काठमाडौँ । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्टिच्यूट अफ इन्डस्टिएल टेक्नोलजी (कआईआईटी)मा नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युबारे विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेको छ । लम्सालको न्यायका लागि संघर्षरत नेपाली विद्यार्थीमाथि कलेज प्रशासनले गरेको दमन र निष्कासनको विरोधमा अखिल (समाजवादी)ले विरोध प्रदर्शन गरेको हो ।
बुधबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको अखिल (समाजवादी)का उपाध्यक्ष ललित विकले बताए । सो संगठनले घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कडा कारबाही गर्न माग गरेको छ ।
नेपाली विद्यार्थीलाई दुर्व्यवहार गर्ने कलेज प्रशासनका कर्मचारीलाई कडा कारबाही गर्न र होस्टलबाट निष्कासन गरिएको विद्यार्थीलाई स–सम्मान फिर्ता बोलाएर पठनपाठनको व्यवस्था गर्नुपर्ने अखिल (समाजवादी)को माग छ ।
प्रतिक्रिया