कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला गरिएको छ। निकुञ्ज प्रशासनले सोमवारदेखि पर्यटकका लागि शुक्लाफाँटामा जङ्गल सफारी खुला गरेको हो।
वर्षाले बाटो बिग्रिएपछि गत असारमा बन्द भएको निकुञ्ज सफारी यस वर्ष ढिलो गरी खुला गरिएको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले बताए। “वर्षाले ब्रिगेको बाटो र पुल मर्मत् गर्नुपर्ने भएकाले निकुञ्जमा सफारी हुन सकेको थिएन”, उनले भने, “अहिले पनि मर्मत कार्य भइरहेको छ। तोकिएको रुटमा मात्रै सफारी खुला गरिएको हो।” उनका अनुसार अहिले निकुञ्ज सफारीका लागि दुई रुट मात्रै खुला गरिएको छ। अन्य रुटमा मर्मत कार्य चलिरहेकोले पर्यटकले मझगाउँ बठनिया ताल–बाबा ताल दुधिया क्याम्प रानी ताल हुदै सिंहपुरसम्म पुगि सोही रुटबाट फिर्ता हुनुपर्ने छ। त्यसैगरी मझगाउँ पलियाफाँटा–हात्तिसार चोक बर्कोला पोष्टसम्म पुगि सोही रुटबाट फिर्ता हुने गरी निकुञ्ज सफारी खुला गरिएको निकुञ्ज प्रशासनले जनाएको छ।
प्रतिक्रिया