एशियाली हात्तीहरू रोएर आफ्ना मृत बच्चालाई गाड्छन्

bimbonline बिम्ब अनलाइन
२०८० चैत्र २२ १५:१६ बजे

एसियाली हात्तीहरूले आफ्ना बच्चाहरूको मृत्युमा रोएर शोक गर्छन् र त्यसपछि मृत शरीरलाई गाड्छन्। भारतीय वैज्ञानिकहरुले आफ्नो अनुसन्धानका आधारमा यो कुरा बताएका हुन् । हात्तीहरुमा मृतकको  अन्त्येष्टि गर्ने संस्कार मानिससँग धेरै मिल्दोजुल्दो हुने गर्छ ।अनुसन्धानकर्ताहरुले २०२२ देखि २०२३ का बीचमा कम्तिमा पनि कम-से-कम हात्तीका बच्चाहरुको पाँच चिहान फेला पारेका छन् । ती चिहानहरुमा मरेका बच्चा हात्तीलाई तिनका माउहरुले गाडेका थिए । ती सबै चिहानहरु भारतको बंगालमा फेला परेका हुन् । उक्त अनुसन्धान रिपोर्ट  यसै हप्ता प्रकाशित जर्नल ऑफ थ्रेटेंड टाक्सा मा छापिएको छ ।  

यी सबै घटनाक्रमहरुमा माउ हात्तीले आफ्ना मृत बच्चाको लाशलाई आफ्नो सुँड र खुट्टाको मद्दतले अर्को ठाउँमा लगेको र त्यहाँ खाडल खनेर गाड्ने गरेको पाइएको छ । उनीहरुले त्यसरी लाश गाड्दा खुट्टा मास्तिर हुने गरी गाड्ने गरेको पाइएको छ ।उक्त अनुसन्धान रिपोर्टमा भनिएको छ,  हात्तीहरुलाई निगरानी गरिएका अवसरहरू, डिजिटल फोटोग्राफी, फिल्डनोट र पोस्टमार्टम रिपोर्टहरू हेरेपछि हामी भन्न सक्छौं कि बच्चाको मृत्युको कारण जेसुकै रहोस शवहरू असामान्य तरिकाले गाडिएको थियो।

बच्चाको लाशमा रुनु–चिच्याउनु-अनुसन्धानकर्ताहरुले लेखेका छन् कि एक पटक त  हात्तीहरू गाडिएको बच्चा नजिकै चर्को आवाज निकाल्दै रोएको पनि देखियो। अनुसन्धानबाट यो कुरा पनि खुलेको छ कि उनीहरुले मृत बच्चाहरूलाई मात्र त्यसरी गाड्नका लागि लैजान्छ। ठूला र गह्रुँगो बोकेर लैजानका लागि सम्भव नहुने भएकोले हात्तीले त्यसरी बच्चाको लाशलाई मात्र लैजाने गरेको हुन सक्छ ।

अनुसन्धानकर्ताहरु परवीन कासवान र आकाशदीप रोयले हात्तीका पाँच बच्चाको मृत्युमा मानवीय हस्तक्षेप भएको कुनै प्रमाण नदेखेको बताउँछन्।  जुन स्थानमा ती बच्चा हात्तीका लाशहरु गाडिएका थिए, ती ठाउँका माटोमा १५–२० हात्तीको खुट्टाको छाप प्रष्ट देखिन्थ्यो । साथै, चिहानको माटोमा पनि हात्तीको खुट्टाको छाप भेटिएको छ ।

त्यसरी गाडिएका हात्तीको उमेर तीन महिनादेखि एक वर्षसम्म थियो । तिनीहरु सबैको मृत्यु अंगहरुले काम गर्न नसकेर भएको थियो ।  हात्तीले आफ्ना मृत बच्चाको लाश मानव बस्तीबाट सयौं मिटर टाढा चिया बगानमा सिँचाईका लागि बनाइएका नहर नजिक गाडेका थिए।


२०८० चैत्र २२ १५:१६ बजे

प्रतिक्रिया