जनावर र पन्छिले पनि हामी मानिस जस्तै एक अकाले भनेको बुझ्ने गर्छन् । उनीहरु हामी जस्तो बोल्न भने अवश्य सक्दैनन् तर विशेष प्रकारको आवाज निकालेर वा संकेत प्रदान गरेर एक आपसमा कुरा गर्ने गर्छन् ।
हामी मानिसमा पनि सबै कुरा बोलेर वा शब्दको माध्यमबाट मात्र एक अर्कासँग कुराहरु आदान प्रदान हुने गर्दैन । हामी पनि विशेष प्रकारको संकेतको प्रयोग गर्छौं । जस्तै खुसी छौ भने हामी हाँस्ने गर्छौँ । रिसाउँदा भने हाम्रो संकेत अर्कै हुन्छ । त्यसै गरी हामी टाउको हल्लाउने गर्छौं, हात हल्लाउने गर्छौं । यो पनि कुरा आदानप्रदान गर्ने तरिका हो । यसरी नै धेरै जनवारहरु पनि आफ्नो कुराहरु एक अर्कालाई बताउने गर्छन् ।
जब पोथी कुखराले ठूलो स्वरले कराउँछिन् वा पखेटा फिजाउँछिन्, तब उसको चल्लाहरुले खतराको संकेत बुझ्ने गर्छन् । घोडाहरु पनि आफ्नो कुरा भन्नका लागि उफ्रने वा कराउने गर्छन् । यो कुरा अरु घोडाहरुले बुझने गर्छ । कोही जनवारहरुले सानो संकेतको प्रयोग गरेर आफ्नो कुराहरु आदान प्रदान गर्छन् । चराहरुमा पनि विभिन्न तरिकाले कुराहरु हुने गर्छ । जबसम्म एउटा चरा बसिरहेको ठाँउबाट उड्दैन, तबसम्म अरु चराहरु पनि त्यहीँ बस्छन् । तर एउटा चरा उड्ने बित्तिकै अरु चराहरु पनि त्यसैको पछि लाग्ने गर्छन् । यो पनि सांकेतिक कुराकानी हो ।
कुकुरहरु पनि धेरै प्रकारले कुरा आदान प्रदान गर्ने गर्छन् । कहिले काहीँ उनीहरु भुक्छन् त कहिले रुने कराउने पनि गर्छन् । यो कुरा अरु कुकुरहरुले बुझ्ने गर्छन् । खुसी भएको बेला उनीहरु पुच्छर हल्लाउने र यताउता कुद्ने गर्छन् । आवाज र संकेतको माध्यमबाट मात्र उनीहरु कुरा गर्ने गर्दैनन् । गन्धको माध्यमबाट पनि उनीहरु एक अर्कालाई चिन्ने काम गर्छन् । गन्धको प्रयोग भेडा र कुकुरहरुले बढी मात्रामा प्रयोग गर्ने गर्छन् ।
बाँदरहरु पनि मानिसहरुले जस्तो आफ्नो भावनाहरु प्रस्तुत गर्छन् । तर उनीहरु बोल्न भने सक्तैनन् । हामी मानिसहरुले बोल्नका लागि सिक्नु पर्छ तर उनीहरुमा आफैं त्यस्तो कुरा आवाजका माध्यमबाट आदानप्रदान गर्ने क्षमता विकास भएको हुन्छ । चराहरु भने आफँले गाउने तरिका अरुबाट सिक्ने गर्छन् । यदी भंगेरालाई अरु चरासँग राख्यो भने त्यो अरु चरा जस्तो बोल्नु वा गाउनु खोज्छ । सुगा पनि त्यसरी नै मानिस जस्तो बोल्ने प्रयास गर्छ ।
प्रतिक्रिया