चैनपुर । बझाङको दुर्गम साइपाल गाउँपालिकामा गरिएको आँखा शिविरमा अधिकांशमा मानिसमा आँखाको समस्या देखिएको छ । गेटा आँखा अस्पताल अन्तर्गत सिमखेत आँखा उपचार केन्द्र र साइपाल गाउँपालिकाको सहकार्यमा ४२१ जनाको आँखा जाँच गर्दा २३४ जनामा विभिन्न समस्या देखिएको हो ।
स्वास्थ्य टोलीका अनुसार २६ जनालाई मोतीबिन्दु रहेको र २ जनाको आँखामा मासु पलाउने समस्या देखिएको छ, जसका लागि शल्यक्रिया आवश्यक पर्नेछ । स्थानीय वडाहरूमा पुगेर गरिएको परीक्षणमा १७६ जनालाई निःशुल्क चस्मा वितरण गरिएको स्वास्थ्यकर्मी जनककुमार विष्टले जानकारी दिए ।
प्रतिक्रिया