हामीले आफ्नो सापेक्षतामा देश, जनता तथा क्रान्तिको पक्षमा अन्तिम समय सम्म लड्ने सामथ्र्य राख्दछौं-- मोहन वैध किरण

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको एकता महाधिवेशनको मोहन वैध किरणले मसाल वालेर उद्धाटन

bimbonline बिम्ब अनलाइन
२०८१ मंसिर १३ २०:०६ बजे
किरण मसाल वालेर महाधिवेशनको उदधाटन गर्नुहुदै

काठमाण्डौ। काठमाण्डौको न्युरोड भुगोलपार्कमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका सँयोजक मोहन वैध किरणले मसाल वालेर पार्टीको एकता महाधिवेशनको उद्धाटन गर्नु भएको छ।

उद्धाटन मन्तव्य दिदै उहाँले भन्नु भयो आज  पार्टीको राष्ट्रिय एकता महाधिवेशन यस्तो बेलामा सम्पन्न गर्न गइरहेका छौं जुनबेला देश दलाल नोकरशाही पुँजीपति तथा बचे खुचेको सामन्त वर्गीय राज्यसत्ताको चरम शोषण उत्पीडनमा छ,। जुनबेला विश्वमा भूमण्डलीकृत साम्राज्यवादी तथा शक्ति सम्पन्न मुलुकहरूद्वारा उत्पीडित तथा कमजोर राष्ट्र तथा देशहरूमा भयावह शोषण उत्पीडन जारी छ, जुन बेला विश्व तथा नेपाली कम्युनिस्ट आन्दोलनमा समेत उक्त प्रकारका शक्तिहरूसित मेल कायम गर्दै आएको दक्षिणपन्थी संशोधनवाद अत्यन्तै प्रबल छ र जुन बेला सबै खाले प्रतिक्रियावादको विरोध र दक्षिणपन्थी संशोधनवादको भण्डाफोर गर्दै मालेमाको आलोकमा नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवाद एवं साम्यवादको महान उद्देश्य प्राप्तिको लागि एकताबद्ध भई क्रान्तिको तयारीको दिशामा अगाडि बढ्न हाम्रो पार्टी दृढ तथा संकल्पबद्ध रहेको छ ।

  कमरेडहरू, नेपाल अर्धसामन्ती तथा अर्ध औपनिवेशिक विशेषता सहित नवउपनिवेशिक अवस्थामा रहेको छ । राष्ट्रियता जनतन्त्र र जनजीविकाका समस्या निकै गम्भीर तथा विकराल बन्दै आएका छन्। सुदूरपश्चिम क्षेत्र अन्तर्गत दार्चुला जिल्लाको कालापानी क्षेत्र भारतीय विस्तारवादद्वारा अतिक्रमण गरिएको छ र विभिन्न ठाउँहरूमा सीमा मिचिएका छन्। भारतसितका अनेकौं असमान सन्धिहरू कायमै रहेका छन्र अमेरिकी साम्राज्यवादद्वारा राष्ट्रघाती एमसीसी सम्झौता थोपरिएको छ । मजदुर, किसान, महिला, दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम लगायत विभिन्न जनवर्गका हक अधिकार कुण्ठित गरिएका छन्। देशका ग्रामीण क्षेत्रमा एकातिर जमिन बांझो पल्टिँदै गएको छ भने अर्कोतिर झन्डै एकतिहाइ जति ऊर्जाशील युवाहरू बेरोजगार, अर्ध बेरोजगार भई विदेशमा श्रम बेच्न बाध्य भएका छन्। निर्यात निकै कम र आयात अत्यधिक बढी हुने गर्दछ र देश आयातबाट प्राप्त राजस्व तथा विप्रेषणबाट धानिँदै आएको छ ।

 नेपालमा लामो समयदेखि विभिन्न जनसंघर्ष र कतिपय अवस्थामा सशस्त्र संघर्ष पनि भएका छन्। यस प्रकारका सशस्त्र संघर्षहरु मध्ये तात्कालिक नेकपा ९माओवादी० द्वारा नयाँ जनवादी गणतन्त्रको स्थापनाका लागि सञ्चालित १० वर्षीय जनयुद्ध विशेष उल्लेखनीय रहेको छ । यद्यपि तात्कालिक नेतृत्वमा पैदा भएको दक्षिणपन्थी नवसंशोधनवादी विचलन तथा त्यसका विरुद्ध संघर्ष गर्दै अगाडि बढ्ने कार्यमा क्रान्तिकारीहरूका पनि केही कमी कमजोरी एवं सीमा रहे र जनयुद्धले गम्भीर धक्का खानुपर्यो ।

तर पनि गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्व जस्ता विषय मूलत त्यसै जनयुद्धका आंशिक उपलब्धि हुन्। लामो समयदेखि प्रायशः नेपाली कांग्रेस र संशोधनवादीहरूको गठबन्धनले सरकार चलाउँदै आएको छ । गणतन्त्रको स्थापनापछि जनताले परिवर्तनको आशा र अपेक्षा गरेका थिए । तर त्यसो भएन । सत्ताधारीहरु भने एकातिर जनतालाई भ्रमित तुल्याउनका लागि समाजवाद उन्मुख अर्थतन्त्र, समृद्ध नेपाल सुखी नेपाली जस्ता चिनीले पोतिएका गुलिया नारा दिएर र अर्कोतिर आफ्ना मालिकहरूलाई रिझाउनका लागि नवउदारवादी अर्थतन्त्रलाई प्राथमिकतामा राखेर दुई नीतिको दुईधारे तरबार चलाउँदै आएका छन्। भूमिको क्रान्तिकारी वितरण र समुचित अनुदानको अभावमा कृषि क्षेत्र तहसनहस हुँदैछ । खाद्यान्न बालीको निर्यात गर्ने देशले आयात गर्नुपरेको छ । ठुला उद्योग निजीकरण गरिएका छन्र बाँकी टाँकि पनि धमाधम गरिँदैछन्। शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा निजीकरण भएको छ । 

जनताका गास, बास, कपासका समस्या जटिल बन्दै छन् । यस स्थितिमा सरकार सञ्चालक राजनीतिक दलहरू र क्रमशः व्यवस्था तथा राज्य सत्ताप्रति नै जनतामा असन्तुष्टि आक्रोश र वितृष्णा बढ्दै जानेर विकल्प खोजी गर्ने अवस्था पैदा हुन थालेको छ । उक्त कुरामाथि दृष्टि दिँदा आज एकातिर क्रान्तिका लागि वस्तुगत परिस्थिति अनुकूल बन्दै जान थालेको देखिन्छ । परन्तु अर्कोतिर आत्मगत परिस्थिति भने कमजोर नै रहेको छ । तर यो पनि अस्थायी कुरा हो। परिस्थितिले कोल्टे फेर्दै जान्छ । आज क्रान्तिकारी कम्युनिस्ट आन्दोलन कमजोर अवस्थामा भएपनि भोलि बलियो हुन्छ । यो कुरा नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासले पनि प्रमाणित गरेको छ । माओले भन्नुभएको थियो — साम्राज्यवाद र सबै खाले प्रतिक्रियावादीहरू कागजी बाघ हुन्। माओका दृष्टिमा यद्यपि दृश्यरुपमा, तात्कालिक र कार्यनीतिक रुपमा ती साँच्चिकै बाघ हुन् । परन्तु, सारतत्व, दीर्घकालीन र रणनीतिक दृष्टिले ती कागजी बाघ नै हुन् । हामीले माओको यो द्वन्दात्मक ऐतिहासिक भौतिकवादी मान्यतालाई गम्भीरतापूर्वक आत्मसात गर्नुपर्दछ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन जस्तै नेपाली कम्युनिस्ट आन्दोलन पनि भौतिकवादी द्वन्दवादले भरपुर रहेको छ । महान विवादमा भनिएको थियो — एकता–संघर्ष र फुटसम्म पनि र पुन नयाँ आधारमा नयाँ एकता । नेपाली कम्युनिस्ट आन्दोलन पनि टुट–फुट र विभाजनले भरिएको छ । र, हामीले तीन पार्टी बीचको यो एकता पनि यसै प्रक्रियाका बीचबाट सम्पन्न भएको हो। लेनिनका अनुसार साम्राज्यवाद तथा अवसरवादका बीच घनिष्ठ सम्बन्ध हुन्छ र त्यही नै विभाजनको मुख्य आधार हो। 

कम्युनिस्ट आन्दोलनमा विभाजन मूलतः तीन कारणले हुन्छ । ती हुन्ः पहिलो, साम्राज्यवाद र संशोधनवादका बीचको गठबन्धन, दोस्रो, वर्गीय आधार र विचारधारात्मक तथा राजनीतिक मतभेद र तेस्रो, निम्न पुँजीवादी मानसिकता व्यक्तिगत अहम तथा चरम महत्वाकांक्षा । साथै, कुनै बेला केही त्रुटीबस, जटिल परिस्थितिबस, स्पष्टताको आव वा झिनामसिना सांगठनिक विषय पनि विभाजनको कारण हुन सक्दछ । परन्तु, अन्ततः विभाजनका असली कारण विचारधारात्मक र राजनीतिक विषय नै हुन्। स्थिति जे जस्तो भएपनि आखिरमा सच्चा कम्युनिस्टहरु एकातिर र संशोधनवादीहरू अर्कोतिर लामबद्ध हुन पुग्दछन् । यसलाई कसैले रोक्न सक्दैन । हामीले इतिहासमा दक्षिणपन्थी संशोधनवादका विरुद्ध भीषण विचारधारात्मक संघर्ष चलाउँदै आएका छौं र क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका सच्चा उत्तराधिकारी पनि हामी नै हौँ । हामीले आफ्नो सापेक्षतामा देश, जनता तथा क्रान्तिको पक्षमा अन्तिम दमसम्म लड्ने सैद्धान्तिक सामथ्र्य राख्दछौं । र त्यसलाई व्यवहारमा बदल्न जरुरी छ माक्र्सले भन्नुभएको थियो — दुनिया बुझ्नु मात्रै सबै कुरा होइन, मुख्यत बदल्नु हो । यसतर्फ हाम्रो राष्ट्रिय एकता महाधिवेशनले विशेष दृष्टि दिनेछ र यसमा म विश्वस्त छु। पार्टीको राष्ट्रिय एकता महाधिवेशनको तयारीका सन्दर्भमा विभिन्न विषयमा हामीले आवश्यक छलफल तथा बहसका लागि फोरम सञ्चालन गरिसकेका छौं । अब ती विषयहरु बारे अझै गम्भीर छलफल, अन्तरक्रिया र विचार विमर्श गरी पार्टीको समग्र कार्यदिशा, नीति तथा कार्यक्रम, जनताका, राष्ट्रियता, जनतन्त्र, जनजीविकाका समस्याका साथै जलवायु परिवर्तनका समस्या, संगठन, संघर्ष, संयुक्त मोर्चा तथा कार्यगत एकता, बाँकी रहेका क्रान्तिकारी कम्युनिष्टहरूलाई एकताबद्ध तुल्याउने प्रश्न, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनसित सम्बन्धित विविध समस्या लगायतका विषयमा आवश्यक विधि तथा प्रक्रिया मार्फत संश्लेषण तथा निष्कर्षमा पुग्नेछौं ।

 देशमा भूमण्डलीकृत साम्राज्यवाद, विस्तारवाद, नवउपनिवेशवाद तथा नवउदरवादको हैकम बढ्दै, दलाल नोकरशाही पुँजीवादी राज्यसत्ताको शोषण–उत्पीडन चर्कदै र दक्षिणपन्थी संशोधनवाद प्रभावी बन्दै गएको वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा आफ्ना विगतका कमी कमजोरीहरुलाई सच्याउँदै संगठन तथा संघर्षका कामहरुलाई अगाडि बढाउँदै जनतासितको सम्बन्धलाई बलियो बनाउँदैमालेमाको रक्षा, प्रयोग तथा विकास गर्दै, सुदृढ तथा अनुशासित पार्टीको निर्माण र क्रान्तिको तयारीको दिशामा अगाडि बढ्नु अत्यन्तै ठुलो चुनौती हो। यस प्रकारका चुनौतीहरूको दृढ सामना नगरिकन क्रान्ति अगाडि बढ्न सक्दैन र चुनौतीहरूको सामना गर्ने तर्फ हामीहरु एक ढिक्का तथा संकल्पबद्ध हुँदै वर्तमान राज्यसत्ता तथा व्यवस्थाको विकल्पका रुपमा प्रस्तुत हुन जरुरी छ । हाम्रो पार्टी एकता परिवर्तनकामी जनसमुदायका चाहना तथा भावना र क्रान्तिको ऐतिहासिक आवश्यकतामा आधारित रहेको छ । यसै पार्टी एकतालाई सुदृढ तुल्याउँदै पार्टी र क्रान्तिका कामहरूलाई नयाँ ढंगले अगाडि बढाउन आयोजित यस राष्ट्रिय एकता महाधिवेशनको उद्घाटन गर्न पाउँदा मलाई निकै प्रसन्नता र गौरवको अनुभूति भएको छ । 

अन्त्यमा, म यस राष्ट्रिय एकता महाधिवेशनलाई स्थापित तुल्याउँदै सही तथा क्रान्तिकारी विचारधारात्मक, राजनीतिक तथा सांगठनिक कार्यदिशा पारित गर्नुका साथै क्रान्ति तथा पार्टीका कामलाई अगाडि बढाउन समर्थ केन्द्रीय समितिको निर्माण गर्न यो एकता महाधिवेशन शानदार रुपमा सफल हुनेछ भन्ने हार्दिक कामना, अपेक्षा र दृढ विश्वास गर्दछु उहाँले भन्नु भयो।

कार्यक्रममा  नेपालका वामपन्थी पार्टीहरुमा नेकपाका अध्यक्ष लोकनारायण सुवेदी, नेकपाका ऋषि कट्टेल, नेकपा (मसाल)का प्रवक्ता रामप्रशाद पुरी समेतले शुभकामना मन्तव्य दिएथिए।अन्तराष्टिय भाइचार पार्टीहरुमा जर्मन कम्युनिष्ट पार्टी(एमएलपिडि)का गाभि,टर्किस कम्युनिष्ट पार्टीका एल्ला,भारतिय कम्युनिष्ट पार्टी(रेडस्टार)का प्रतिनिधि समेतले शुभकामना मन्तव्य दिनु भएको थियो।

कार्यक्रमको अध्यक्षता सहसँयोजक सन्तवहादुर नेपाली, सञ्चालन हेमन्त प्रशाद ओलीले गर्नुभएको थियो। प्रमुख अथितिमा पार्टी सँयोजक मोहन वैध किरण ,अथितिमा पार्टी वरिष्ठनेता सि.पि. गजुरेल,कार्यालय सदस्यहरु रामसिह श्रीस, परि थापा, हरिभक्त कडेल, सिताराम तामाङ लालवहादुर जाग्री चिन्तामणि पौडेल,पवन कुमार, रामवहादुर वुढा, कृष्ण पौडेल, प्रेम सुवेदी, चन्द्रहरि सुवेदी,सुरेन्द्र भण्डारी,केवि गुरुंङ समेत लाई मञ्चमा आसन ग्रहरण गराएका थिए।

कार्यक्रममा रक्तिम साँस्कृतिक अभियान र सामनाका कलाकारहरुले नृत्य गित प्रस्तुत गरेका थिए। शान्तिवाटिका र त्रिपुरेश्वरवाट विशाल जुलुसहरु गगनभेदी नारा लगाउदै सभास्थमा पुगेका थिए। कार्यक्रमको समापन सन्तवहादुर नेपालीले गरेका थिए। 


२०८१ मंसिर १३ २०:०६ बजे

प्रतिक्रिया