आजभोलि स्मार्टफोन जहाँ पनि, जहिले पनि साथमा हुन्छ। त्यसैले, हाम्रा दिमागलाई कुनै फुर्सद नै हुँदैन, न त दिक्क लाग्ने समय नै।तर, यदि तपाईंले नयाँ वर्ष २०२५ डिजिटल डिटक्स गर्ने संकल्प गर्नुभएको छ भने, बोर हुनु (दिक्क लाग्नु)) तपाईँका लागि नयाँ अनुभव हुन सक्छ।
बैंकको लाइनमा वा गाडी चलाउँदा बिना पोडकास्ट वा संगीत असह्य लाग्छ चिकित्सकको प्रतिक्षालयमा बिना म्यासेजिङ वा सामाजिक सञ्जाल स्क्रोल नगरी बस्नुपर्यो? निकै पीडादायक शौचालयमा समेत बिना फोन समय कटाउनुपर्यो भने त जिउनु र मर्नु बराबरजस्तै महसुस हुन सक्छ।
बोर हुनु वास्तवमै असहज हुन्छ ?
केही समयअघि गरिएको एउटा रोचक अनुसन्धानमा सहभागीहरूलाई १५ मिनेट कुनै गतिविधि नगरी बस्न भनियो। तर धेरैले त्यसरी बस्नुभन्दा आफैंलाई हल्का करेन्ट (इलेक्ट्रिक शॉक) लगाउने रोजे।
यसबाट के बुझ्न सकिन्छ?बोर हुनु भनेको दिमागले ‘केही गर’ भनेर संकेत दिनु हो।बोर हुनुको उद्देश्य नै तपाईंलाई कुनै अर्थपूर्ण गतिविधितर्फ धकेल्नु हो भन्छन् क्यानडाको वाटरल विश्वविद्यालयका मनोवैज्ञानिक तथा संज्ञानात्मक न्युरोरो वैज्ञानिक जेम्स ड्यान्कर्ट।
उनले लियो टल्स्टयको प्रसिद्ध भनाइ उल्लेख गर्दै भने, बोर हुनु भनेको चाहनाको खोजी हो।
बोर हुनुभन्दा केही गर्ने तरिका-ड्यान्कर्टका अनुसार, बोर हुने समस्याको वैज्ञानिक समाधान छैन। तर, उनले आफ्ना अनुभवबाट केही उपाय बताएका छन।
‘के गर्ने?’ भनेर कसैलाई सुझाव नदिनुहोस्-जब कोही भन्छन्, दिक्क लाग्यो, तब हामी प्रायः यो गर, त्यो गरु भन्छौं। तर यसो गर्दा झन् उनीहरूले आफूलाई अनियन्त्रित महसुस गर्छन्। त्यसैले, चुप लाग्नुहोस् र उनीहरूलाई आफ्नै निर्णय आँफै गर्न दिनुहोस्।
आफ्नै लागि सूची बनाउनुहोस्-तपाईंलाई बोर लाग्दा गर्न सकिने कुराहरूको सूची बनाउनुहोस्।
ड्यांकार्ट भन्छन्, मलाई गितार बजाउनु मनपर्छ। तर कहिलेकाहीँ त्यो काम गर्दैन, त्यसैले अन्य विकल्प पनि राखेको छु। त्यसैले तपाईंले दोस्रो, तेस्रो वा चौथो विकल्प पनि राख्नुपर्छ, ताकि जब तपाईंको मुख्य विकल्पले काम गर्दैन। तब तपाईं सूचीका अन्य चीजहरू गर्न सक्नुहुन्छ ।
सामाजिक सञ्जाल स्क्रोल गरेर समय खेर नफाल्नुहोस्-हाम्रो हातमा संसार पुर्याइदिएको प्रविधिले दिक्क लाग्न कम गर्न सघाउँछ भन्ने लाग्छ। तर वास्तवमा सामाजिक सञ्जालले दिक्क लाग्न्ने झन बढाइरहेको छ, विशेष गरी किशोरीहरूमा।
ड्यान्कर्ट भन्छन्, सामाजिक सञ्जाल र फोन हामीलाइ दिक्क लाग्नुको समाधान होइन।ड्यान्कर्ट भन्छन्, अनावश्यक रूपमा मोबाइल चलाउँदा झन् दिक्क लाग्न सक्छ। तर, युट्युब भिडियोबाट गितार सिक्ने अथवा आफुलाई मन पर्ने केही सिक्ने, अनलाइन समुदायमा सहभागी हुने जस्ता गतिविधि भने सकारात्मक हुन सक्छन्।
बोर हुँदा सिर्जनशील भइन्छ’ भन्ने भ्रम नपाल्नुहोस् -धेरैलाई लाग्छ कि बोर हुँदा दिमागले नयाँ सोच्न थाल्छ।ड्यान्कर्ट भन्छन्, बोर भएपछि तपाईं स्वतः सिर्जनशील हुनुहुन्छ भन्ने कुनै प्रमाण छैन।उनको अध्ययनअनुसार, यदि म तपाईंलाई बोर बनाउँछु भने, तपाईंको सिर्जनात्मकता झन् घट्छ। तर यदि तपाईं पहिल्यै कुनै सिर्जनात्मक काममा संलग्न हुनुहुन्छ भने, बोर हुँदा त्यसमा फर्किनु राम्रो हुन सक्छ।तर, बोर हुँदा तपाईंलाई अचानक महान कलाकार वा लेखक बनाउँछु भन्ने सोच्ने भूल नगर्नुहोस्।
बोर हुनबाट भाग्न खोज्नु हुँदैन-ड्यान्कर्ट भन्छन्, दिक्क लाई अँगाल्नुपर्छ भन्ने होइन, तर भाग्न खोज्नु पनि हुँदैन।दिक्क लाग्नु न राम्रो हुन्छ, न नराम्रो। यसको सन्देश बुझ्नुपर्छ र सही तरिकाले प्रतिक्रिया दिनुपर्छ।उनले भने, तपाईंको प्रतिक्रिया रचनात्मक हुन सक्छ। तर यसका धेरै अन्य विकल्प पनि हुन सक्छ। तपाईं दौडमा जान सक्नुहुन्छ, वा नेटफ्लिक्स हेरेर आराम गर्न सक्नुहुन्छ, यदि तपाईं यसलाई जानाजानी रोज्नुहुन्छ भने।
तर, यदि तपाईं सधैं निष्क्रिय प्रतिक्रिया मात्र रोज्नुहुन्छ भने, तपाईंलाई आफ्नो नियन्त्रण कम महसुस हुन सक्छ।
दिक्क हुनु स्वाभाविक हो-केवल बोर मान्ने मानिसहरू नै बोर हुन्छन् भन्ने सोच गलत हो।सबैलाई कहिलेकाहीँ दिक्क लाग्छ। फरक यति हो कतिपयले यसलाई सहजै पार गर्छन्, कतिपयले गर्दैनन्। त्यसैले, बोर हुनु कुनै कमजोरी होइन, यो त सामान्य मानवीय अनुभव मात्र हो।
प्रतिक्रिया