अर्घाखाँचीमा 115औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न

bimbonline बिम्ब अनलाइन
२०८१ फागुन २५ ०९:२८ बजे

क्रान्तिकारी महिला सगंठन जिल्ला संगठन समिति अर्घाखाँचीको आयोजनामा 115औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सन्धिखर्कमा सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी महिला सगंठन केन्द्रीय सदस्य सिता भट्टराईले आधा आकास,आधा धर्ती ओगटेका महिला भित्रका श्रमिक महिलाहरु आफ्नो अधिकार र मुक्तिको लागि जुरमुरायर उठ्नु आव्हान गर्नुभयो ।बर्तमान दलाल पुँजिवादी व्यवस्थाको अन्त गरेर नयाँ जनवादी व्यवस्थाको स्थापना नभएसम्म श्रमिक दलित किसान तथा उत्पिडित वर्गको मुक्ति सम्भव नरहेको बताउनुभयो।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रिय सदस्य तथा जिल्ला सेक्रेटरी राजेन्द्र नेपालीले श्रमिक महिला मुक्ति आन्दोलन वर्गीय मुक्ति आन्दोलनसँग जोडेर लैजानु पर्ने वताउनु भयो  कार्यक्रमअखिल नेपाल शिक्षक संघका केन्द्रिय उपाध्यक्ष दल बहादुर खत्री, क्रान्तिकारी महिला सगंठन केन्द्रीय सदस्य मिना केसीले पनि मन्तव्य राख्नुभएको थियो। कार्यक्रम क्रान्तिकारी महिला सगंठन जिल्ला संयोजक माया नेपालीको अध्यक्षता,मजन्ता  नेपालीको सन्चालन,गिता थापाले स्वागत मन्तव्य राख्नु भएको थियो। 

२०८१ फागुन २५ ०९:२८ बजे

प्रतिक्रिया