क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय कमिटी द्दारा देशब्यापी रुपमा सञ्चालन गरिएको जनसम्बन्ध बिस्तार अभियान अन्तर्गत बर्दिया जिल्ला कमिटीले बढैयाताल गाँउपालिकाको मैनापोखर बजारमा जिल्ला स्तरिय अभियान उद्घाटन सहित २०८१।१२।४ गते गरेर ४५ दिने निरन्तर अभियान सञ्चालन हुने छ।
कार्यक्रमको अध्यक्षता बर्दिया जिल्ला सेक्रेटरी पि टी र सञ्चालन का बा सेक्रेटरी बिनय रानाले गर्नुभएको थियोे ।उपस्थित कमरेडहरु तथा जनसमुदायहरुलाई स्वागत मन्तब्य द्दारा बिसालले स्वागत गर्नुभएको थियो ।
अथितिहरुमा प्रमुखबक्ता वैकल्पक पोलिटब्युरो सदस्य तथा ३ न. ब्युरो सेक्रेटरी दिपक शाही केन्द्रीय सदस्य बिपिन रोकाया , महिला जिल्ला नेतृ छाँया मुस्लिम संगठन जिल्ला संयोजक नईम हासमी थारु मोर्चा जिल्ला संयोजक विशाल हुनुहुन्थ्यो । कार्यक्रमका प्रमुख बक्ता दिपक शाहीले जनसम्बन्ध बिस्तार अभियानको बारेमा बोल्दै बर्तमान राज्य ब्यबस्थाले गर्दा जनताहरुमा निरासता पैदा भएको र राजाबादीहरुले टाउको उठाउने प्रयत्न गरिरहेको स्पष्ट पार्नुभयो। हाम्रो पार्टी नोकरशाही दलाल तथा बिस्तारबाद र साम्राज्यवाद घरेलु सामान्तबाद संसदीय ब्यबस्थाको बिरुद्ध मा अब जन संघर्ष गर्ने बताउनु भयो ।
अर्का बक्ता केन्द्रीय कमिटी सदस्य बिपिनले अब क्रान्तिकारी पार्टी नेपालले जनसम्बन्ध बिस्तार अभियानको क्रममा जनघर दैलो तथा सहिद परिवार भेटघाट अन्तरक्रिया गर्ने बताउनु भयो ।कार्यक्रमको समापन सचिव पि टीले गर्नुभयो ।
प्रतिक्रिया