चीनले थाल्यो ११ किलोमीटर तल भूगर्भ अध्ययन

bimbonline बिम्ब अनलाइन
२०८१ फागुन ९ ०८:५४ बजे

चीनले एसियाकै सबैभन्दा गहिरो भूभागमा पुगेर भूगर्भ अध्ययन थालेको छ । चाइना नेसनल पेट्रोलियम कर्पोरेसनले उत्तर पश्चिम चीनको सिन्च्याङ युगुर स्वायत्त प्रदेशको मरुभूमिमा १० हजार ९१० मीटर गहिरो ड्रिल गरिएको जनाएको छ ।

चीनले उक्त गहिराईबाट तेल तथा ग्याँसको भण्डारणबारे थप अध्ययनका साथै पृथ्वीको उत्पत्ति र गहिरो भूभागको थप जानकारी हासिल हुने विश्वास लिएको छ । सन् २०२३ को मे ३० देखि थालिएको जमिन खन्ने कार्य ५८० दिनमा पूरा भएको बताइन्छ ।

झण्डै ११ किलोमीटर गहिरो भूभागमा लाखौं वर्ष पूरानो अनुमान गरिएका चट्टान फेला परेको सिन्ह्वा समाचार समितिले जनाएको छ । एक दर्जन विभिन्न खालका सतह देखिएको उक्त भूभागको अध्ययनबाट पृथ्वीको भूकम्पीय प्लेटबारे पनि थप जानकारी मिल्ने बताइएको छ ।





२०८१ फागुन ९ ०८:५४ बजे

प्रतिक्रिया