तुलसीपुर,दाङ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र ने.क.पा.(मशाल) बिच तुलसीपुर उपमहानगरपालिकामा एकता अधिबेशन सम्पन्न भएको छ ।
नगर संयोजक ईश्वरी प्रसाद गैरेको अध्यक्षता र सञ्चालनमा सम्पन्न भएको अधिबेशनबाट नयाँ कार्यसमिति गठन समेत भएको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल महाधिवेशन आयोजक समिति सदस्य तथा दाङ जिल्ला संयोजक रामजी थारुको प्रमुख आतिथ्य तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल महाधिवेशन आयोजक समितिका सचिवालय सदस्य हिरामणी दुःखीको विशेष उपस्थितिमा अधिबेशन सम्पन्न भएको हो । सो अधिबेशनमा नगर इञ्चार्ज तथा पार्टीका महाधिबेशन आयोजक समिति सदस्यहरु शशिराम बुढाथोकी तथा डिलाराम बुढाथोकीको पनि उपस्थिति रहेको थियो ।
उक्त एकता अधिबेशनमा समसामयिक राजनीतिक तथा पार्टीको केन्द्रीय समितिले लिएका निर्णयहरु बारेमा हिरामणि दुःखीले मन्तव्य राख्नु भएको थियो । सो क्रममा दुःखीले नेकपा बहुमतबाट एकतामा आउनु भएका धर्मेन्द्र बास्तोला लगायतका नेताहरूले कम्तीमा पनि महाधिवेशनको सामना गर्नुपर्थो भन्नुहुँदै उनीहरु पार्टीबाट भाग्नुमा कम्युनिस्ट आचरण र नैतिकता नभएको बताउनुभयो । फरकमतका दस्तावेज प्रस्तुत भइसकेको समयमा पार्टी बिभाजन गरि अलग्गिनु उहाँको कमजोरी रहेको बताउदै नयाँ जनवादी चरण पूरा नगरिकन समाजवाद तिर जान नसकिने कुरा बताउनु भयो । पार्टीको महाधिवेशनपछि नयाँ विचार आउने भएकोले महाधिवेशनले लिने नीति नै हाम्रो दस्तावेज हुने भएकोले यो समय छलफल र बहसको हो भन्ने कुरा राख्नु भयो । अधिबेशनमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रामजी थारु, केन्द्रीय सदस्य शशिराम लगाएतका बक्ताहरुले शुभकामना मन्तब्य दिनुभएको थियो ।
अधिबेशनले ईश्वरी प्रसाद गैरेको संयोजकत्वमा १७ सदस्यीय नगर समिति गठन गरेको छ । सह–संयोजकमा हुपमान राना र सदस्यहरु हिमाल, सिर्जना, प्रकाण्ड, अबिरल, बागी, प्रकाश, पक्का, देवा शर्मा, टीकाराम, हिमाल (ख) र ज्योति रहनु भएको छ । ३ जना सदस्य पछि थपिने बताइएको छ । कार्यक्रममा स्वागत मन्तव्य हिमालले राख्नु भएको थियो ।
प्रतिक्रिया