नेशनल हाइड्रोपावरको आज ५० प्रतिशत हकप्रदको प्रस्ताव पारित हुने

नेशनल हाइड्रोपावरको आज ५० प्रतिशत हकप्रदको प्रस्ताव पारित हुने

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ १० ०८:०३ बजे
नेशनल हाइड्रोपावर

काठमाडौं । नेशनल हाइड्रोपावरको आज ५० प्रतिशत हकप्रदको प्रस्ताव पारित हुने भएको छ ।  विशेष साधारण  सभाबाट ५० प्रतिशत हकप्रद प्रस्ताव जारीत गर्ने लागेको हो । 

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले विशेष साधारण आज भाद्र १० गते,  डेलिस ओपेरा रेष्ट्रो बालुवाटार काठमाडौँमा बिहान ११ बजेदेखि सुरू  हुन लागेको छ । 

 आज  बस्नेविशेष साधारण सभाले बोनस सेयर र सुनकोशी हाइड्रोपावरलाई प्राप्ती पश्चात कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्नेछ । हकप्रद र सुनकोशी हाइड्रोपावरलाई प्राप्ती पश्चात कम्पनीको पूँजी बृद्धि हुने हुनाले कम्पनीको प्रबन्धपत्र संसोधको प्रस्ताव समेत सभाले पारित गर्ने छ । 

कम्पनीले विशेष साधारण सभा प्रयोजनका लागि भाद्र २ गते बुकक्लोज गरेको थियो त्यसैले, भाद्र १ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन  पाँउने छन् । 

२०७९ भदौ १० ०८:०३ बजे

प्रतिक्रिया