विश्व चर्चित सर्वहारावर्गका नेता तथा दार्शनिकहरु आकाशबाट झर्ने पातालबाट निस्किने त हैनन्, उनीहरु पनि यही समाजमा जन्मिएका र हुर्किएका हुन् । तर उनीहरुमा भएको विशिष्ट ज्ञान र अद्भूत क्षमताको कारण समाज, राष्ट्र, अन्तर्राष्ट्रमा कृतिमान कायम गर्न सफल हुन्छन् । यही पंक्तिमा चिनियाँ कम्युनिस्ट पार्टीका चर्चित नेता माओ–त्सेतुङ पनि पर्दछन् । उनको जीवनभरको संघर्ष अथवा इतिहासको बारेमा दर्जनौं ठूला ठूला कितावका ठेलीहरु नै लेखिएका छन् । कैंयौं विद्वानहरुले उनको बारेमा लेख, रचनाहरु पनि लेखेका छन् । आगामी २६ डिसेम्बर (२०२४) तदनुसार २०८१ पुष ११ गतेका दिन कमरेड माओको १३२ औं जन्म दिन भएको हुँदा उहाँको स्मृतिमा छोटो संस्मरण लेख्न मन लाग्यो । अग्रजहरुबाट सुनेका प्रशिक्षण लिएका, सामान्यतः आफूले गरेको अध्ययन र माओको बारे लेखिएका तथा अनुवाद गरिएका कतिपय पुस्तकहरुलाई आधार मानी उहाँको बारेमा मूलतः व्यवहारिक विषयमा संक्षेपमा केही कुरा सविस्तार गर्न खोजिएको छ ।
प्रत्येक वर्षको २६ डिसेम्बरमा विश्व सर्वहारावर्गका अगुवा नेता अथवा चिनियाँ क्रान्तिका नायक कमरेड माओ–त्सेतुङको जन्म दिनलाई संसारका क्रान्तिकारी पार्टीहरुले हर्षोल्लासका साथ विभिन्न रचनात्मक कार्यक्रम सहित मनाउने गर्दछन् । नेपालमा पनि मनाउने गरिन्छ । राष्ट्र र जनताको पक्षमा योगदान दिएका युग पुरुषहरुको स्मिृतिमा उनीहरुको क्रियाकलाप, कार्यकुशलता जनतासँगको सम्बन्ध, जनताका दुश्मनहरुसँगको सम्झौताहीन संघर्ष, भीषण सशस्त्र युद्ध, उनीहरुले भोगेका दुःख, कष्ट, त्याग, तपस्या, बलिदान जस्ता विषयहरुमा चर्चा गर्ने गरिन्छ । संसारका सच्चा कम्युनिस्टहरुले माओको मात्र नभएर कार्लमाक्र्स, फ्रेडरिक एंगेल्स, भ्लादीमीर इल्यीच लेनिन, जोसेफ स्टालिनको स्मृतिमा रचनात्मक कार्यक्रम सहित जन्म जयन्ती मनाउने गर्दछन् । आफूलाई स्वघोषित कम्युनिस्ट भन्ने दक्षिणपन्थी, संशोधनवादी पार्टीहरुले पनि यी दार्शनिकहरुका जन्म जयन्ती मनाउने गर्दछन् । तर ती पार्टीहरुले माक्र्सवाद, लेनिनवाद तथा माओवाद वा विचारधारालाई त्यागी सकेका छन् अथवा पथभ्रष्ट भएका छन् ।
होनान प्रान्तको स्याङ्गतान जिल्लाको साउसाङचुङ गाउँमा कमरेड माओ–त्सेतुङको २६ डिसेम्बर १८९३ मा जन्म भएको थियो । चारैतिर पहाडी सौन्दर्य र जलासयले मनै लोभ्याउने सौन्दर्य भरिएको गाउँमा जन्मेका माओ–त्सेतुङका गाउँका घरधुरी भने पातलो थियो । गाउँका सबै मान्छेहरु किसान थिए । माओ पनि किसान परिवार कै सदस्य थिए । परिवारको थर माओ हुनाले परम्परा अनुसार थरलाई अगाडि राखेर सबैका नाम लेख्ने चलन थियो । त्यसैले माओको खास नाम त्सेतुङ हो । थर अगाडि राख्दा माओ–त्सेतुङ भएको हा । बुबा, आमा र तिन भाई गरी पाँच जनाको परिवार रहेको थियो ।माओका बुबा जेनसेङले गरिबीसित लड्नु परेको थियो । चर्को व्याजमा ऋण खानु परेको थियो । त्यसैले खेतवारी बन्दकीमा गइसकेको थियो । पछि जेनतेन पिताको सानो सिपाहीको जागीरबाट घरको स्थितिमा सुधार हुँदै गएपछि बन्दकमा गएको जग्गा फिर्ता लिएर किसानको जिन्दगी शुरुवात गर्न थाले । माओका पिता जेनसेङले थप जमिन किन्ने बेला हजुरबा बितिसकेका थिए । जेनसेङले घरमा पुग्ने अन्न राखेर बाँकी बेचेर त्यसबाट पुँजी जम्मा गर्दथे । त्यसै गरेर उनी सानो व्यापारी भएका थिए । किसानको थप अन्नपात र सुंगुर बजारमा बेचेर थप पैसा आर्जन गर्दथे ।
माओकी आमा वेन परिवारकी थिइन । उनी अत्यन्त गुणवती र दयालु पनि थिइन । माओले आमालाई खुबै माया गर्दथे । ज्यादै उदार हृदय भएकी आमाले अनिकालको समयमा गाउँका गरिब, किसान अन्न माग्न आए भने खाली हात जानुपर्दैनथ्यो । तर पितालाई दान धर्मको कुरो मन पर्दैनथ्यो । तर आमाको स्वभाव पिताको विपरीत थियो । बुद्धधर्ममा उनको आस्था थियो । एउटा सामान्य किसान परिवारकी महिलाले घरको चुलो, चौका, घाँस, दाउरा, सरसफाई जस्ता घरयासी काम भ्याएर बुद्धको पुजा गर्न केही समय निकाल्ने गर्दथिन । माओ आमाको आज्ञाकारी पुत्र थिए । आमासँगै उनले पनि बुद्धको पूजा गर्न जान्थे । बाबु भने धर्म विरोधी थिए । माओ ७ वर्षको उमेरदेखि खेतको काम गर्न थाले । पिताले अन्न र मासु व्यापारमा समय दिनपर्ने भएकाले खेतीको जिम्मा आमा छोराको थियो । पिता पैसा वचत गर्न निकै लिप्त थिए । परिवारले अत्यन्त साधारण भोजनमा गुजारा गर्नुपर्दथ्यो । त्यसैले माओले बाल्यकालदेखि नै अभाव बेहोर्नु पर्यो । तर आमाले बाबुको आँखा छलेर दान, धर्म गर्दै गरिबलाई सहयोग गरेर सन्तोष प्राप्त गर्ने गर्थिन । त्यसो त माओ पनि उदार व्यक्ति थिए ।
उनी पनि आमाले झै अरुको दुःख देख्न सक्दैनथे । कसैले दुःख पाएको देखे भने आफूसँग भएको वस्तु वा नगद जे छ त्यो दिएर वा श्रमदान दिएर पनि अरुको दुःखमा मलमपट्टी लगाउने गर्दथे । एकपटक फसल भित्र्याउने बेला एकाएक हुरी सहितको वर्षा हुन थाल्यो । काटेको धान किसानकै खेतमा सुकाएका थिए । किसानको श्रमशक्ति कम देखेर उनले पनि खेतको धान सम्हाल्न सहयोग गरे । त्यो देखेर उनलाई उनको पिताले हप्की, दप्की गरे । तर माओले आफ्ना पितालाई भने, उनीहरु ज्यादै गरिब छन् । फसल पानीले बिग्रे वर्षभर किसानहरु खान पाउँदैनन् । त्यसैले सहयोग गरेको कुरा पितालाई बताए । त्यसपछि पिता केही बोलेनन् । जाडोको मौसममा एक दिन माओ स्कूल गएका थिए । त्यसबेला उनले पातलो लुगा लगाएर काँप्दै बरफमा हिंडेको युवकलाई देखेर आफूले लगाएको न्यानो लुगा त्यो युवकलाई दिएर पठाए । पछि घरमा आएपछि उनले पिताको खप्की खानुप¥यो । त्यसैगरी चिनियाँ नयाँ वर्षको उत्सवमा एक दिन पिताले सुँगुरको मासु लिन उनलाई पठाए । मासु किन्ने पैसा माओले लिएर गएका थिए । बाटोमा उनले अर्धनग्न गरिबहरुलाई देखेपछि खल्तीमा भएको सबै पैसा उनीहरुलाई बाँडे । अर्को दिन उनका पिताले माओ र उनका भाईलाई खेतमा केराउ टिपेर ल्याउन पठाए । भाइले केराउ टिपेर घर ल्याए, माओले बाटैमा ग रिब किसानलाई बाँडिदिए । त्यस्तै एक पटक गाउँकै छिमेकीले माओका पितालाई सुँगुर बेचेको थियो । पैसा तिरेर सुँगुर छिमेकी कै घर थियो । तीन हप्ता पछि सुँगुर लिन छिमेकी कहाँ पठाए । छिमेकीले मासुको मूल्य पनि बढेको र तीन हप्तासम्म सुँगुरलाई दाना खुवाएर पालेकोले सुंगुर दिन मानेन । माओले उसको कुरा ठिकै मानेर रित्तै घर फर्केर पितालाई त्यही कुरा सम्झाए । तर बाबु सम्झने खालका थिएनन् । उल्टै माओलाई गाली गर्न थाले । माओका उदार कामहरु अनगिन्ती रहेका छन् । यो छोटो संस्मरणमा उल्लेख गर्न सम्भव नहोला ।
आठ वर्षको उमेरबाट माओलाई गाउँकै एक जना गुरुका घरमा पठाउन थालियो । १३ वर्षको उमेरसम्म माओले गुरुकै घरमा पढे । आफ्नो बढाई बाहेकको समयमा उनले खेतीपातीको काम सम्हाल्न पर्ने हुन्थ्यो । माओले पढाईलाई पनि त्यत्तिकै ध्यान दिन्थे । पाठ्य पुस्तक बाहेक आफूलाई मनपर्ने खालका साहित्य, उपन्यास, कथा, इतिहास सम्बन्धी पुस्तकहरु पनि अध्ययन गर्दथे । स्मरणशक्ति तेज भएका कारण उनलाई सबै वाक्यहरु कण्ठ नै हुन्थे । आफूले पढेर जानेका कुराहरु अरुलाई पनि सिकाउँथे । उनको पठनपाठनको शैली बडो भद्र थियो । प्राचीन इतिहासका वीर पुरुषहरुका जीवनी, कथा ज्यादै मन पराउँथे । १३ वर्षको उमेरपछि गाउँको पढाई सकियो । पिताले उनलाई घरयासी काम र व्यवहारमा लगाउँदा फाइदा देखेर उनलाई १४ वर्ष मै २० वर्षको कन्यासँग विहे गरिदिए । तर त्यो विवाहलाई माओले स्वीकार गरेनन् र सँगै पनि बसेनन् । माओ आफ्नो पढाईलाई निरन्तरता दिन चाहन्थे । उनलाई खासगरी शासक र उत्पीडक वर्गहरुसँगको विद्रोहका कथा भएका पुस्तकहरु पढ्न मन पर्दथ्यो । ती कितावमा केवल राजा, रानी, शोषक सामन्त तथा सम्भ्रान्त वर्गको बारेमा मात्र वयान गरेको पाइनथ्यो । तर सूर्योदयदेखि सूर्यास्तसम्म कस्सिएर खेतबारीमा काम गर्ने श्रमिकको बारे कही कतै लेखेको पाइन्थ्यो । श्रमिक वर्गको बारे पुस्तकमा कतै उल्लेख भएको नपाएपछि माओको मनभित्र प्रश्न उब्जिन थाल्यो । त्यसपछि उनले ताइपेङ्ग क्रान्तिकोबारे अध्ययन गर्न थाले । चीन पश्चिमा मुलुकले मच्चाएको लुटपाटबाट आक्रान्त भएको थियो । सिनो माथि गिद्द रमाए झैं विदेशी व्यापारीले चीनलाई लुछिरहेका थिए भने अर्कोतर्फ सामन्तले जनताको रगत चुसिरहेका थिए ।
त्यतिबेला चिनियाँ जनता जागिरहेका थिए । सन् १९५१मा यूरोप स्वतन्त्रतालाई चीनले ज्यादै उत्साहका साथ मनायो । क्याङ सु प्रदेशमा सुचाउ नामको पुरानो शहर छ । सुचाउका मानिसहरु आप्mनो वंश परम्परादेखि नै ताइपेङ्ग क्रान्तिकारी सेनाको शासन भन्दा गतिलो अर्को कुनै छ्रैन भन्ने गर्दथे । ताइपेङ्ग सेनाले सुचाउ र त्यसका छेउछाउका वस्तीहरुमा जनताले तिर्ने कर र मालपोत राजस्व घटाएको कुरा बुढापाकालाई राम्ररी थाहा थियो । अझ जमिन्दारहरुको जमिन खोसेर भूमिहीन किसानलाई बाँडेका थिए । नगरमा रोजगार विहीनलाई काम दिने शारीरिक श्रम गर्न नसक्नेलाई सरकारी कोषबाट अनुदान दिने व्यवस्था थियो । भिकारी, चोर, गुण्डालाई काम सिकाएर इमान्दारपूर्वक जीवन निर्वाह गर्न सिकाइन्थ्यो ।
सन १८६० को जुन महिनामा ताइपेङ्ग सेनाबाट सेना परास्त भएपछि उनीहरुले लुट मच्चाएर सहरमा जताततै आगो लगाएर भागे । जनताले ताइपेङ्ग सेनाको स्वागत गरे । त्यतिबेलाका असल राजा लि स्यु चेङ्ग आफ्ना दलबलसँग सुचाउ सहरमा पसे । ताइपेङ्ग विद्रोही शासनले जनताका छोराछोरीलाई पढ्नका लागि स्कूल खोलियो । धनीका पुराना घरलाई स्कूलमा परिणत गरियो । ठाउँठाउँमा सडकहरु पक्की बनाइयो । पुलहरु बनाइयो । व्यापारीलाई समान बिक्रीपछि ७० प्रतिशत फिर्ता गर्ने गरी ऋण उपलब्ध गराइयो । गाउँबाट सहरमा निर्वाध रुपले माल समान विक्रीको लागि बजार व्यवस्थापन गरियो । नाफाखोरी र चुहावट गरेर धन जम्मा गर्न नपाइने कानुन बनाइयो । चीनको त्यो क्षेत्रमा ताइपेङ्ग शासन यसरी नै चलेको थियो । सुचाउमा आज पनि ताइपेङ्ग क्रान्तिको फलस्वरुप कम्युनिस्ट सरकारले सुन्दर स्मारकको रुप दिएको छ । ताइपेङ्ग जनसेनाको विद्रोहको इतिहासबाट माओ प्रभावित भएको कुरा बुझ्न सकिन्छ । त्यस्ता अन्य विद्रोहका घटनाबाट माओले पाठ सिकेर सिंगो चीनलाई सशस्त्र जनक्रान्तिको माध्यमबाट नयाँ जनवादी व्यवस्था स्थापना गरेको कुरा बुझ्न गाह्रो पर्दैन । त्यसबेला अंग्रेजहरु मन्चु शासनका पृष्ठपोषक थिए ।
गाउँको पढाई छोड्दा माओ १३ वर्षका थिए । त्यसपछि १७ वर्षसम्म उनले आफ्ना पिताको व्यापारको हिसाव किताव राखिदिने, खेतीको काम गर्ने, फुर्सदको बेला पुस्तक पढ्ने गर्दथे । १७ वर्षकै उमेरमा माओ आप्mनो मामाको सहयोगमा मावली घरमा बसेर पढाई सुरु गर्न थाले । पढाईमा निकै तेज हुनाले उनी चाँडै नै अध्यापकहरुसँग घुलमेल हुन्थे । अध्यापकहरुले पनि उनलाई प्रेम गर्दथे । विद्यालयका अध्यापकहरु प्रगतिशील विचार भएका थिए । उनीहरुबाट नै माओले चीनको सम्पूर्ण इतिहास, जापानी साम्राज्यवाद र रुसले चीनमाथि गरेको हस्तक्षेप र ज्यादतीको बारे पनि बुझ्ने मौका पाए । विदेशी शक्ति केन्द्रहरुले आफूहरुलाई चीनको स्वामी नै ठानेको कुरा पनि माओले बुझ्दै गए । एक पटक माओसँग एकजना केटासँगसँगै स्कूल गेट प्रवेश गर्दै थियो । उनले केटाको हातमा एउटा पुस्तक देखेर केटालाई सोधे । त्यो कुन पुस्तक हो ? उनले जवाफमा यो ‘संसारका वीर महापुरुष’ को किताव हो भन्यो । माओले केटासँग एकपटक मैले पढ्न पाउँछु भनेर सोधे । केटा खुशी भएर पुस्तक दियो । पढेर केही दिनपछि पुस्तक फिर्ता गर्दै माओले किताब मैलो भएकोमा त्यो केटासँग माफी मागे । माओले पढ्ने कलेज च्याङ्गसाको दक्षिणीतर्फ काउफेङ्ग नाम गरेको पहाड नजिकै थियो । यो कलेजमा पाँच वर्ष पढेपछि उनको विधिवत शिक्षा सकियो । त्यसपछि उनी चिनियाँ जनताको मुक्तिका लागि डटेर काम गर्न थाले ।
माअोले शारीरिक र मानसिक स्वास्थ्यको लागि प्रणायम र ध्यान गर्न र बाह्रैमास चिसो पानीले नुहाउने गर्दथे । चिसो पानीले नुहाउने मात्र हैन उनले घाम, हावा र वर्षामा कपडा खोलेर बस्ने र साधनाहरु गर्ने गर्दथे । यी कर्मलाई सूर्यस्नान, वायुस्नान र वर्षास्नान भन्ने गर्दथे । स्थाङ्ग नदीमा उनी अक्सर पौडी खेल्ने गर्दथे । शरीर फुर्तिलो, बलियो र स्मरणशक्ति बढाउनका लागि यो कर्म उनले उपयुक्त ठान्दथे । यिन भए माओका व्यवहारिक तथा स्वभावजन्य कुरा ।
माओ–त्सेतुङ विश्व कम्युनिस्ट आन्दोलनका महान नेता हुन् । उनको नेतृत्वमा नै चीनमा सन् १९४९ मा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो । जीवनको महत्वपूर्ण कालखण्डमा उनी जापानी साम्राज्यवाद तथा देशीय प्रतिक्रियावादी च्याङ्ग काइसेक सरकार विरुद्ध जेहादी छेडेर सफलता हासिल गरे । माओलाई बुझ्नका लागि हामीले मूलभूत रुपमा चीनमा उनको नेतृत्वमा भएका महान् उपलब्धीबारे अध्ययन गर्न जरुरी हुन्छ । जस्तै किसानहरुलाई संगठित गर्नु, जमिन्दारहरु माथि राजनैतिक तथा आर्थिक प्रहार गर्नु, स्थानीय अत्याचारी र खराब घरानीयहरुको सामन्ती शासनको तख्ता पल्टाउनु, जमिन्दारहरुलको सैन्य शक्तिलाई खतम पार्नु, किसान कै नेतृत्वमा सैन्य शक्तिको निर्माण गर्नु, मेजिष्ट्रट र उनका कारिन्दाहरुको राजनीतिक सत्तालाई खतम पार्नु, पुख्र्यौली र कुलका खानदानीहरुको धार्मिक सत्ता र लोग्नेहरुको पुरुषसत्तालाई पल्टाउनु, राजनीतिक प्रचारको विस्तार गर्नु, डकैतीहरुलाई निर्मूल पार्नु, चर्को कर हटाउनु, शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ र वैज्ञानिक बनाउनु, सम्पत्तिको हदबन्दी तोक्नु जस्ता जनताका उपलब्धीमूलक कामहरु भएका थिए ।
माओ बहुआयामिक व्यक्तित्व थिए । उनी व्यक्तित्वकला, युद्धकला भएका लेखक, संगठक, सैन्य कमाण्डर, प्रशिक्षक, भाषाविज्ञ, साहित्यकार तथा राजनेता पनि थिए । बहुआयामिक कलाबाट ओतप्रोत भएकै कारण चीन जनवादी क्रान्ति सम्पन्न हुँदै समाजवादतर्फ अगाडि बढेको हो । जनवादी क्रान्तिका प्रणेता चीनको धर्तीमा जन्मिएका महान् तथा विश्व प्रसिद्ध नेता माओ–त्यसेतुङ्ग हाम्रो सामु हुनुहुन्न । ९ डिसेम्बर १९७६ मा उहाँको निधन भयो । तथापि उहाँका विचार र दर्शन संसारभर फैलिएको छ । उहाँ सधैभर अमर रहनु हुनेछ ।
प्रतिक्रिया