क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको ४ न. टोलीले जनसम्वन्ध विस्तार अभियान कार्यक्रमको दोस्रो दिन वैतडीको तिन स्थान सुनाया सभा सतवाज ,ठाँणमा कोणसभा सम्पन्न गरेको अभियानका सहभागी दिनेश थापाले विम्व अनलाईन लाई वताएका छन।
वैतडीको सुर्नाया गाउँपालीकाको कार्यालय नजिक भएको सभा लाई ४ न. टोली नेता एव स्थायी समिति सदस्य हेमन्त प्रकाश ओलीले सम्वोधन गर्दै जनताको घरदैलोमा पार्टी पुगेर जनता सँगको सम्वन्ध विस्तार गर्ने उदेश्यले यो अभियान सञ्चालन गरेको वताउनु भयो। सुदूरपश्चिम भुमिमा भिमदत्त पन्त वाकाविर जस्ता योध्दाहरुले विद्रोह गरेको भुमि भएकोले यस क्षेत्रका उत्पिडित जनताले मुक्ति चाहना लाई जनसम्वन्ध विस्तार अभियानवाट क्रान्तिकारी पार्टीमा सँगठिन भएर अगाडी वढाउन सकिने वताउनु भयो।
पार्टी पिविएम लालवहादुर जाग्रीले सँसदिय पार्टीहरु काँग्रेस एमाले माओवादी केन्द्रले राज्यको स्रोतलाई पार्टीकरण गरेर पार्टी कार्यकर्ता पोष्ने काम गरेर भ्रष्टचार गरिरहेको वताए। किर्षि अनुदान वास्ताविक किसान लाई नदिइ कसिशन घुस दिने गैरकिसान लाई दिएर भ्रष्टाचार गर्दै आएको वताएका छन।कार्यक्रमको सञ्चालन सिसिएम हरि प्रकाश सुवेदी र अध्यक्षता वैतडीका पार्टी नेता काशी सिह धामीले गर्नुभएको थियो।
सतवाज र ठाँणमा कोणसभा सम्पन्न
वैतडीको सतवाज चौराहमा भएको कोणसभाको सञ्चालन काशि सिह धामीले गरेका थिए।कोणसभा लाई पार्टीका पिविएम केवि गुरुङले सम्वोधन गर्नुभएको थियो। यसैगरी वैतडीको ठाँणमा भएको कोणसभा लाई पार्टी पिविएम धनेश्वर पोखरेलले सम्वोधनगर्नु भयो भन्ने सञ्चालन वैतडीका नेता काशिसिह धामीले गर्नुभएको थियो।
प्रतिक्रिया