नेपालगञ्जमा लघुबित्त तथा बित्तिय शोषण विरूध्द प्रर्दशन

bimbonline बिम्ब अनलाइन
२०८१ फागुन ३० १०:३६ बजे
सभालाई सम्वोधनगर्दै दिपक शाही नेता क्रान्तिकारी कम्युनिष्ट पार्टी

लघुबित्त तथा बित्तिय शोषण बिरुद्ध संघर्ष समिति नेपाल अन्तर्गत लुम्बिनी प्रदेश समितिको आयोजनामा फाल्गुन २८  गते नेपालगञ्जमा विशाल प्रर्दशन गर्दै  राष्ट्र बैंक नेपालगन्जको कार्यालयमा बिरोध याली सहित ज्ञापनपत्र बुझाएको छ।

तत्कालीन प्रचण्ड सरकारको पालामा नेपालका सात प्रदेश भित्र फिल्ड सर्बेक्षण गरि नेपाल राष्ट्र बैंक  डेपुटी गभर्नरको संयोजकत्वमा दुईपक्ष बिच सहमति भई तयार पारिएको प्रतिबेदन बर्तमान के.पि. ओली सरकारले गुपचुप पारेको र सोही लिखित प्रतिबेदन सार्वजनिक गर्न दबाब दिदै दाङ्ग, बाँके र बर्दियाका बित्तिय शोषणका पिडितहरुको ठुलो सहभागीतामा ज्ञापन पत्र बुझाउनुका साथै आमसभा पनि सम्पन्न भएको छ ।

उक्त आमसभाको अध्यक्षता लुम्बिनी प्रदेश अध्यक्ष बद्री देवानले गर्नुभएको थियो । प्रमुख अतिथिमा फत्ते बहादुर पुन र बिशेष अतिथिमा मणि प्रसाद चौलागाईं रहेका थिए भन्ने अन्य अतिथिहरु क्रमशः क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल वैकल्पिक पोलिटब्युरो सदस्य  दिपक शाही लघुबित्त तथा बित्तिय शोषण बिरुद्ध संघर्ष समिति नेपाल केन्द्रीय सचिबालय सदस्य आशा सन्जेल , दाङ जिल्ला अध्यक्ष , बर्दिया जिल्ला अध्यक्ष , नेपाल किसान संघका अध्यक्ष हुनुहुन्थ्यो।

कार्यक्रममा बोल्दै मणि प्रसाद चौलागाईंले बर्तमान सरकार बित्तिय माफियाहरुको सरकार भएकोले लघुबित्त संस्था सहकारी , बैंक र मिटरब्याजी पिडितहरुको माग र आवाजलाई दबाउन कोशिष गरिरहेकोले आगामी चैत १७ गते काठमाडौंमा हुने बित्तिय शोषण बिरुद्धको आन्दोलनले सबै बित्तिय माफियाहरु सिद्दिने बताएका थिए।

 कार्यक्रमका अतिथि  दिपक शाहीले यो संसदिय ब्यबस्थामा भुईमान्छेहरुको समस्या सामाधान नहुने र अहिलेको ब्यबस्था बदल्नुका साथै आमूल परिवर्तनले मात्र नेपाली सर्बहारा बर्गको अधिकार सुनिश्चित हुन्छ यो बित्तिय शोषण बिरुद्धको आन्दोलन संगै राष्ट्रिय मुक्ति आन्दोलनमा सहभागी हुन सबैलाई अनुरोध गर्नु भएको थियोे ।

 कार्यक्रमका प्रमुख अतिथि फत्ते बहादुर पुनले लघुबित्त संस्था सहकारी बैंकहरुले अहिले पिडितहरुलाई कालो सुचि धितो लिलाम गर्ने र जन निर्बाचित वडा अध्यक्षहरुले पिडितहरुलाई कुनै जानकारी नदिई लघुबित्त संस्था , बैंक र सहकारीहरुलाई सिफारिस दिएकाले यिनिहरुको ज्यादती झनै उग्र रुपलिएको बताउनु भएको थियो ।

कार्यक्रमको अन्त्यमा यो बित्तिय शोषण बिरुद्धको आन्दोलनमा प्राणको आहुती दिनपरे पनि पछि नहट्ने प्रतिबद्धता जाहेर गर्दै सभाका अध्यक्ष बद्री देवानले सभा समापन गर्नुभएको थियो । कार्यक्रममा उपस्थित सबैजनालाई मिना आचार्यले स्वागत भाषण द्दारा स्वागत गर्नुभएको थियो भने कार्यक्रम को सञ्चालन लुम्बिनी प्रदेश सचिब तथा बाँके जिल्ला अध्यक्ष अब्दुलले गर्नु भएको वताइन्छ।



२०८१ फागुन ३० १०:३६ बजे

प्रतिक्रिया