भ्रमण वर्ष सफल पार्न मण्डन देउपुरका नगर प्रमुख टोपबहादुर वाइबाको संयोजकत्वमा चाँगुनारायणका नगरप्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकी, बनेपाका नगर प्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख विमला सापकोटा दाहाल, शङ्खरापुरका नगरप्रमुख रमेश नापित, उपप्रमुख समिता श्रेष्ठ, मण्डन देउपुरका उपप्रमुख विष्णुमणि नेपाल र चारवटै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलगायत एक हजार १०१ सदस्यीय संयुक्त मूल आयोजक समिति र विभिन्न नौ वटा उपसमिति गठन भएका छन् ।
नगरकोटसँग चारवटै नगरपालिकाको पर्यापर्यटन, कृषि पर्यटन, त्यस क्षेत्रका जातजाति, वेशभूषा, जात्रा, पर्व, सांस्कृतिक पहिचानलगायतको उजागर गर्र्दै होमस्टेको विस्तार गर्ने गरी भ्रमण वर्ष मनाइने चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जानकारी दिए ।
प्रतिक्रिया