बान्नीगडी जयगढ गाउँपालिकाको केन्द्र जयगढ बजारमा भीषण आगलागी भएको छ। मुख्य बजारमा रहेको एक पसलमा ग्यास सिलिन्डरबाट सल्केको आगो अनियन्त्रित बनेर आगलागी भइरहेको छ।
आगलागी नियन्त्रणका लागि स्थानीयले प्रयास गरिरहे पनि प्रयास असफल भइरहेको स्थानीय बेदराज तिमिल्सेनाले जानकारी दिनुभयो। आगलागी नियन्त्रणका लागि सदरमुकाम मंगलसेन नगरपालिकाको दमकल गएको छ। आगलागीका कारण जयगढ बजारमा ठूलो क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। आगाली नियन्त्रणमा समस्या भइरहेको छ।
प्रतिक्रिया