ओलीले मलाई चितवनमा असफल पार्नेबाहेक ओलीले अरू काम गरेनन् : प्रचण्ड

ओलीले मलाई चितवनमा असफल पार्नेबाहेक ओलीले अरू काम गरेनन् : प्रचण्ड

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ८ १६:३७ बजे
प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई केपी ओलीले  आफुलाई असफ पार्ने काम बाहेक  अरु  केहि काम नगरेको आरोप  लगाएका छन् । 

चितवनको माडी नगरपालिकामा रतनी खोला पुलको उद्घाटन गर्दै उनले आफूलाई ओलीले आफूलाई चितवनमा असफल पार्नेबाहेक अरू काम नगरेको  बताएका हुन् । उनले  आफ्नेप्रस्तावमा  ओली प्रधामन्त्री बनेको  कुराको समेत स्मरण गराएका छन् । 

उनले  भने, 'राजनीतिक स्थायित्व र विकास भन्दै नेपाल कम्युनिष्ट पार्टी बनाएको थियौँ, र केपी ओलीलाई मेरै प्रस्तावमा प्रधानमन्त्री बनाइएको थियो । तर, दुर्भाग्य, जे सपना देखेर गरेको हो (एमाले र माओवादी केन्द्रबीच एकीकरण गरेर नेकपा गठन), त्यो सपना चकनाचुर भयो । पटक पटक प्रतिनिधिसभा विघटन गर्ने । र प्रचण्डलाई चैँ कसरी हुन्छ चितवनमा असफल पार्नेबाहेक प्रधानमन्त्रीका रूपमा मेरा सह अध्यक्ष (केपी ओली) को अर्को भूमिका देख्न पाइनँ ।’

२०७९ भदौ ८ १६:३७ बजे

प्रतिक्रिया