काठमाडौं । साताको चौथो दिन आज शेयर बजार परिसुचक नेप्से सामान्य झिनो अंकले उकालो लागको छ । आज नेप्से २.८७ अंकले उकालो लागेको हो । नेप्से आज सामान्य अंकले उकालो लागेसँगै २०५७.८५ विन्दुमा पुगेको छ ।
नेप्सेमा बुधबार ३६ लाख ७८ हजार ७०५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५२ करोड ६१ लाख ८६ हजारको कारोबार भएको छ । जसमध्ये अरुण कावेली पावरको १६ करोड ९२ लाख ६६ हजारको कारोबार हुँदा अपी पावरको ८ करोड ८ लाख २५ हजार रिडी हाइड्रोपावरको ५ करोड ६४ लाख ६८ हजारको कारोबार भएको छ ।
प्रतिक्रिया