नेकपा(मसाल)को विधार्थी सँगठन अखिल (छैँठौ)का भुतपुर्व अध्यक्ष विमल पोखरेलले मसालका महामत्री मोहनविक्रम सिह वारे आफ्नो फेसवुक स्टाटसमा लेख्दै भनेका छन- मोहनविक्रम सिंहले जहाँ-जहाँ कमजोरी गर्नुहुन्छ, मैले सार्वजनिक रुपमा भन्न थालेपछि त्यहाँ-त्यहाँ स्पष्टीकरण दिंदै आउनुभएको छ । यो राम्रो पक्ष हो । यसपटक पनि महामन्त्रीको स्पष्टीकरण आएछ । मोहनविक्रम सिंह यति बाठो व्यक्ति हुनुहुन्छ कि नेताकार्यकर्ताले सामान्य हेक्का पनि पाउँदैनन । पार्टीमा सबै थोक भएको छ, कमजोर भएको छ, पतनोन्मुख भएको छ, अराजकता छ, तर सबैथोक अरुको कारणले भएको हो, पार्टी पतनोन्मुख आफ्ना कारण होइन भनेर पूरै दृढ हुनुहुन्छ । मानौं उहाँ भगवान भन्दा माथि हुनुहुन्छ । उहाँले आफ्ना कमजोरी कहिल्यै स्वीकार गर्नै सक्नुहुन्न । कमजोरी जति अरुका, उहाँ भयंकर अब्बल । अनि पार्टी चाहिँ भेन्टिलेटरमा ।
उहाँले मसाल भनेकै मोहनविक्रम र मोहनविक्रम भनेकै मसाल भन्ने मेरो भनाइलाई बारम्बार पुष्टि गर्दै आउनुभएको छ । यो स्पष्टीकरणमा पनि त्यही कुराको पुष्टि छ । इतिहासमै मोहनविक्रम सिंहको मुख्य समस्या यही हो । थुप्रै तर्क वा कुतर्क दिएर आफ्ना सारा कमजोरी ढाकछोप गर्ने र बाँकी सबैलाई उल्लु बनाउने । यो स्पष्टीकरणमा पनि पूरै उल्लु बनाइ दिनुभएछ ।
मोहनजी, तपाईंले सबैलाई उल्लु बनाउन सक्नुहुन्छ, बनाउनु भएकै छ । तर मलाई चाहिँ उल्लु बनाउन सक्नुहुन्न । किनभने मैले तपाईंको विचार र नेतृत्व गर्ने तरिकालाई आलोचनात्मक दृष्टिकोणले हेर्छु । तपाईंले कैयौंपटक कमजोरी गर्नुभएको छ । भेटेरै पनि कैयौंपटक भनेको हुँ । तपाईंका यी-यी कमजोरी छन् । सुधारेर अगाडि बढौं । तर त्यसले तपाईंको स्वाभिमानमा ठेस लागेको महसुस गर्नुभयो होला सायद । तपाईंले स्वीकार गर्नुहोस् कि नगर्नुहोस्, तपाईंको कुरा हो, तर पार्टी तपाईका कमजोरीका कारण सबैभन्दा धेरै पतनोन्मुख भएको हो । पार्टी पतनोन्मुख हुनुमा अरु व्यक्ति पनि जिम्मेवार छन्, मात्राको हिसाबले तिनीहरू तपाईंभन्दा निकै कम जिम्मेवार छन् ।
मोहनजी, मेरै गोरुका बाह्र टक्का नगर्नुहोस्, पार्टीमा व्यापक छलफल गरौं । कमजोरी सुधारौं । पार्टीमा निस्कृय बनाइएका, धकेलिएका सबैलाई समेटेर अगाडि बढौं । धेरै गर्न सकिन्छ । तर मुर्दा अनुशासन मात्रै सबैथोक हो, म मात्रै सबै थोक हुँ, तिमी मूलाहरूको काम छैन भन्नुहुन्छ भने ढिलो-चाँडोको कुरा हो तपाईं-हामी सबै सकिन्छौं ।
प्रतिक्रिया