बेङ्गलोर दक्षिणको विस्तारित बैठक सम्पन्न

bimbonline बिम्ब अनलाइन
२०८१ फागुन १३ १९:३२ बजे

बेङ्गलोर ।अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समिति अन्तरगत संयुक्त एरिया समितिको विस्तारित बैठक सम्पन्न। अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समिति अन्तरगत संयुक्त एरिया समितिको विस्तारित बैठक २३ फेब्रुअरी २०२५ का दिन बेङ्गलोर को प्रसिद्ध शहर तथा कर्नाटक विधानसभा अगाडी कब्बन पार्कमा अर्जुन सिंह भाटको अध्यक्षता र केन्द्रीय समितिका उपाध्यक्ष किसन बहादुर बिकको विशेष उपस्थितिमा बैठक बस्यो भएको छ।

बैठकमा अथिति केन्द्रीय सदस्य तथा रक्तिम सांस्कृतिक केन्द्रिय सदस्य गणेश, केन्द्रीय सदस्य सेर बहादुर दयाल, शेरसिंह विक, केन्द्रीय महिला विभाग कि ज्ञानमति विक,    दक्षिण भारत क्षेत्रिय समितिका सदस्य शिबराम बिक, क्षेत्रिय सदस्य जनक विक, महिला क्षेत्रिय बिभाग कि वसन्ती विक, हिरा ओड, अरूणा विकको अथितत्या रहेको थियो। अथिति आशन ग्रहण पछि देश र जनताको लागि  सहिदहरू प्रति एक मिनेट मौनधारण गरिएको थियो।

मौनधारण पश्चात उपस्थित जनसमुदाय लाई  एरिया समितिका सदस्य उदय सिंह बिष्टले स्वागत गर्नु भएको थियो। स्वागत पछि  नगर अध्यक्ष राम दत्त पाण्डेले विस्तारित बैठकको तात्पर्य बारे प्रकाश पार्दै सम्मेलन भव्यरुपमा सफल पार्न आर्थिक भौतिक नैतिक रूपले सहयोग र समर्थन गर्नु हुने छ। भन्दै सम्मेलन सफलताको शुभकामना व्यक्त गर्न भयो। बैठकले अगामी २३ मार्च २०२५ का दिन सुसम्पन्न हुनगइरहेको संयुक्त एरिया सम्मेलनको लागि ९ सदस्यिय ब्यवस्थापन समिति  गठन गरेको छ।  जसमा अध्यक्ष  बिरेन्द्र बिक,  सचिव लोकेन्द्र भण्डारी, कोषाध्यक्ष अर्जुन सिंह भाट  गणेश विकरहेको छन। 

एउटै समाजमा बस्ने व्यक्तिको आ-आफ्नो स्वभाव अनुसार उनीहरूको एउटै कुरामा पनि फरक फरक बानी–व्यवहार वा दृष्टिकोण रहेको हुन्छ जुन समाजको पक्षमा वा विपक्षमा हुन सक्दछ । यसरी कुनै पनि समाजमा बस्ने व्यक्तिले उक्त समाजको मूल्यमान्यता विपरीत वा उक्त समाजमा बस्ने अन्य व्यक्तिलाई असर पर्ने गरी कुनै गतिविधि वा व्यवहार वा क्रियाकलाप गर्नुलाई समाजविरोधी वा असामाजिक क्रियाकलाप भन्ने गरिन्छ । यसअन्तर्गत समाजमा झैं झगडा सिर्जना गर्ने, सामाजिक संरचना माथि प्रहार गर्ने वा समाज विरुद्ध भड्काउने गतिविधि गर्नेजस्ता कुरा पर्दछन् । भन्दै अखिल भारत नेपाली एकता समाजले प्रवासी नेपाली हरूको अभिभावकिय जिम्मेवारी लिएर उनीहरूका हक अधिकार सुनिश्चित को बुलन्द आवाज उठाउदै उनी हरू लाई बौध्दिक शैक्षिक चेतनशील गराउदै अखिल भारत नेपाली एकता समाजको झण्डामुनि गोलबन्द हुनु अनुरोध गर्नका सातै सम्मेलन सफलताको हार्दीक शुभकामना दिनुभएको थियो। बैठकको सञ्चालन हरिश बिक ले गर्नुभएको थियो अन्तमा बैठक सौहार्दपूर्ण वातावरणमा अध्यक्ष द्वारा समापन गरियो।


२०८१ फागुन १३ १९:३२ बजे

प्रतिक्रिया