डडेल्धुरा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष तथा सामाजिक व्यक्तित्व कालीप्रसाद जोशी मृत भेटिएका छन्।उनी अमरगढी नगरपालिका-२ कुस्माली भन्ने ठाउँमा आज (शनिबार) दिउँसो मृत फेला परेका हुन्।
अमरगढी नगरपालिका-२ भेल घर भएका जोशी फागुन १ गतेदेखि सम्पर्कविहीन थिए। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमले जोशी मृत फेला परेको बताए।
उनकाअनुसार प्रहरी घटनास्थलमा पुगेको छ। घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको भए पनि उनले विष सेवन गरेर आत्माहत्या गरेको प्रारम्भिकरुपमा आशँका गरिएको छ।
उनि डडेल्धुराका प्रतिष्ठित व्यापार तथा राप्रपाका नेताकारुपमा जिल्ला भरि परिचित व्यक्ति हुन। उनले किन आत्माहत्याको वाटो रोजे भन्ने वारे अनुसन्धान भइ रहेको वताइन्छ ।
प्रतिक्रिया