महाधिवेशनको कार्यतालिका पनि बनिसकेको अवस्थामा क. कञ्चनले पार्टी फुटको ढ्याङ गर्नु अवैज्ञानिक अराजनीतिक र दुःखद कदम हो -रामवहादुर थारु महान ७ न. प्रदेश सँयोजक एव सचिवालय सदस्य

पुर्व वहुमत पार्टी एकतामा नै रहेको छ. पार्टी टुटफुट विभाजनले प्रतिक्रान्तिको सेवा नै गर्दछ।

bimbonline बिम्ब अनलाइन
२०८१ साउन १० ०९:१८ बजे
रामवहादुर थारु महान

अखिल क्रान्तिकारी विधार्थी सँगठनमा २०४८ सालमा सँगठित भइ निरन्तर क्रान्तिकारी राजनितिमा रहेका  सुदूरपश्चिम कैलाली जिल्लाका ग्रामिण थारु समुदायमा हुर्के वढेका किसान मजदुरको सामान्य जिवनशैलीमा रहेका माओवादी जनयुध्द, जनसँधर्ष पछि विप्लवले विद्रोह गर्दा सँगै हिडेका  विप्लवले दक्षिणपन्थि राजनिति अवलम्वन गरे पछि तत्कालीन नेकपा वाट कञ्चनको नेतृत्वमा विद्रोह गर्ने  वाह जना केन्द्रिय सदस्य मध्ये एकजना नेकपा(वहुमत) र नेकपा( क्रान्तिकारी माओवादी)  पार्टी विच एकता पछि निर्माण भएको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेकपा(मशाल) सँग पार्टी एकता पछि पनि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका  केन्द्रिय सचिवालय सदस्य एव ७ न. प्रदेशका सँयोजक रामवहादुर थारू महान सँग विम्व अनलाइनका प्रतिनिधि रामवहादुर महराले गरेको कुराकानीका सम्पादित अँशहरु

महान कामरेड  तपाई राजनीतिमा के-कसरी लाग्नु भयो ?

 म सामान्य किसान परिवारमा जन्मेहुर्के क्याम्पस पढ्दा तत्कालीन  नेकपा (माओवादी ) निकट विधार्थी सँगठन अखिल क्रान्तिकारीमा २०४८ मा सँगठित भएको हु। नेकपा(माओवादी)को तत्कालीन कार्यक्रम गरिब मजदुर, किसान, उत्पीडित जनताको पक्षमा सामान्त ठालु सुतखोर  भ्रष्टाचारीहरुका बिरुद्ध चालेको बर्ग संघर्षबाट प्रभावित भएर जनयुद्धमा जोडिएको थिए। यहीँबाट मेरो राजनीतिक यात्रा सुरु भयो । अहिले सम्म मैले राज्यको कुनै लाभको पद (वार्डअध्यक्ष देखि मत्री सम्म) कुनै लिएको छैन। किसान मजदुरको मुक्तिका लागी भनि निरन्तर क्रान्तिको वाटोमा दृढताका साथ अगाडी वढ्दै आएको छु। म सँगका कतिपय साथीहरु मत्री, माननिय,मेयर छन तर मैले कहिले पनि पद,पैसा लाई महत्व दिएन क्रान्तिकारी राजनिति र विचारलाइ मात्र हेर्दै आएको छु।यसैमा सन्तुष्ट छु।

 तपाईको प्रदेशमा एकता अधिवेशन के कसरी चलिरहेका छन ?

 हाम्रो  ७ नम्बर प्रदेशमा क्रान्तिकारी कम्युनिष्ट पार्टी र नेकपा (मशाल) सँगको एकता  प्रदेश स्तरिय , जिल्ला  र नगरपालिका स्तरमा एकता अधिवेशन चलिरहेका छन । जिल्लाको सन्दर्भमा ८ वटा जिल्लामा एकता अधिवेशन सम्पन्न भई सकेका छन भने एक जिल्लाको तयारी चल्दै छ। गाउँ\नगर स्तरमा पनि एकता चल्दै छन।

 तपाईले पार्टीको महाधिवेशनको तयारी कसरी गरिराख्नु भएको छ ?

पार्टीका एकता अधिवेशन सम्पन्न गरेर पार्टी संगठनलाई एकीकृत गरी सेल देखि जिल्ला स्तरका  नियमित  भेला\ अधिवेशन गर्ने तयारीका काम तिव्ररुपमा  भई रहेका छन। पार्टीको केन्द्रिय योजना अनुसार   निर्धारित  मितिमा सेल ,पालिका, जिल्लाका अधिवेशनहरु सम्पन्न गर्ने, महाधिवेशन प्रतिनिधि छान्ने प्रक्रियामा जान्छौं। पार्टी भित्रका मतभेदहरु लाई पार्टीले तयगरेको विधि पध्दति अनुरुप माओविचारधारा\माओवाद, सँघियता र जनयुध्दको समिक्षाका  विषयमा सार्वजनिकरुपमा र अन्य विषयमा आन्तरिकरुपमा फोरम सञ्चालन गरिने छ। यसले पार्टी लाई वैचारिक, राजनीतिक ,साँगठनिक रुपमा उन्नत वनाएर लैजाने आशा गरेको छु। पार्टीमा वैचारीक अन्तर सघर्ष वाट कुनै पनि नेता कार्यकर्ताले भाग्ने होइन अन्तर सँघर्ष सञ्चालन गरेर जाने हो।

क. कञ्चन पार्टीबाट अलग हुनुभएको छ ? यसबारे तपाईको धारणा के छ ?

हामीले पुर्व क्रान्तिकारी माओवादी र पुर्व बहुमतको बिच झण्डै १ बर्षको  छलफल बहस पछि १६ महिना पहिले एकता गर्यौ। एकता प्रक्रियामा सबै सहभागी भई अरु क्रान्तिकारी शक्तिलाई पनि एकताबध्द हुन आह्रान गर्यौ। क्रान्तिको तयारीमा लाग्ने भन्यौं। पछिल्लो समय पुर्व मशाल सँग शुरु देखि चल्दै आएको छलफल बार्तालाई निरन्तरता दिई यही २०८१ वैशाख १८ गते एकता  भइ वैशाख १९ गते मे दिवशको सन्दर्भमा पार्टी  एकताको घोषणा गर्यौ। असारमा भएको पार्टीको केन्द्रीय समितिको बैठक बसेर महाधिवेशनका लागी प्रस्तुत दस्तावेजहरु (समान्तर वा फरक) सवै माथि पार्टी फोरममा  बहस छलफल गरी कार्तिक २ गते  हुने महाधिवेशन वाट निर्णय गर्ने  सर्वसम्मत निर्णय गर्यौ। यसका साथै  महाधिवेशनको कार्यतालिका पनि बनिसकेको अवस्थामा क. कञ्चनले  पार्टी फुटको ढ्याङ गर्न लिएको निर्णय अवैज्ञानिक अराजनीतिक र दुखद कदम हो । पुर्व समुहको कुनै भेला वैठक विना कञ्चनलाई पार्टी विभाजन गर्ने अधिकार कहाँ वाट प्राप्त भयो ? कम्युनिष्ट पार्टीमा सामुहिक निर्णय व्यक्तिगत जिम्मेवारी हुन्छ। व्यक्तिगत निर्णय सवैले मान्नु पर्छ भन्ने छैन। पार्टी वाट वाहिरिने क.कञ्चनको व्यक्तिगत निर्णय हो ।पुर्व वहुमत पार्टी एकतामा नै रहेको छ। हामीहरुका असहमति पार्टी भित्रै अन्तसँघर्ष चलाउछौ। पार्टी टुटफुट विभाजनले प्रतिक्रान्तिको सेवा नै गर्दछ।

क. कञ्चनको कदम पार्टी बिभाजन हो वा एकता असफल हो ?

पछिल्लो समय क. कञ्चन सहित हामी पार्टी एकतामा सङ्गै आएका हौ । बहुमतबाट हामी र क्रान्तिकारी माओवादी बाट क.किरण सहितको टिम एकताबद्ध भयौं। तत्कालै मशाल सँगको एकतासहित तीन पार्टी बिच एकता भयो। हामी तलतल सम्म एकताकाम गर्दै गइरहेका छौ ।केन्द्रीय समितिमा कार्यदिशा सम्बन्धमा क. किरणले नयाँ जनवादी क्रान्ति हुदै वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने र क. कञ्चनले वैज्ञानिक समाजवादी क्रान्तिको फरक मत ल्याए पछि केन्द्रीय समितिले एकै दस्तावेज लेख्न पनि नेताहरूलाई सुझायो। साथै फरक-फरक प्रस्तावमा छलफल बहस गर्न सेल सम्म फोरम चलाउने निर्णय गर्यो। महाधिवेशनको मिति पनि २ कार्तिक २०८१ ठोस गर्यो। यस्तो अवस्थामा क. कञ्चन पार्टीबाट बाहिरिने कुरा राजनीतिक रुपमा ठिक होइन । यो कदम पार्टी बिभाजन होइन एकता गरेर एकै पार्टी गठन  भएको १६ महिनामा एकता असफल भन्ने कुरा पनि मिलेन ? अर्को कुरा  पुर्व बहुमत बाट एकतामा आएका हामी धेरै कामरेड  क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमै एकतावध्द नै छौ। यसरी हेर्दा पार्टी वाट व्यक्तिगत रुपमा क. कञ्चन सहित केही कामरेडहरुको बहिरगमन हो भन्न सकिन्छ।

केही साथीहरूको बहिरगमन भन्नुभयो ? पार्टी बिभाजनबाट तपाईको पार्टीमा के कस्तो असर परेको छ ?

पार्टी एकता गर्दा हामीले ८ बुदे सहमति गर्यौ त्यसको ३ बुदामा पार्टीको कार्यदिशा सँग सम्बन्धित कुरा उल्लेख छन। जहाँ नयाँ जनवादी क्रान्ति हुदै वैज्ञानिक समाजवादमा जाने कुरा छ। अहिले पनि पार्टी त्यही नितिमा छ। संयोजक क. किरणले ल्याएको दस्ताबेजमा पनि यहि कुरा समेटिएको छ। महाधिवेशन केन्द्रित भएका छौ । यो बेला एउटा राजनीतिक व्यक्ति कसरी पार्टी छोडेर जान सक्छ ? राजनीतिलाई आवरण बनाउने केही मान्छे त यस्तै समयमा क्रान्तिकारी आन्दोलनलाई कमजोर बनाउन विभिन्न अफवाह फैलाउछन होला अहिले भएको यहि हो  । यसले पार्टीको मुल स्प्रिडमा खासै असर गरेको छैन पार्टीले नियमित आफ्ना काममा गरिरहेको छन ।संघर्षको तयारी पनि गर्दै छ ।पुर्व बहुमतको अत्यधिक   एकताबद्ध पार्टीमा छौ। ७ न. प्रदेशको सन्दर्भमा पनि केही सिमित साथीहरू बाहिरिनु भएको छ यसले पार्टीमा खासै असर पारेको छैन ।

 तपाइको  पार्टीको निति तथा कार्यक्रम के छ ?

हाम्रो पार्टीको अहिलेको कार्यदिशा भनेको जनवादी क्रान्ति हुदै वैज्ञानिक समाजवादी क्रान्तिको हो । अहिलेको मुख्य कार्यभार भनेको दलाल प्रतिक्रियावादी संसदीय व्यवस्था समुल नष्ट गरि सर्वहारा मजदुर किसानको राज्य सत्ता निर्माण गर्नु हो । यसको निम्ति करोडौं जनताको समर्थन लाखौं जनता पार्टीमा संगठित गर्नुपर्छ हाम्रो प्रयत्न यसैमा हुन्छ । समाजमा व्याप्त भ्रष्टाचार कमिसन घुसखोरीका बिरुद्ध संघर्षलाई अगाडि बढाउने जनताका पिरमर्कामा उनिहरुको सहयोगी बन्ने गरि हाम्रा कामहरू अगाडि बढाउदै आएका छौ । यसलाई अझ सशक्त ढंगबाट जनतामा जान्छौं ।यसका साथै अहिले हामी महाधिवेशन केन्द्रित भएकोले त्यससँग सम्बन्धि आन्तरिक काममा पनि लागेका छौ ।

तपाइको  अन्त्यमा केही भन्नु छ की ?

२००६ सालमा सुरु भएको कम्युनिस्ट आन्दोलन ,जनयुद र जनआन्दोलनको बिरासत हो क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल । मजदुर ,किसान उत्पीडित जनतालाई पार्टीको कार्यक्रम , संघर्षमा जोडिन र समग्रमा पार्टीमा आवद्ध हुन अपिल गर्दछु । क्रान्तिकारी कम्युनिस्ट पार्टी बिभाजन वा एकता असफल जस्ता अफवाहमा भ्रमित नहुन समेत अनुरोध गर्दछु । यो समय मेरा बिचार जनता माझ लैजान  अवसर दिनु भएकोमा बिम्ब अनलाइन लाई धन्यवाद दिन चाहन्छु।


२०८१ साउन १० ०९:१८ बजे

प्रतिक्रिया