प्रकृति लम्सालले गरिन प्रेमको चक्करमा आत्महत्या

bimbonline बिम्ब अनलाइन
२०८१ फागुन ६ ०७:५४ बजे

भारतको उडीसा राज्यमा अबस्थित भुवनेश्वरको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी(KIIT)  को हस्टेलमा नेपाली छात्राले आत्महत्या गरेकी छन । भुवनेश्वरको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KIIT) मा B.Tech तेस्रो बर्ष अध्यानरत एक नेपाली छात्रा प्रकृति लम्सालले दिनांक १६ फरवरी २०२५ का दिन कलेजको हस्टेलमा आत्माहत्या गरेकी हुन।

प्रकृतिले आत्माहत्या गर्नु परेको यथार्थ तथ्य अनुसंन्धानमा रहेता पनि केही जानकारका अनुसार सोही संस्थामा अध्यायनरत अद्विक श्रीवास्तव नाम गरेको एक जना भारतिय युवक संग प्रकृतिको प्रेम सम्बन्ध रहेको थियो। घटनाको एक दिन पहिला दुवै जना बिच विवाद भएको  वताइन्छ। सायद त्यही विवाद आत्महत्याको कारण बनेको हुन सक्ने प्रत्यक्ष दर्शीले आशँका गरेका छन।

प्रकृतिले हस्टेलमा आत्महत्या गरेको खबर  बाहिर आए पछि नेपाली विद्यार्थीहरूले कलेज परिसरमा घटनाको निष्पक्ष छानविन गरी दोषिलाई उचित कार्वाहिको माग गर्दै विरोध प्रदर्शन गरेका थिए। तर कलेज प्रशासन आतंकित भएर जवरजस्ति नेपाली विद्यार्थीहरूलाइ हस्टेल खाली गर्न आग्रह गर्नुका साथै बसमा राखेर रेलवे स्टेशन सम्म पुर्याएर नेपाल पठाउन खोेजेका थिए। तर नेपाली दुतावासको आग्रहमा नेपाली विद्यार्थीहरूलाइ पुन हस्टेलमा बस्न दिईने भएको कुरा एक विध्यार्थीले वताएका छन।

भुवनेश्वर पोलिसले प्रकृतिलाइ आत्महत्या गर्न उक्साउने अद्विक श्रीवास्तवलाई हिरासतमा लिई भारतीय दण्ड सहिताको धारा १०८ अनुसार केस दर्ज गरेका छन। उच्च शिक्षा अध्यायन गर्न आएकी प्रकृति लम्साल प्रेम सम्बन्धको चक्करमा फसेर कायर्तापूर्ण बाटो अपनाएर अल्प आयुमै आफ्नो जीन्दगी समाप्त गरेकी छन। यो गलत तथा कायर्तापूर्ण बाटो हो। यस प्रकारको ग़लत निर्णय कसैले पनि लिनु हुदैन। आमा वुवाको सपना साकार पर्नु पर्नेमा उनले जीन्दगीबाट हारमानेकी छन। तर केसको निष्पक्ष जाँच गर्नुका साथै उनलाई आत्महत्या गर्न उक्साउनेलाई अखिल भारत नेपाली एकता समाज कड़ा भन्दा कड़ा सजायको माग गरेको छ। 


२०८१ फागुन ६ ०७:५४ बजे

प्रतिक्रिया