ईनम सापकोटासहित तीन जनालाई थप ७ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । विचौलिया ईनम सापकोटासहित ३ जनालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । बिहीबार काठमाडौँ जिल्ला अदालतले ईनमसहित महेश श्रेष्ठ र सुशील भट्टलाई थप एक साता हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
ईनमसँग कनेक्सन देखिएपछि कीर्तिपुरमा सञ्चालित पुष्पसदन बोर्डिङ सेकेन्डरी स्कुलका प्रिन्सिपल श्रेष्ठ र लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीइओ)भट्ट पक्राउ परेका थिए । ईनमविरुद्ध प्रहरीले राष्ट्र बैङ्क ऐन २०५८ अन्तर्गतको कसुर र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन २०६४ अन्तर्गतको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया