नेप्सेको उकालो यात्रा कायमै - मौद्रिक नीति कसिलो

नेप्सेको उकालो यात्रा कायमै - मौद्रिक नीति कसिलो

bimbonline बिम्ब अनलाइन
२०७९ साउन २ १६:५५ बजे
मौद्रिक नीति

 काठमाडौं ।   केहि दिन यता सेयर बजा परिसुचक नेप्से निरन्तर उकालो लागि रहेको छ । आज पनि नेप्से सामान्य  अंकले उकालो लागेको छ । सेयर बजार  परिसुचक नेप्से आज १८.०३  अंकले उकालो लागेको हो । आज नेप्से उकालो लागेसँगै  २०२९.४३ बिन्दुमा  पुगेको  छ ।सेन्सिटिभ इण्डेक्स पनि २.८३ अंक  उकालो लागेको छ ।  

सोमबार कारोबारमा आएका २११ कम्पनीको ३१ लाख ४२ हजार ४०२ कित्ता सेयर १ अर्ब ३१ करोड ९६ लाख २९ हजार ९६० रुपैयाँमा खरिदबिक्री भयो। 

नेप्सेका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ वटा उपसमूहको परिसूचकमा गिरावट आएको छ। जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा बढी ४।९३ प्रतिशत बढेको छ। त्यस्तै, अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने निर्जीवन बीमा, जीवन बीमा, लगानी, जलविद्युत र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। व्यापार र म्यूचुअल फण्ड उपसमूहको परिसूचक घटेको छ।

सोमबार बरुण हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, इमर्जिङ्ग नेपालको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ भने चन्द्रागिरी हिल्सको सेयरमूल्य ६ प्रतिशतभन्दा बढीले बढेको छ।

मौद्रिक नीति कसिलो

चालु आर्थिक वर्षको बजेट आउँदा निजी क्षेत्रले स्वागत गरेको थियो । तर, बजेटको स्वागत गरेको केही दिनपछि नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघले स्वदेशी उद्योग नै बन्द हुने गरेर स्यानिटरी प्याड र घ्यूतेललगायतका उद्योगहरु बन्द हुने भन्दै विरोध गरेका थिए । नयाँ मौद्रिक नीतिमा पनि सबैले आआफ्नो माग नेपाल राष्ट्र बैंकसँग राखेको छ ।

गत आर्थिक वर्षमा नयाँ बजेट निर्माणको विषयलाई लिएर तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले राजीनामा नै दिनुपर्ने अवस्था आएको थियो ।


यही साता नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने तयारी गरेको छ । निजी क्षेत्रका विभिन्न संघसंस्थाहरुले अर्थतन्त्र सुधार हुने मौद्रिक नीति ल्याउनुपर्ने बताएको छ । गभर्नर अधिकारीले कसिलो मौद्रिक नीति आउने भनेर सार्वजनिक कार्यक्रममै भनिसकेका छन् ।


केही दिनअघि गभर्नरले निजी क्षेत्रले आयोजना गरेको कार्यक्रममा देशको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको र नयाँ मौद्रिक नीतिले कसैलाई असर गर्न पनि सक्ने भएकाले त्यसका लागि तयार हुनुपर्ने बताएका थिए । उनको भनाइलाई मान्ने हो भने मौद्रिक नीति अर्थतन्त्र सुधारका लागि आउने देखिन्छ ।


गभर्नर अधिकारीले मौद्रिक नीति कसिलो आउने बताएका छन् । अहिले देशको अर्थतन्त्र सुधार गर्न पनि कसिलो मौद्रिक नीति आवश्यक छ । राष्ट्र बैंक स्रोतका अनुसार निजी क्षेत्रको मागभन्दा पनि मौद्रिक नीति बिग्रेको अर्थतन्त्र कसरी सुधार गर्ने विषयमा केन्द्रित रहेको छ । माथिल्लो तहको भन्दा पनि तल्लो तहका मान्छेहरुलाई छुने प्रकारको मौद्रिक नीति ल्याउने तयारीमा छ राष्ट्र बैंक ।


नयाँ मौद्रिक नीतिमार्फत अर्थतन्त्र सुधार गर्ने क्रममा केही क्षेत्रमा अझ कडाइ हुनेसमेत राष्ट्र बैंक स्रोतले  जनाएको छ ।

२०७९ साउन २ १६:५५ बजे

प्रतिक्रिया