन् । नेपाल बैंक–पूँजी कोष अहिले ३५ अर्ब ८६ करोड रुपैयाँभन्दा बढी छ । जसमा चुक्ता पूँजीमात्र १४ अर्ब ६९ करोड रुपैयाँ छ । राष्ट्रिय वाणिज्य बैंक–यसको पूँजी कोष ३५ अर्ब छ । यसमा चुक्ता पूँजीमात्र १४ अर्ब ६३ करोड रुपैयाँ रहेको छ । नबिल बैंक–नबिल बैंकले नेपाल बंगलादेशसँग गाभिएपछि ठूलो पूँजी कोष बनाएको छ । उसको पूँजी कोष ५३ अर्ब ८७ करोड रुपैयाँ बराबरको छ । पूँजी कोषभित्रै पर्ने चुक्ता पूँजीमात्र २७ अर्ब बढी छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक–मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक गाभिएर बनेको यो बैंकको ५३ अर्ब ३४ करोडको पूँजी कोष छ । चुक्ता पूँजी ३४ अर्ब १२ करोड बराबर छ । स्ट्याण्डर्ड चार्टड बैंक–पूँजी कोष १६ अर्ब ६६ करोड रुपैयाँ छ । यसमा चुक्ता पूँजी ९ अर्ब ४२ करोड रुपैयाँ छ । हिमालयन बैंक–सिभिल बैंकलाई गाभेको हिमालयनको पूँजी कोष ३२ अर्ब ९३ करोड रुपैयाँ र चुक्ता पूँजी २१ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।नेपाल एसबीआई बैंक–पूँजी कोष १६ अर्ब ३७ करोड रुपैयाँ र चुक्ता पूँजी १० अर्ब १२ करोड रुपैयाँ रहेको छ । एभरेष्ट बैंक–पूँजी कोष २१ अर्ब ७४ करोड र चुक्ता पूँजी १० अर्ब ६९ करोड रुपैयाँ रहेको छ । एनआईसी एसिया२४ अर्ब ८४ करोडको पूँजी कोष रहेको यस बैंकको चुक्ता पूँजीमात्रै ११ अर्ब ५६ करोड रुपैयाँ छ । माछापुछ्रे बैंक–१४ अर्ब ४८ करोड पूँजी कोष र १० अर्ब २५ करोड चुक्ता पूँजी रहेको छ । कुमारी बैंक–एनसीसी बैंकलाई गाभेको कुमारीको ३४ अर्ब ३ करोड रुपैयाँ पूँजी कोष रहेको छ । जसमा चुक्ता पूँजी २६ अर्ब २२ करोड रुपैयाँ छ । लक्ष्मी बैंक–१६ अर्ब ७१ करोड रुपैयाँ पूँजी कोष भएको लक्ष्मीको चुक्ता पूँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ । सिद्धार्थ बैंक–२१ अर्ब ६७ करोड पूँजी कोष र चुक्ता पूँजी १४ अर्ब ८ करोड रुपैयाँ छ । कृषि विकास बैंक–३३ अर्ब १९ करोड रुपैयाँ पूँजी कोष र चुक्ता पूँजी १८ अर्ब ६२ करोड रुपैयाँ छ । ग्लोबल आइएमई बैंक–५२ अर्ब ४२ करोड रुपैयाँ पूँजी कोष र चुक्ता पूँजी ३५ अर्ब ७७ करोड रुपैयाँ छ । सिटिजन्स बैंक–१९ अर्ब १ करोड पूँजी कोष रहेको सिटिजन्सको १४ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । प्राइम कर्मसियल बैंक–२६ अर्ब १३ करोड रुपैयाँ पूँजी कोषमा १९ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी छ । सनराइज बैंक–१६ अर्ब ५७ करोड रुपैयाँ पूँजी कोष र चुक्ता पूँजी १० अर्ब ११ करोड रुपैयाँ रहेको छ । एनएमबी बैंक–३५ अर्ब ३५ करोड रुपैयाँ पूँजी कोष र चुक्ता पूँजी १८ अर्ब ३६ करोड रुपैयाँ छ । प्रभु बैंक–३४ अर्ब १८ करोड पूँजी कोष र २३ अर्ब ५४ करोड चुक्ता पूँजी रहेको छ । सानिमा बैंक–१६ अर्ब ७९ करोड रुपैयाँ पूँजी कोष र चुक्ता पूँजी १२ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । यी बैङ्कहरुमा वार्षिक सवै भन्दा कम कृषि विकास बैङकले ४१ करोड सवैभन्दा बढी नविल वैङकले ५ अर्व ३२ करोड नाफा कमाउने गरेको छ । नेपाल एसविआई एभेरेष्ट समेतका वैङकमा बढी लगानी भारतीयहरुको छ ।
ख वर्गः विकास बैंकहरु करिव १७ वटा-कर्पोरेट डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेन्ट बैंक ,गरिमा विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, कामना सेवा विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, साङ्ग्रिला डेभलपमेन्ट बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक
ग वर्गः फाइनान्स कम्पनीहरु करिव १७वटा-बेस्ट फाइनान्स, क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, सेन्ट्रल फाइनान्स, गोर्खाज फाइनान्स, गुडविल फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, आइसीएफसी फाइनान्स, जानकी फाइनान्स कम्पनी, मञ्जुश्री फाइनान्स, मल्टिपर्पोज फाइनान्स कम्पनी, नेपाल फाइनान्स लिमिटेड, नेपाल श्री मार्केट्स एन्ड फाइनान्स, पोखरा फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, रिलायन्स फाइनान्स, समृद्धि फाइनान्स कम्पनी, श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी
घ वर्गः लघुवित्त कम्पनी-करिव ५७ वटा आत्मनिर्भर लघुवित्त,अभियान लघुवित्त,आदर्श लघुवित्, आँधीखोला लघुवित्त,आरम्भ चौतारी लघुवित्त,आशा लघुवित्त,बिपिडब्ल्यु लघुवित्त,छिमेकी लघुवित्त सिभिल लघुवित्त सिवाइसी नेपाल लघुवित्त, डिप्रोस लघुवित्त, धौलागिरी लघुवित्त, फस्र्ट माइक्रोफाइनान्स लघुवित्त, फर्वार्ड माइक्रोफाइनान्स लघुवित्त, गणपति लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, ग्रामिण विकास लघुवित्त, गुराँस लघुवित्त, इन्फिनिटी लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, जीवन विकास लघुवित्त, कालिका लघुवित्त, खप्तड लघुवित्त, किसान लघुवित्त, लक्ष्मी लघुवित्त, महिला लघुवित्त, महुली सामुदायिक लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, मानुषी लघुवित्त, मेरो माइक्रोफाइनान्स लघुवित्त, मिर्मिरे लघुवित्त, मिथिला लघुवित्त, नाडेप लघुवित्त, नेसनल माइक्रोफाइनान्स लघुवित्त,नयाँ सारथी लघुवित्त, नेरुड लघुवित्त, नेस्डो समृद्धि लघुवित्त, एनआइसी एसिया लघुवित्त, निर्धन उत्थान लघुवित्त, एनएमबी लघुवित्त, राष्ट्र उत्थान लघुवित्त, आरएमडिसी लघुवित्त, सबैको लघुवित्त, साधना नेपाल लघुवित्त, समाज लघुवित्त, समता घरेलुु लघुवित्त, सामुदायिक लघुवित्त, सानाकिसान विकास लघुवित्त,सृजनशील लघुवित्त, सुमित लघुवित्त, सुपर लघुवित्त, सपोर्ट लघुवित्त, सूर्योदय वोमी लघुवित्त,स्वाबलम्बन लघुवित्त,स्वाभिमान लघुवित्त, स्वस्तिक लघुवित्त, स्वरोजगार लघुवित्त,युनिक नेपाल लघुवित्त,उन्नति सहकार्य लघुवित्त, उपकार लघुवित्त, विजय लघुवित्त, विन नेपाल लघुवित्त
थोक कर्जा कारोबार गर्ने - साना किसान विकास लघुवित्त ,आरएसडिसी लघुवित्त ऋण तथा वचत सहकारी– यस्ता प्रकृतिका सहकारीहरु करिव ३१ हजार ३ सय ७३ रहेको छन् । सहकारीहरुले वचतकर्ताको करिव २ खर्व वचत अपचलन गरेका छन् । ५४ वटा सहकारीले मात्र १ खर्व ६० अर्व अपचलन गरेका छन् ।
ऋणलिनुका कारण - उपचार गर्न, कामको खोजीमा विदेश जान वा विदेशमा छोरा छोरीलाई पढाउन,घरव्यवहार चलाउन,जग्गा जमिन किन्न,व्यापार व्यवशाय गर्न, मलखाद विउ विजन किन्न, साहुको ऋण व्याज तिर्न,मुद्दा उजुरीमा खर्च गर्न आदि कामका लागि ऋण लिएको देखिन्छ ।
ऋण दिने लिने प्रक्रिया– जग्गा जमिन घर वा जायजेथा दृष्टिवन्धक गर्ने,ऋण तिरिसकेपछि फिर्तागर्ने मौखिक शर्तमा राजीनामा पास वा छिनुवा पास गरिदिने,वास्तविक कर्जा भन्दा २ देखि ७ गुणाको तमसुख वनाउने,ऋण दिदा अग्रिम निश्चित समयको व्याज सावाँ वाट कट्टि गरी ऋण दिने, तिर्ने म्यादको मिति राखी तमसुखमा लेखिएको ऋण भन्दा धेरै गुणा रकम चेकमा लेखी हस्ताक्षर गरेर चेक लिने,ऋणले तिरेको रकमको साहुले टिपोट राख्ने ऋणीलाई भुक्तानीको प्रमाण नदिने, सहकारी वचतकर्ताको पासवुक लिने,व्याजको व्याज जोडेर साँवामा परिणत गर्ने आदि ।
ऋणतिर्न नसकिने अवस्था खुल्ला सिमानाका कारण भारतीय चिनियाँ वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्नु । परिवारको आर्यआर्जन गर्ने व्यक्तिको निधन हुनु वा रोजगार गुम्नु, विरामी हुनु, व्यवशाय गर्ने ज्ञान सिप अनुभव नहुनु, फजुल खर्च वा विलासि जीवन ऋणीले अपनाउँदा ऋण तिर्न नसक्नु , ऋणी स्वयम अरुबाट ठगिनु आदि ।
गैरकानुनीहरुमा धितो तथा सम्पत्ति लिलाम वा जफत ः
कतिपय बैंक वा वित्तिय संस्था साहु महाजनको नियत वा योजना नै थोरै ऋणमा वढी मुल्यको सम्पत्ति कसरी हड्प्ने भन्ने नियतका साथ ऋण लगानी गरेका हुन्छन् । मिटरव्याज पीडितहरुले धितो वाफत दृष्टिवन्धक राजीनामा दिएको सम्पत्ति ऋण चुक्ता गर्दा पनि फिर्ता नपाएको देखिन्छ । वैङक वा वित्तिय सँस्थामा धितो जमात वापत राखेको वा नपुग देखाएर ऋणीको अन्य सम्पत्ति पनि लिलाम गर्ने लिलाम सम्पत्ति लाई वैङ्ककै एजेण्ट वा वैङ्कले स्वयम सकार गरीलिई ऋणलाई सुकुम्वासी वा सडकमा फाल्ने वा जेल पठाउने गरेको देखिन्छ ।
कानुनी पहल प्रयत्न र प्रयासः सवै मिटरव्याजी बैंक वित्तिय संस्था वा सहकारी पीडक अन्याय र सवै ऋणी पीडित नहुन सक्छन् । तर अधिकाश ऋणी पीडित भएको तथ्यमा कुनै विवाद छैन । मिटरव्याजी र ऋणी प्राकृतिक व्यक्ति हुन। दुवै व्यक्ति–व्यक्ति विच अनुचित लेनदेन भएको अवस्थामा साहुको ऋणी ऋणले दिएन। उसको धितो बन्धक राखेको सम्पति वा अन्य सम्पतिबाट असुल उपर गर्न अदालतमा मुद्दा गरी ठहर वमोजिम मात्र असुल उपर गर्न पाउँछ । मिटरव्याजी पीडितले अनुचित लेनदेनका आधारमा ऋणको अचल सम्पत्ति हस्तातरण गरी लिने यस्ता कार्य गर्ने व्यक्तिलाई ७ वर्ष सम्म कैद र ७० हजार जरिवाना , वास्तविक ऋणको सावा र व्याज साहुलाई कट्टी गरी ऋणीको सम्पत्ति फिर्ता र हकहस्तान्तरण भएको ठहरेमा वदर गरी ऋणीको सम्पत्ति फिर्ता हुने कानुनी व्यवस्था छ ।
वैङक वा वित्तिय सँस्था स्वयमले ऋणीको धितो वन्धक राखेको संम्पत्ति लिलाम गरी सकार गर्ने वा असुल गर्ने गरेको छ । वैङक वा वित्तिय सँस्थाहरु पनि कानुनी व्यक्ति भएको हुदा कानुनी व्यक्ति (वैङ्क वा वित्तिय सँस्था) वाट प्राकृतिक व्यक्ति (ऋणी)को धितो जमानत लिलाम गर्नुभन्दा पुर्व वैङक वा वित्तिय सँस्थाले पनि ऋणीको नाममा ऋण असुली न्यायधिकरण मा मुद्दा गरेर ठहरे वमोजिम मात्र ऋणको रकम असुल उपर गर्न पाउँछ । अहिले गैर कानुनी रुपमा ऋणीको धितो वन्धक राखेको सम्पत्ति जफत गर्ने गरेका छन् ।
पीडितहरुको कानुनी न्यायका लागि उच्च नैतिकता सही दृष्टिकोण पीडित मैत्री अधिवक्ताको सहयोग आवश्यक भए पनि अदालतले कानुन प्रमाणका आधारमा मात्र फैसला वा निर्णय गर्ने भएकोले पीडितले वास्तविक न्याय नपाउन सक्छन। त्यसका लागि दुवै पक्षको वास्तविक व्यवहार र कानुनी व्यवहारलाई छुटयाएर वास्तविक व्यवहारका आधारमा न्याय सम्पादन गर्नुपर्ने हुन्छ । जनतालाई न्याय सम्पादन गर्दा कतिपय पार्टी वा सँस्थाहरुले न्यायलाई विक्री गरेर आर्थिक लाभ लिने गरेको पनि देखिन्छ । यसले पीडितको न्याय त मर्छ नै क्रान्तिकारी पार्टी सँगठन प्रति अविश्वास घृणा पनि सृजना भएर जान्छ । त्यसकारण न्याय सम्पादन गर्दा मुद्दाका सवै पक्षहरुका सबै कुरालाई अध्ययन विश्लेषण गरेर मात्र गर्नुपर्छ । जसवाट जनताले विद्यमान व्यवस्था प्रति अविश्वास गरेर क्रान्तिकारीहरु प्रति विश्वास गरेर जनताले चाहेमा न्यायको अभियानमा पनि जोडिन सकुन । न्यायमा विचलन गर्ने न्यायधिशको हकमा न्यायपरिषदमा र अधिवक्ताको हकमा नेपाल वार काउन्सिलमा, सरकारी वकिलको हकमा न्यायधिवक्ताका कार्यालयमा उजुरी दिन सकिने छ ।
राजनीतिक र सामाजिक प्रयासः पीडितहरुका न्यायका लागि जिल्ला स्तरमा सरोकारवालाहरु राजनीतिक पार्टी, वार एशोसिएन, पत्रकार महासंघ प्रहरी प्रशासन साहू महाजन वा बैंक, वित्तिय संस्था, सहकारीका प्रतिनिधिहरु, स्थानीय तहका प्रतिनिधिहरु वा अन्य सामजिक संघसंस्थाहरुसँग छलफल, अन्तक्रिया सहकार्य र सहयोग लिनुपर्ने हुन्छ ।
न्यायका लागि जनपरिचालन ः पीडितहरुमा राजनीतिक वैचारिक सचेतनाको अभावका कारण यो समस्यालाई व्यक्ति व्यक्तिको समस्याका रुपमा वुझी आफ्नो समस्या समाधन भए पछि न्यायको अभियानलाई सहयोग नगर्ने वा छोडेर हिड्ने आफु जस्तै पीडितको न्यायका लागि संघर्ष नगर्ने जुन प्रवृति देखा परेको छ । यसले न्यायको अभियान अगाडि बढ्ने र सबै पीडितले न्याय पाउने सम्भावना नभएको हुँदा पीडितहरुलाई समस्याको वैचारिक राजनीतिक कारणका आधारमा प्रशिक्षित गरी संगठित गरेर परिचालन गरेर मात्र न्यायको अभियान अगाडि बढाउन सकिन्छ । पीडितहरु संगठितरुपमा परिचालित भए मात्र अन्यायपूर्ण तरिकाले पीडितको सम्पत्ति जफत गर्ने अदालतको फैसला, बैङक वित्तिय संस्थाका निर्णय वा प्रहरी प्रशासन वा स्थानीय तहका दमनको प्रतिरोध गर्न सकिन्छ । त्यसकारण सचेततापूर्ण योजनाबद्ध तरिकाले यो न्यायको अभियानलाई अगाडि बढाउनुपर्छ ।
(नोट - यो लेख क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जनसम्बन्ध विस्तार अभियानको सिलसिलामा पार्टीका पि.वि.एम. तथा ३ नम्बर व्यूरो इन्चार्ज लालबहादुर जाग्रीले बर्दियाको गुलरियामा सम्पन्न अन्तक्र्रिया प्रस्तुत गर्नुभएको अवधारणापत्र)
प्रतिक्रिया