डिग्री माइला फिल्मले दुइ दिनमा ३ करोड भन्दा वढी कमायो

bimbonline बिम्ब अनलाइन
२०८१ वैशाख ३ ०९:५६ बजे

काठमाडौं।पाँच करोडको ओपनिङ लिने अनुमान गरिएको डिग्री माइलाले बक्सअफिसमा आक्रामक व्यापार गरेको छ। सिनेमाले दुई दिनमा ३ करोड ६ लाख कमाइ गरेको छ।

यस्तै तेश्रो दिनेमा समेत सिनेमाले सोच अनुसारको व्यापार गरेको जानकारी वितरक गोविन्द शाहीले दिएका छन्। उनले तेश्रो दिन आइतबारको व्यापारिक रिपोर्ट र दर्शकको प्रतिक्रियाले सिनेमाले वक्सअफिसा राम्रो व्यापार गर्नेमा आफूहरु ढुक्क भएको बताए। 

अन्तिम हिसाब दिउँसो आउँछ तर प्रारम्भिक रिपोर्टअनुसार सिनेमाको तेश्रो दिनको कमाइ ८०-८५ लाख छ शाहीले भने। सिनेमाले रिलिजको पहिलो दिन ९८ लाख र दोश्रो दिन शनिबार २ करोड ८ लाख कमाइ गरेको थियो।  तीन दिनमा सिनेमाको कुल कमाइ ३ करोड ९१ लाख रुपैयाँ पुगेको छ।

सिनेमा मजाले जान्छ दर्शकले सिनेमा मनपराइरहनु भएको छ। ५ गते चैते दशैंमा सिनेमाले अझ राम्रो व्यापार गर्छ। हलहलमा गएर बुझेको दर्शक प्रतिक्रियाले सिनेमाले कमाइ राम्रो गर्ने देखाएको छु , उनले भने। फिल्मको कथावस्तु र कलाकारहरुको अभिनयलाई दर्शकले विशेष रुचाएका छन् । 

रामबाबु गुरुङको निर्देशनमा बनेको फिल्ममा दयाहाङ राई, आँचल शर्मा, बुद्धि तामाङ, विजय बराल, प्रकाश घिमिरे, कमलमणि नेपाल, अनिल सुब्बा, माओत्से गुरुङ लगायतको अभिनय छ । सिनेमाले आफ्नो डिग्रीको अहमताले भरिएको माइला पात्र र ऊप्रति समाजको अपेक्षाको सेरोफेरोको कथा पेस गर्छ। 


२०८१ वैशाख ३ ०९:५६ बजे

प्रतिक्रिया