क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले यहि चैत्र ४ गते देखि सञ्चालन गर्न गइरहेको जनसम्वन्ध विस्तार अभियानको मुलव्यानरको नमुना सार्वजनिक गरेको छ।
पहिले चैत्र १ गते देखि नै अभियान सञ्चालन गर्ने भनिएकोमा होलि (फागु) पर्वका कारण चैत्र ४गते देखि अभियान सञ्चालन हुने भएकोले व्यानरमा चैत्र १ को सट्टा चैत्र ४ देखि २०८२ वैशाख १८ सम्म जनसम्वन्ध विस्तार अभियान सञ्चालन हुने सो पार्टीले जनाएको छ।
देशका मध्येपहाडी लोकमार्गको पुर्वि पहाडी खण्ड ताप्चेजुङ वाट राजविरको नेतृत्व तराइ खण्डको झापा वाट प्रतिकको नेतृत्व पश्चिमको वैतडी पहाडी खण्ड वाट सुदर्शनको नेतृत्व तराइ खण्डको कञ्चनपुर वाट कुमुदको नेतृत्वमा जनसम्वन्ध विस्तार अभियान करिव ४५ दिन सञ्चालन हुदैछ। सोहि अभियानको व्यानरको नमुना पनि सार्वजनिक भएकोछ। कार्यक्रम उदधाटन हुने जिल्लाले सोहि नमुनाको व्यानर तयार गर्नुपर्ने हुन्छ।
प्रतिक्रिया