यात्राँ कमलवजारको , भेट मियाँपुरमा

मेरो दाजुका तिन छोराहरु मध्ये एउटाले थारू (चौधरी)की छोरी,एउटाले के.सी.(क्षेत्री)की छोरी, एउटाले श्रेष्ठ (नेवार)को छोरी सँग विवाह गरेर मेरोघरमा वुहारी भएर वसेकी छन।केशर मियाँको परिवार नेपाली समाजमा रहेका विभिन्न जात, जाती धार्मिक समुदायका मान्छेहरु एकआपसमा कसरी अन्तरघुलिन भएका छन भन्ने कुराको जिवन्त उदाहरण हो।

bimbonline लाल वहादुर जाग्री, यात्रा सँस्मरण
२०८१ असार ८ २०:१५ बजे
दायाँ वाट क्रमश लालवहादुर जाग्री,केशर मियाँ,रामवहादुर चौधरी,रामवहादुर महरा

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेकपा(मशाल) विचको  जिल्पाला स्तरिय पार्टी एकताका कार्यक्रम अन्तर्गत अछाम जिल्लाको एकता अधिवेशनमा सहभागी हुन ७ न. प्रदेश सयोजक क. रामवहादुर चौधरी (महान ) के.स. रामवहादुर महरा( चिन्तक)ले २०८१ असार ३ गते दिउसो करिव १२ वजे डडेल्धुराको स्याउले वजारमा पुगेको सुचना गर्नुभयो। विहानको खाना स्याउवजारको एक होटलमा खाने जानकारी गराउनु भयो।

म अछामको कार्यक्रममा जाने भनेर विहान देखि तयारी अवस्थामा थिए। कामरेडहरु स्याउले पुगेको सुचना पाए पछि म गाडी स्टाप सहित घरवाट निस्कीए गाडीमा तेल(पेट्रोल) नभएकोले लामो दुरी डडेल्धुरा देखि कमलवजार सम्म करिव २०० किलो मिटरको यात्रा रहेको हुदा वाटोमा तेल नपुग भएका कारण अफ्ट्यारो नहोस भन्नाका लागी गाडीमा प्रयाप्त तेल हालेर स्याउले वजार पुग्दा कामरेडहरु रामवहादुर चौधरी र रामवहादुर महरा स्याउले वजारको दिपायलजाने सडकको वायाँ तर्फ पिठ्युमा काला झोलाहरु भिरेर उभिएका थिए। दुवै झोलाहरु गाडीको डिक्किमा राखी   सिटमा दुवै जना वसे पछि स्याउलेको घुम्ति र ओरालो सडकमा गाडी अगाडी वढ्यो। डडेल्धुराको रडुवा खोलाको किनारै- किनारको सडक पार गरे पछि रडुवाखोला  सेति नदिमा मिसियो भन्ने हामीहरु सेति नदिको किराना भएर  डोटीको रेडियो नेपालको ओकालोको धुम्ति हुदै पिपल्ला वजार वाट सेती नदिको पुल पार गरेर धुम्ति ओकालो हुदै सिलगढी पुग्यौ।

सिलगढीमा पनि चर्को घाम भएको हुदा जिल्ला प्रहरी कार्यालय डोटीको गेट नजिक केहि रुखको छहारीमा केहि स्थानिय गाडीहरु छहारीमा राखेको थिए। हामीहरुले पनि रुखको छायामा गाडी रोकी  छायाँमा उभियौ। सिलगढीमा रहेका कामरेड चन्द्र थापा सँगको भलाकुसली पछि  उहाँले हाम्रो टिमका  लाई फ्रिजमा राखेको चिसो  पानी दिनुभयो। साथिहरुले पानी पिए पछि हाम्रो यात्रा अगाडी वढ्यो। सिलगढीको खान पार गरेपछि केहि समथर सडक हुदै ओरालो लागि साझँगाड पुगियो।साझँगाडको  पुलपारगरी सडक सानागाउँको घुम्ति ओकालो हुदै गइरहेको समयमा एउटा  घुम्तिमा ट्राफिक प्रहरीले गाडी रोक्यो । चालकको साइडको सिटतर्फ गएर चालकलाई- सँगै वसेको यात्रीले सिटवेल्ट वाधेका छन। तिमिले किन नवाधेको ? लाइसन्स ल्याउ भन्दै उसले लाइसन्स माग्दै गर्दा पछाडी वाट  रामवहादुर महराले प्रहरीलाइ केहि कुरा गर्न खोजिरहनु भएको थियो। मैले कुरा नगर्न र प्रहरीलाई आफ्नो काम गर्न दिन भनि सँकेत गरेपछि उहाँ वोल्नु भएन।प्रहरीले चालकको लाइसन्स लिएर सिटवेल्ट नलगाएर ट्राफिक नियमको पालना उलङघन गरेकोले जरिवाना तिर्नुपर्छ भनि  गए। चालक र प्रहरी दुवैजनाको कुराकानी पछि चालकले लाइसन्स लिएर आएपछि अगाडी वढ्यौ।

चौखुटेको डाडाँको वजार हुदै अछाम प्रवेश गरियो। ओराला धुम्तिमोडहरु भएर साफेवजार वजार पुग्यौ। साफेवाट वुढीगण्डकीको वायाँ किनाराको सडक छोडेर दायाँ मोडे पछि साफेवगरमा रहेको वुढीगण्डकीको पुल पार गरि खाजा चिया खानका लागी पसेको होटलेले  खाजा  नभएको वताए पछि अगाडीको वजारमा टिमका साथिहरुले चिसो कोक ,  फ्राइराइस र मैले दहि र फ्राइराइको नास्ता खायौ। स्वास्थ्यका लागी हानिकार पेय पदार्थ भएको हुदा कोक फेण्टा जस्ता चिसो पेयपर्दार्थमा मेरो  रुचिकर छैन्न। 

खाजा खाएर अगाडि वढ्दा वयलपाटा अस्पाताल देखियो जस्को छाना करिव सोलर पाताहरुले छाएको देखेर महानले यस अस्पतालको नाम सोलर अस्पताल राख्नुपर्ने ? भनेका थिए।अछामको अधिकाँश भु-भाग होचा पहाडका डाँडा-काँडा भएको भिरालोमा गाउँवस्तीहरु  रहेछन। अधिकाँश वस्तीहरुमा धुले सडक पुगेका तर खेतवारी धेरै स्थानमा वाझा रहेका देखिन्थे। केहि समथर  ओरालो – ओकालो मोडका सडक हुदै अछामको सदरमुकाम मगलसैन साझँ करिव ६ वजेतिर पुगियो। मगलसैन वाट धुम्ति ओकालो हुदै करिव एक घण्टाको यात्रा पछि  कमलवजार पुगियो।त्यहाँ जिल्ला इञ्चार्ज शिवराज वजगाई र सँयोजक विज्ञानले हाम्रो टिमलाई रिसिफ  गर्नुभयो।

होचो डाडाँकोकाखमा रहेको भिरालो समथर भु-भागमा  पुराना ढुङ्गा -गारोका घरहरुमा टिनले छाएको र केहि नयाँ पिल्लरवाला घरहरु भएको स्थानिय वजारलाई नै कमलवजार  भन्दा रहेछन। सडक ग्राविल हुदै गरेको रहेछ। इलाका प्रहरी कार्यालयको कमलवजारमा नयाँ भवन निर्माण गरि हस्तातरण गर्नमात्र वाँकी रहेछ। क. शिवराजले म घरमा जान्छु होटलमा वसेर खर्च किन वढाउने  हो ? भनेर घरतिर लाग्नु भयो । क.विज्ञानले हाम्रो टिम लाई ढुङ्गा गारोले चिनेको टिनले छाएको होटल भित्र पट्टि काठका खुट्कीला भएको भर्याङ  चढाउदै दुइ तल्ला माथि पश्चिम पट्टिको कोठामा लिएर जानु भयो । हामीहरुको आजको वास यसै कोठामा हुने जानकारी गराए। कोठाको भुइमा प्लाटिकको पुरानो वुटेटदार कारपेटको टुक्राटाक्रि, माटोको धुलोमैलो भएको कोठामा  तिनवटा खटिया माथि विछ्याएको ओछ्यान, एउटा झ्याल, भित्र वाट साङ्लोले वन्द गर्न मिल्ने काठको ढोका रहेछ। साझँको खाना खाएर हाम्रो टिमका तिन जना साथिहरु एउटा कोठामा, विज्ञान कामरेड सहित अन्य व्यक्तिहरु अर्को कोठामा सुत्न गए। 

अलि गर्मी नै भएको हुदा ओड्ने लुगाको त्यति आवश्यकता महशुस गरिएन तर कोठाको धुलो फोहर, ओढ्ने विछ्याउने लुगावाट  गन्ध आइरहे पनि निरन्तर करिव ७्\८ घण्टाको यात्राले थकित र लथ्रान्न परेको शरिर लिएर हामीहरु आ-आफ्नो ओछ्यानमा सुत्नका लागी पल्टि रहदा मछ्रर(लामखुट्टे)हरु आएर टोक्नु शुरु गरिहाले। केहि मेरो कानमा आएर कराउन थाले भन्ने केहि मछ्ररहरु पाखुरा खुट्टा कम्मरमा टोक्न थाले। यसै गरी केहि मछ्ररले क.महान र रामवहादुर महराको शरिरका विभिन्न भागमा तोक्नु शुरु गरेपछि महानले भन्ने- मेरो शरिरमा मछ्ररले टोक्दा टोकेको स्थानमा चिलाउने र घाँउ हुने गर्दछ। मछ्रर धुप ल्याउनु पर्यो ? भनेपछी पल्लोकोठा वाट विज्ञानले यो वजारमा मछ्रर धुप मिलेन भन्ने । फेरि सुत्ने प्रयास गर्दा मछ्ररले आफ्नो कामको पुनरावृति गर्न थाले पछि अर्को होटलमा कोठा  हेरौ भनि रामवहादुर महरा राती करिव ११ वजे वाहिर निस्किएर होटल कोठा  खोज्न जानु भयो। केहि समय पछि फर्किएर वजारका सवै होटल वन्द भइ सके एउटा होटल अर्धखुल्ला छ तर रक्सि खाएका मान्छेहरु एक आपसमा झगडा गरिरहेका छन ? त्यस्तो होटलमा नजाऔ भने । पुनः सुत्ने प्रयास गर्यो तर मछ्ररको टोकाइमा कुनै कमि आएन ।करिव राती १२ वजे होटल अगाडी पट्टि रहेको इलाका प्रहरी कार्यालयको प्रतिक्षालयमा गएर सुत्ने की ? भन्ने सल्लाह भए पछि पुनः प्रतिक्षालयको अवस्था वुझ्न रामवहादुर महरा वाहिर निस्किएर हेर्दा प्रहरी कार्यालयको गेट नै भित्रवाट वन्द रहेको छ।त्यहा जान सकिदैन ? भन्ने पछि मछ्ररको टोकाइ रहित सुत्न खोज्ने हाम्रा सवै प्रयत्न समाप्त भए।

ओछ्यानमा केहिवेर आखाँ झुम्म लागे पछि मछ्ररको पुनःटोकाइ शुरुभयो । मैले हातमा लिएको गम्छाले मछ्रर धपाउने जिउँ कुप्रियर सुत्न खोज्दा सोहि गम्छा ओड्ने, मछ्रर धपाउने  काम निरन्तर रातभरी चलिरह्यो । कोठामा रातभरी वत्ती खुला राख्नु पर्ने भएको हुदा क. महान कुनै वेलावाहिर जाने विडी खाने भित्र आएर खटिया वस्ने गरिरहेको थिए।  का. महरा चाहि कुनै वेला खटिया वस्ने कुनै समय लुगाले पुरै जिउ छोपी सुत्ने प्रयास गर्दा गर्दै विहानको ४ वज्यो। महान र महरा दुवै जना मोनिङ वाकमा जानु भयो । म ओछ्यानमा नै पल्टिरहेको थिए।रात्ति  मछ्रर आतङकका कारण रातीभरी जाग्राम जस्तो गरी वस्नेको पहिलो पटक हो ? भनि महानले भन्ने । तपाइ त तराइवासी थारु भएको हुदा तपाइको शरिर त मछ्रर मैत्री हुन पर्ने ? भनि जिज्ञासा राख्दा महानले मलाई मछ्ररले टोकेमा टोकेको स्थानमा चिलाउने पाक्ने , विरामी पर्ने गरेको छु भन्नु भयो।

देश जनताको मुक्तिका लागी दुरदराजका गाँउवस्तीहरुमा जादा वस्दा चिसो रात विताउनु, हिउँ पानी वर्खा,ओकाली ओराली पैदल हिड्नु ,मछ्रर , उपियाँ, जुम्रा, उडुसले टोक्नु, कति दिन भोक्कै र कति दिन एकछाक खाएर वस्नुपर्ने अवस्था आए  पनि क्रान्तिकारीहरुका लागी यो सामान्य दैनिकी मान्नु पर्छ। सामान्य र सहजरुपमा लिनुपर्छ। हामीमा यो रातको मछ्रर टोकाइको सम्झनाको प्रभाव गहिरो नै परेको छ। यस्ले हामी लाई दुःख कष्ट पिडाको अनुभुति भन्दा पनि पिडामिश्रित रमाइलो यादगर सम्झना  चाहि गरायो।उच्च पहाडी क्षेत्रमा पनि यस्तो प्रकारको मछ्ररको टोक्काइले हामी  अचम्मित पर्यौ।

त्यहाँको पार्टी कमिटीको राम्रो व्यवस्थानका वावजुत यस्तो अवस्था आएको हो ।  पहाडी जिल्ला अछामको कमलवजारका होटलमा यसरी मछ्रर लाग्नसक्छन भन्ने कुरा हामीहरुको कल्पना भन्दा वाहिरको कुरा थियो। कैलाली कञ्चनपुरका जिल्ला र  डडेल्धुरा डोटीका भित्रीमदेश क्षेत्रमा मछ्रर लाग्नु स्वाभाविक भए पनि कमलवजारको होटलमा मछ्रर आतङ्क अस्वाभाविक र वातावरणिय असन्तुलनको दुःष परिणाम थियो।

दोस्रो दिन विहानै क. शिवराज वजगाई  लाई रातीको मछ्रर आतङकको विवरण क. महानले सुनाउदा उहाँ अकमक्क पर्नुभयो। विहानको चिया खाएर हामीहरु कमलवजारको सिरानीमा रहेको उच्चो डाँडोमा पुगेर चारै तिर हेर्दा पुर्वपट्टी कर्नालीको वगर र सुर्खेत जिल्ला, उत्तरपट्टि रामारोशनका डाँडा, दक्षिणपट्टि ढकारीका वस्तीहरु  हेर्न पाइयो। सो डाँडामा एउटा मन्दिर ,  एम.एम.को टावर राखेको रहेछन। विहानको खाना खाएर कार्यक्रम धमला होटलको सभाहलमा  शुरु भयो।सञ्चालन र अध्यक्षता क. विज्ञानले गरे भन्ने मैले .क.महान,क. राम वहादुर महराले पार्टी एकताको आवश्यकता तथा नयाँ कमिटीलाई शुभकामना  मन्तव्य राख्यौ ।क.शिवराज वजगाइले अछाम जिल्ला कमिटीको ११ जनाको प्यानल प्रस्तुत गरेपछि हलवाट पारित भयो। अछाममा विज्ञानको सँयोजकत्वमा एधार सदसिय जिल्ला सँगठन समिति गठन गरीयो। 

असार  ४ गते कमलवजार वाट हाम्रो टिमलाई साथिहरुले विदाइ गरेर फर्किने क्रममा अछामको  मियाँपुरमा रहेको मुस्लिमवस्तीमा मुस्लीम अगुवा केशर मियाँ सँग उहाँकै घरमा भेटभयो।  सुदूरपाश्चिमको पहाडी जिल्लामा एकमात्र मुस्लिमवस्ती कसरी वस्न गर्यो ? भन्ने जिज्ञाशामा  उहाँले यो वस्ती एकहजार वर्ष पुरानो भएको, अहिले यो गाँउमा २८् \३० परिवार वस्छन,गाँउमा एउटा मद्रसा र  मज्जित पनि रहेको वताए।हामीहरु गाइको मासु खादैनौ, वुर्गा पनि लगाउदैनौ वास्रीको मासु खान्छौ।एक हजार वर्ष पहिले सिजा राज्यका राजाकी रानीका लागी चुरा पोते सिन्दुरको व्यापार गर्न हाम्रा पुर्खा आएका थिए।सोहि समय देखि हामीहरु यो खसराज्यमा वस्दै आएको छौँ- उहाँ भन्ने। विवाहवारी के कहाँ गर्नु हुन्छ भनि सोध्दा हामीहरु गाउँमा  विवाह गर्दैनौ नेपालगञ्जमा रहेका मुस्लिम समुदाय सँग विवाह वारी हुन्छ। मेरो दाजुका तिन छोराहरु मध्ये एउटाले थारू (चौधरी)की छोरी,एउटाले के.सी.(क्षेत्री)की छोरी, एउटाले श्रेष्ठ (नेवार)को छोरी सँग विवाह गरेर मेरोघरमा वुहारी भएर वसेकी छन।हाम्रो टिमका रामवहादुर चौधरी लाई इकित गर्दै हजुरको छोरी भए मेरो छोरा सँग विवाह गरौ म हेर्न मान्छे पठाइ दिन्छु भन्दै एकछिन केशर मियाँले हाँसो र रमाइलो गर्नुभयो।

केशर मियाँको परिवार नेपाली समाजमा रहेका विभिन्न जात, जाती धार्मिक समुदायका मान्छेहरु एकआपसमा कसरी अन्तरघुलिन भएका छन भन्ने कुराको जिवन्त उदाहरण हो। यहाँको वस्ती मुस्लिम वस्ती भए पनि भेषभुषा चाहि अरु समुदायको भन्दा खासै फरक देखिएन।  शारिरीक वनाउट, रितिरिवाज, धर्म परम्परा  फरक –फरक भए पनि समाजमा अन्तरधुलिन भएर वसेका छन।असार ३ गते वक्र ईद( उल-अजहा)को दिन मुस्लिमहरुको चाडपर्व भएको हुदा हामीसँग चिनजानकै क्रममा केशर मियाँले आफ्नोघरमा आथित्यता दिदै मिठा प्रकारका मिठाए दिएर स्वागत गरेका थिए।केशरमियाँ सँगको  भेटधाट, कुराकानी भालाकुसली वस्तीका वारे सामान्य जानकारी पछि हिडियो।  सिलगढीमा पुग्दा चन्द्र थापाले हाम्रो टोली लाई खाजा चिया ख्वाएर  डडेल्धुरा पठाए। राती करिव ८वजे डडेल्धुरा पुगेर डडेल्धुरामा नै वास वस्यौ।



२०८१ असार ८ २०:१५ बजे

प्रतिक्रिया