भारत। बेङ्गलोर १६ फेब्रुअरी २०२५ का दिन अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समितिले नयाँ सदस्यता अभियान जारी राखेका छन।
अभियानको दौरानमा श्रमजीवी नेपालीहरूको भेलाको आयोजना गरेर अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समितिका सदस्य बोम बहादुर परियार , केन्द्रीय सदस्य तथा महिला नेतृ ज्ञानमती विकको पहलकदमी , केन्द्रीय उपाध्यक्ष किसन बहादुर बिक र नगर अध्यक्ष राम दत्त पाण्डे नगर सहसचिव अर्जुन भाटको विशेष उपस्थितिमा भेला सम्पन्न भएको छ।
भेलाले स्याम बहादुर परियारको अध्यक्षमा १७ सदस्यीय एरिया संगठन समिति गठन गरेको छ। अध्यक्ष स्याम बहादुर परियार उपाध्यक्ष भिम बहादुर परियार सचिव नन्दलाल परियार सहसचिव प्रेम भट्टराई कोषाध्यक्ष देबकला परियार सदस्यहरूमा देनकि दर्जी , करण बहादुर बोहरा , बोम बहादुर परियार , ज्ञानमती बिक , चन्द्र कला परियार , बिजय परियार , कलावती लोहार , नरेन्द्र उपाध्याय , मनिष भट्ट , संगें नेपाली , बिमला परियार अमृता परियार रहेका छन।
भेलाको उद्घोषक संञ्चालन नगर सहसचिव अर्जुन भाटले गर्नुभएको थियो भने अध्यक्षता ग्रहण स्याम बहादुर परियारले गर्नुभएको थियो।उपस्थित जनमानसलाई बोम बहादुर परियार शब्द बाट स्वागत गर्नु भएको थियो । केन्द्रीय उपाध्यक्ष किसन बहादुर बिकले देशमा रोजिरोटीको ब्यबस्था न भएकोले नेपालीहरू बिदेशमा आफ्नो श्रम बेच्न बाध्य छन्। आज देशको वर्तमान अर्धसामन्ती र अर्धऔपनिवेशिक तथा सामन्त दलाल नोकरशाही पुँजीवदी प्रतिक्रियावादी राजनीतिक व्यवस्थाले प्रवासी नेपालीहरूका हक हितमा कुठाराघात गरिरहेको छ । भारतमा ठूलो सङ्ख्यामा प्रवासी नेपालीहरू छन् र रोजी रोटीको खोजिमा संसारका अन्य यूरोप, रूस, अमेरिका, दक्षिणपूर्वी एशिया, अरब आदि भागहरूमा पनि नेपालीहरू छरिएका छन् । अस्थायी रूपले पनि ठूलो सङ्ख्यामा नेपालीहरू विदेशमा गएर बसेका छन् । नेपालमा प्रतिक्रियावादी आर्थिक, राजनीतिक व्यवस्थाका कारणले देशभित्र जीवन निर्वाहका साधनहरूको अभावमा ठूलो सङ्ख्यामा नेपालीहरू विदेशमा जानु परेको छ।विदेशमा अत्यन्त ठूलो श्रम शक्ति कौडिको मूल्यमा बिक्रिभइरहेको वताएकाछन।
खाडी देश लगायत भारतमा नेपालीहरू कैयौँ प्रकारका अन्याय अत्याचारको शिकार हुनु परिरहेको छ र नेपालका अहिलेसम्मका सबै प्रतिक्रियावादी तथा अन्य सरकारहरूले उनीहरूका न्यायपूर्ण हकहितको रक्षाको प्रश्नमा पनि हद दर्जाको उपेक्षाको नीति अपनाएका छन् । नेपालको भारतस्थित दूतावासले पनि त्यसबारे ध्यान दिइरहेको छैन । नयाँ जनवादी क्रान्तिले एकातिर, सामन्ती र औपनिवेशिक शोषणको अन्त गरेर देशमा आर्थिक विकास गरेर देशभित्र रोजगारीका अधिकतम अवसरहरू प्रदान गरेर विदेशमा सस्तोमा विक्री भएको देशको श्रम शक्ति देशमा नै लगाउने कुरामा जोड दिनेछ भने अर्कातिर, विदेशस्थित नेपालीहरूको न्यायपूर्ण हक र हित हरूको संरक्षणका लागि समुचित पहलकदमी गर्नेछ उहाँ भन्नु भयो।
नयाँ निर्वाचित संगठन समिति लाई बधाई सिनेमा नगर अध्यक्ष राम दत्त पाण्डे, केन्द्रीय सदस्य तथा महिला नेतृ ज्ञानमती विक, मोहन लाल परियारले बधाई तथा शुभकामना दिनुभएको थियो।
प्रतिक्रिया