३४ करोडको पाउडर दुध आयात

३४ करोडको पाउडर दुध आयात

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ५ १४:१७ बजे
पाउडर दुध आयात

 काठमाडौं ।   नेपाल बृषी प्रधान देश  भए पनि नेपालले  ठुलो रकम  बराबरको   खाद्य सामाग्री आयात  गर्दै आएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालमा ३४ करोड ८१ लाख रुपैयाँको पाउडर दुध  मात्रै आयात भएको छ । वर्षभरिमा उक्त मूल्य बराबरको पाउडर दुध आयात भएको   भन्सार विभागका जनाएको छ ।  

७ लाख ४५ हजार किलोग्राम दुध आयात हुँदा २० करोड ३८ लाख रुपैयाँ राजश्व संकलन गरीएको छ । गत वर्ष विश्वका १३ वटा देशबाट पाउडर दुध आयात हुने गरेको थियो । जसमध्ये, भारतबाट सबैभन्दा धेरै ३३ करोड ९६ लाख बराबरको ७ लाख ३४ हजार किलो पाउडर दुध आयात भएको छ ।

यसैगरी, न्यूजील्याण्डका २६ लाख रुपैयाँको दुध आयात हुँदा संयुक्त अरब इमिरेट्सबाट ४१ लाखको दुध आयात भएको छ । यसैगरी, अमेरिकाबाट १३ लाख रुपैयाँको दुध आयात भएको विभागले जनाएको छ ।

२०७९ भदौ ५ १४:१७ बजे

प्रतिक्रिया