दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते
दाङ । दाङको लमही नगरपालिका-९ शिवखोलानजिक पूर्व-पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।
विहिबार बिहान बुटवलबाट लुम्बिनी भ्रमण गरी बाँकेको कोहलपुर फर्कँदै गरेको भे १ ख ३१३० नम्बरको बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा घाइते भएका २२ जनाको बाँकेको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । सबै घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
बसमा चालक र सहचालकसहित ५३ जना सवार थिए । अन्य ३१ जना यात्रुको अवस्था सामान्य रहेकाले उनीहरूलाई अर्को गाडीको व्यवस्था गरी गन्तव्यतर्फ पठाइएको छ । दुर्घटनापछि बस, चालक र सहचालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया