सुदूरपश्चिममा वार काउन्सिल पार्षदका उम्मेदवारहरुको चुनावि प्रचार जारी

अधिवक्ता निरन्जन विष्ट र अधिवक्ता टेकवहादुर कठायत आ-आफ्ना प्रचार टोली सहित डडेल्धुरामा

bimbonline बिम्ब अनलाइन
२०८१ माघ १७ १९:३८ बजे

डडेल्धुरा। नेपाल वार काउन्सिल पार्षद सदस्यहरुको चुनाव यहि माघ २६ गते देशभरी हुदै छ। सुदूरपश्चिम प्रदेशमा पिपिएलए र आरपिएलएका साझा उम्मेदवार अधिवक्ता निरन्जन विष्ट र डिएलएका तर्फवाट  उम्मेदवार अधिवक्ता टेकवहादुर कठायतको टोली चुनावि प्रचारका क्रममा आज डडेल्धुरा जिल्ला अदालत वार एकाइका मतदाताहरु ( अधिवक्ताहरु) सँगको भेटघाट अन्तक्रिया कार्यक्रम सम्पन्न गरेका छन।

अधिवक्ता निरन्जन विष्टको प्रचार टोली कञ्चनपुर कैलाली वझाङ्ग डोटी जिल्ला वार र महेन्द्रनगर र दिपायल उच्च अदालत वार एकाई आवध्द अधिवक्ताहरु(मतदाताहरू) सँग भेटधाट अन्तक्रिया गरेर डडेल्धुरामा पुगेका हुन। डडेल्धुरा वारको कार्यालयमा उम्मेदवार विष्टले आफुले वार कान्सिल पाषर्द पदमा यस क्षेत्र वाट निर्वाचित भएमा कानुन व्यवशायीहरुको कार्य क्षमता दक्षताका वृध्दि विकासका लागी काम गर्नुका साथै सवै कानुन व्यवशायीहरु लाई आचार सहिताको पालना गर्न गराउन प्रेरित  गर्ने\गराउने वताएका छन ।