कञ्चनपुरमा वयस्क जङ्गली हात्ती मृत फेला

bimbonline बिम्ब अनलाइन
२०८१ फागुन ७ १२:०९ बजे

कञ्चनपुर । कञ्चनपुरमा एक जङ्गली हात्ती मृत फेला परेको छ । विगत केही महिनादेखि आतङ्क मच्चाउँदै आएको क्षेत्रमा आज बिहान हात्ती मृत अवस्थामा फेला परेको हो ।

लाल झाडी गाउँपालिका–४ को पर्सिया र जाई गाउँको आसपास रहेको सडक किनारमा वयस्क हात्ती मरेको अवस्थामा भेटिएको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख राम बिचारी ठाकुरले जानकारी दिए । ठाकुरका अनुसार हात्ती के कति कारणले मरेको हो भन्ने खुलेको छैन् ।

लाल झाडी कोरिडोरमा रहेको हात्तीले गत असोजदेखि सो क्षेत्रमा खेतीपातीमा नोक्सान गर्दै आएका छन् । हात्तीको आक्रमणबाट कञ्चनपुरमा यसै वर्ष दुई जनाको ज्यानसमेत गएको थियो । 




२०८१ फागुन ७ १२:०९ बजे

प्रतिक्रिया