पिपुल्स पावरको आईपीओमा भर्ने आज अन्तिम दिन

पिपुल्स पावरको आईपीओमा भर्ने आज अन्तिम दिन

bimbonline बिम्ब अनलाइन
२०७९ भदौ ५ १०:५० बजे
पिपुल्स पावर

 काठमाडौं ।  पिपुल्स पावर लिमिटेडले साउन ३१ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेका आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता शेयर निष्काशन गरेको हो । सोमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ । 

सर्वसाधारणले बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

२०७९ भदौ ५ १०:५० बजे

प्रतिक्रिया