सचिवमाथि कुटपिट गर्ने वडाध्यक्षलाई १० दिन हिरासतमा राख्न अनुमति

bimbonline बिम्ब अनलाइन
२०८१ फागुन ६ १९:३३ बजे

काठमाडौं। वडा सचिवलाई कुटपिट गरेको अभियोगमा प्रक्राउ परेका बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष बलबहादुर गुरुङलाई १० दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति मिलेको छ।

कुटपिट तथा अभद्र व्यवहारको मुद्धामा जिल्ला प्रशासन कार्यालय तनहुँबाट १० दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजु अधिकारीले जानकारी दिए।

आफ्नै वडाका सचिव नवीन भुसाललाई घाँटी अङ्याक्दै झापड हानेको घटना सार्वजनिक भएर चौतर्फी दबाब भएपछि वडाध्यक्ष गुरुङ सोमबार पक्राउ परेका थिए।पक्राउ परेका वडाध्यक्षले भने सोमबार नै खुलेआम सचिवमाथि कुटपिट गरेको प्रतिक्रिया दिएका थिए।

वडाध्यक्ष कप भलिबल प्रतियोगिताको बिल पास नगरेको भन्दै वडाध्यक्ष गुरुङ सचिवमाथि ज्यानै मार्ने धम्कीसहित आक्रमणमा उत्रिएको आरोप पीडितको छ। 



२०८१ फागुन ६ १९:३३ बजे

प्रतिक्रिया