कुनै पनि पार्टीको निति निर्माणका लागी महाधिवेशनको महत्वपुर्ण भुमिका रहेको हुन्छ।महाधिवेशनले राजनितिक सामरिक कार्यनिति कार्यदिशा विधान , अन्तराष्टिय लगायत पार्टीका भावि निति तथा कार्यक्रमका वारे निर्णय लिने गर्दछ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको एकता महाधिवेशन २०८१ मसिर १३ गते देखि २३ गते सम्म काठमाण्डौको किर्तिपुर टियु सभाहलमा भएको थियो। महाधिवेशनमा देश र प्रवासमा रहेका पार्टी कमिटि \ सँगठनका करिव ५ सय ५० जना प्रतिनिधि\परिवेक्षकहरुको सहभागी रहेको थियो। भारत ,जर्मन, इटली, टर्की ,वङगला देशका भाइचारा पार्टीका प्रतिनिधिहरु महाधिवेशनमा अथिति एव दर्शकका रुपमा सहभागी रहेका थिए। विसवटा समुहमा करिव ५६ वटा प्रस्ताव माथि समुहगत छलफल र वन्दशत्रमा वहस पछि पार्टीमा मतभेद रहेका माओविचारधारा वा माओवाद, राज्यको पुनः सँरचना एकात्मक वा सँघात्मक, माओवादी जनयुध्दको समिक्षा,नेतृत्व वहुपदिय वा एकपदिय,केन्द्रिय परिषद राख्ने वा नराख्ने कार्यनितिक रुपमा स्वाधिन सरकारको नारा दिएर जाने वा नजाने भन्ने विषयमा फरक फरक धारणा रहेका थिए। पार्टीमा अन्य विषयमा एकमत नै रहेको थियो।
नेकपा (मशाल)) नेकपा(वहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) विचको विभिन्न समयमा भएको पार्टी एकतावाट क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको निर्माण भएको थियो। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेकपा( मशाल) विचको एकता अधिवेशन २०८० जेठ १८ गते काठमाण्डौको पुरानो वानेश्वरमा भएको थियो। महाधिवेशनको तयारीका लागी जिल्लास्तरमा एकता अधिवेशन र फोरमाहरु सञ्चालित भए। अहिले सम्पन्न भएको एकता महाधिवेशनले पार्टीको मार्गनिर्देशक सिदान्त माक्सवाद लेनिनवाद माओवाद,राज्यपुनःसँरचनामा सधियताको निति लिएको छ। माओवाद वा माओविचारधार,सँधियता वारे खुल्ला छलफल वहस विचार विमर्श गर्न सकिने प्रस्ताव महाधिवेनले सर्वसम्मत रुपमा पारित गरेको छ।
एकता महाधिवेशनमा पार्टी फुट्छ सतप्रतिशत विभाजन हुन्छ भनि ठोकुवा गर्ने व्यक्ति समुह पार्टीका चाहना इच्छा लाई महाधिवेशनले चिरेर चक्नाचुर पार्यो। पार्टी वैचारीक र साँगठनिक रुपमा एकढिक्का भएर महाधिवेशन सानदार रुपमा सम्पन्न गरेको छ।पार्टी विभाजन विखण्डित नभए पछि केहि व्यक्ति समुह पार्टीहरुले हाम्रो पार्टीका विरुध्द भ्रमको खेति सृजना गरेका छन। सामाजिक सञ्जाल र मिडियामा चिच्याहट मच्चाउदै कोहि भन्छन- पार्टीमा मशालीकरण भयो ? चुनावमुखि भयो ? चुनावी पार्टीको गन्ध आयो ? क्रान्ति गर्दैन ? केहि भन्छन- पार्टीले माओवाद र जातिय सँघियता लाई मान्यो? माओवादीमा विलय भयो ? भन्दै स्यालहुया मच्चाउदै आएको छन। यिनिहरु लाई पार्टी विखण्डन भएन एकढिक्का भएर क्रान्तिकारी आन्दोलनलाई अगाडी वढाउन सक्षम भएपछि आफ्नो अस्तित्व समाप्त हुने भय एव चिन्ता गहिरोरुपमा व्यक्त गरेका छन।माओवादी जनयुध्दका भगौडाहरु,सिआइडिका आरोपखेप्दै आएकाहरु, प्रतिक्रियावादी राज्य व्यवस्थाको जुठोपिरोले पालित पोषित भएकाहरु, अराजकतावादीहरु तथा यहि सँधिय गणतत्रको रक्षा र सँस्थागत विकास गर्ने यथास्थिवादीहरु सँकटमा परेका तथा अस्तित्व रक्षाको सँकट परेकोले रोइलो मच्चिएको छ। पार्टी विभाजित नभएको कारण विभिन्र कित्ता र कोणमा रोइलो मच्चिनु स्वाभाविक छ। उनले आफ्नो वर्गिय धर्म निर्वाह गरेका छन।
माओका योगदान सार्वभौम रहेको कुरामा पार्टीमा एकमत रहेको छ। माओका योगदानलाई नेपालको सापेक्षतामा वुझ्ने आत्मासाथ गरी लागु गर्नेमा आ-आफ्ना वुझाइ रहेकोले व्यवहारमा जादा एकरुपतताको वुझाइ हुनसक्ने भन्ने मान्यताले वहस खुला राखिएको हो। विश्वमा माओवाद मान्य मुलतः तिनवटा प्रवृति रहेको छन। माक्सवाद लेनिनवाद माओवाद मुख्यतः माओवाद, माक्सवाद लेनिनवाद माओवाद अर्को माक्सवाद लेनिनवाद माओवाद, माओका योगदानलाई सार्वभौम नमान्ने, आत्मासाथ गरेर लागुपनि नगर्ने तर टेडमार्क माओवाद लेख्ने। जस्तै प्रचण्डले नेतृत्व गरेको पार्टीले एमाले सँग पार्टी एकता गर्दाको समयमा माओवाद लाई त्यागेर माक्सवाद लेनिनवाद मात्र राखेका थिए ।अहिले पुनः माओवाद पनि झुण्ड्यर राखेका छन।माओविचारधारा मान्नेहरुका पनि फरक फरक प्रवृति रहेका छन। माओका योगदान सार्वभौम हुन यसलाई अभिव्यक्त माओविचारधारले गर्छ, माओका योगदान सार्वभौम छैन्न चिनिया विशिष्ठतामा मात्र लागु हुन्छ भन्ने मोहनविक्रम सिहले नेतृत्व गरेको मसालले माओविचारधारा मान्छ तर माओका योगदान सार्वभौम मान्दैन। अहिले पार्टीमा माओवाद अफिसियल लाइन हो। पार्टीको लाइन सवै पार्टी सदस्यले मानेर जानु पर्छ। विचारको छलफलमा स्वतत्रता काम कार्वाहिमा एकरुपता नै अहिलेको आवश्यक्ता हो। यदि कामकारवाहिमा एकरुपता गर्न नसकेमा कुनै पनि कम्युनिष्ट पार्टी त के वुर्जुवा पार्टी समेत चल्न सक्दैन्न। विशिष्ठ समयमा एकता महाधिवेशन सम्पन्न भएको हुदा महाधिवेशनमा कुनै पनि प्रस्तावमा अल्पमत वहुमत गरिएन। असहमतिका विच सहमति गरेर सहमतिय प्रस्ताव पारित गरिएका छन। तर जनवादी केन्द्रियताको सिदान्त अनुसार अल्पमत वहुमतको मातहतमा सम्पुर्ण कमिटी केन्द्रिय कमिटिको मातहतमा केन्द्रिय कमिटि महाधिवेशनको मातहतमा हो। त्यसकारण सवै पार्टी सदस्यहरुले महाधिवेशनको निर्णयहरु चित्तवुझे पनि नवुझे पनि मानेर जानुपर्छ। तर आफ्ना मत(विचार)) पार्टी तय गरेको विधि पध्दति अनुसार लिएर जान सकिने निति महाधिवेशनले खुलै राखेको छ।
अहिलेको सँधियताको खारेज गर्ने विषयमा पार्टीमा एकमत छ।तर नयाँ जनवादी व्यवस्थामा राज्यको पुनः सँरचना केका आधारमा कसरी गर्ने भन्ने विषयमा फरक--फरक मत भए पनि पार्टी लाइन पहिचान र सामर्थता सहितको सँधियता सँरचनाका आधारमा राज्यको पुनःसँरचना गर्ने भन्ने हो। जुन व्यक्ति समुहले अहिलेकै सँधिय सरकार र सविधान अनुसारको सपथ अर्थात ल्याप्चेसहिछाप गरि म विधामान सँविधान र कानुन मान्छु भनि साँसद तथा उपप्रधानमत्रीको पद धारण गरी वसेका थिए।उनिहरुले हामी लाई सँधियता स्वाकार गरे समाप्त भए भन्ने हल्ला र भ्रम सृजना गर्नु कति नैतिक होरु जसले अहिलेको सँविधान कानुन मानेर साँसद र उपप्रधानमत्री हुदा सपथपत्रमा ल्याप्चे गर्नेहरुले सँघियताको खारेजको माग गरेको भन्नु नौटङ्की तथा भ्रम मात्र हो। पद पाए सँघिय व्यवस्थाको साँसद उपप्रधानमत्री पनि हुने पद गरे सँधियताको विरोध गर्ने दोहोरो मापदण्ड वा चेपारे प्रवृतिले कति दिन भ्रमछर्न सकिएलारु एकता महाधिवेसनले सँधियताको विषय कुनै पार्टी विशेषको विषय नभएकोले यसलाई खुल्ला छलफल गरेर लिन सकिने निति पारित गरेको छ।
पार्टी विपरितहरुको एकत्व हो वा वस्तु विपरित तत्व मिलेर वनेको हुन्छ। अध्यारो विना उज्यालो, उकालो विना ओरालो,दायाँ विना वायँ आकाश विना पताल, जन्म विना मृत्यु, महिला विना पुरुष हुदैन वा विपरित चिज पनि सँ(सँगै हुन्छ भन्ने दार्शनिक मान्यताको ज्ञान नभएको व्यक्ति समुहले एकमनावादी एकताको हुया चलाएका छन।कुनै पनि जिवन्त वस्तुमा एकमनावादी एकता हुदैन केवल मृतप्रायः वस्तुमा मात्र त्यस्तो देखिने गरेको छ।नेपालको कम्युनिष्ट आन्दोलनको मुल प्रवृति झिना मसिना र साना कुराको पनि व्यवस्थापन गर्न नसकि टुट फुट विभाजन खण्डिकरणमा रमाउने गरेको देखिन्छ।कुनै क्रान्ति नगर्नेका लागी त वलियो शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गर्नु आवश्यक भएन तर क्रान्तिको कार्यभार पुरा गर्नकालागी विशाल क्रान्तिकारी पार्टी निर्माण गर्नु पहिलो दायित्व हो। यहि महान कार्यभार लाई पुरा गर्नेका लागी नेपालको इतिहासमा पहिलो पटक पार्टी भित्रका केहि मतभेदहरु लाई सार्वजनिकरुपमा पनि छलफल चलाउन सकिने निति महाधिवेशनले पारित गरेको छ। यो नेपालको कम्युनिष्ट आन्दोलनमा नयाँ अभयास हो। यसले पार्टीको वैचारीक स्तर लाई उच्चाइमा पुर्याउन तथा विशाल क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गर्नमा टेवा पुर्याउने छ। जिवन नै टुटफुट विभाजन खण्डिकरणमा विताएका टुट फुट विभाजन खण्डिकरण नगरेमा असहज महसुस गर्ने जसरी पनि जहिले पनि टुक्रा टुक्रा भइ समाप्त हुनेहरुका लागी यो एकता महाधिवेसन असहज तथा अस्वाभाविक सारसँग्रवादी लाग्छ सक्छ तर त्यो तथ्य र वास्तविकता सँग मेलन खादैन। उनिहरुको चिन्ता वेचयन छटपटाहरुको अभिव्यक्ति सामाजिक सञ्जालमा व्यक्त भएरहेका छन ।यो कुनै नयाँ अचम्मित कुरा होइन यस्ता भ्रमित कुरा विगतमा पनि गरेका थिए अहिले गर्दै छन भविश्यमा पनि गर्ने छन। अँशलाइ समातेर समग्रहको विश्लेषण गर्ने टपरटुया प्रवृतिको वैचारीक र राजनितिक साँगठनिक रुपमा सामना गरेर जानुको विकल्प छैन।
पार्टीले माओवाद र सँघियता वारे लचिलो निति अवलम्वन गरेको छ। कुनै पनि व्यक्ति समुह वा पार्टीले माओवाद वा माओविचारधारा मान्छ र राज्यपुनः सँरचना सघियता वा एकात्मक रुपमा गर्नुपर्छ भन्ने फरक-फरक आस्था विश्वास राख्नने समुह पार्टी एकतामा आउन सक्ने वाटो खुलेको छ। समुद्रको पानि ल्याउन कसैले गिलास लोटा लिन्छन कसैले ट्याकर नै लिएर जान्छन भन्ने गिलास र लोटा लिएर जानेको भन्दा ट्याकर लिएर जानेले पानि वढि ल्याउने छ। महाधिवेशनको नितिले नेपालमा रहेको विभिन्न क्रान्तिकारी व्यक्ति व्यक्तित्व वा समुहलाई पार्टीमा गोलवन्द हुन सहज हुने छ।यसका लागी पार्टीले लचिलो एव खुल्ला निति अवलम्वन गरेको छ।
कुनै दुई वा दुई भन्दा वढी वस्तु एकआपसमा मिल्छन वा अन्तरधुलिन हुन्छन भन्ने पुराना वस्तुमा भएका तत्वहरुको प्रभाव एकअर्कोमा पर्छ नयाँवस्तुमा नयाँ गुण वा तत्वको देखापर्दछ।वुवा--आमाको गुण स्वाभाव र रुप छोरा छोरीमा देखिनु विज्ञान सम्म कुरा हो।अर्थात हाइडोजन2 र अक्सिजनको समिश्रण वाट पानीको निर्माण हुन्छ। पानी भनेको H2O हो। पानीलाई हाइडोजन वा अक्सिजनकरण भयो भन्न मिल्दैन।अहिले नेकपा(मशाल) नेकपा(वहुमत) र नेकपा(क्रान्तिकारी-माओवादी)को एकता महाधिवेशनले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको निमार्ण लाई अनुमोदन गरेको छ। यि पार्टीहरु विच वैचारीक राजनितिक साँगठनिक र व्यक्ति-व्यक्ति विच अन्तधुलित हुने क्रम चलिनै रहेको छ।एक--अर्कोका राम्रो गुण पक्ष अनुभव सँस्कार कार्यशैली जसले पार्टी र क्रान्ति लाई अगाडी वढाउन मदत गर्छ यस्ता कुराहरु पार्टीले स्वाकार गरी पार्टी अगाडी वढ्नुको विकल्प छैन यो स्वाभाविक , सहि र विज्ञान सम्मत पनि हो। केहि फुटपरस्तहरु र सँकृणवादीहरुले क्रान्तिकारी पार्टी लाई कसैले माओवादीकरण वा विलय देख्छन त कसैले मशालीकरण भयो भनि भ्रम सृजना गरे हुया चलाए वाट पार्टी सहि ठाउँमा छ भन्ने पु्ष्टि हुन्छ ।
प्रतिक्रिया