भेडापालनलाई प्रोत्साहन गराउन जुम्लाका एक सय ४३ किसानलाई गोठालो भत्ता

भेडापालनलाई प्रोत्साहन गराउन जुम्लाका एक सय ४३ किसानलाई गोठालो भत्ता

bimbonline बिम्ब अनलाइन
२०७९ साउन १ १७:३९ बजे
भेडापालन

काठमाडौं ।  जुम्लाका एक सय ४३ जना किसानले गोठालो भत्ता  वितरण गरीएको छ । जुम्लाको पशु अस्पताल तथा पशु सेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा दुई सय ६५ किसानले निवेदन दिएका थिए । निवेदन परेका कृषकको अनुगमन गरीएको  थियो  ।

पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख गोविन्दबहादुर महतका अनुसार  स्थलगत रिपोर्ट र मूल्याङ्कनपछि मात्र एक सय ४३ जनाले गोठालो भत्ता वितरण गरीएको हो ।  सरकारले जुम्लामा भेडाको उत्पादन बढाउन यस्तो ब्यवस्था  ल्याएको उनले बताएका छन् ।  एक वर्षभरि भेडा हेर्न जाँदा आवश्यक सामान किन्न केही सहज होस् भन्न उनीहरूलाई प्रोत्साहनस्वरुप गोठालो भत्ता दिने गरिएको छ उनले बताएका छन् ।

५० देखि माथि भेडा पाल्ने किसानलाई मासिक एक हजार पाँच सयका दरले वार्षिक १८ हजार रुपैयाँ भत्ता दिइएको हो। यो कर्णाली प्रदेश सरकारले भेडाको उत्पादन बढाउन लागू गरेको नियमित कार्यक्रम हो ।

रकम सम्बन्धित किसानको बैंक खातामै जम्मा गरिएको छ । यो कार्यक्रमले किसानको रुचि भेडा पालनतर्फ बढ्ने अपेक्षा गरिएको छ । पशु अस्पताल तथा पशु सेवा कार्यालयमा दुई सय ८४ किसानले आफ्नो फार्म सूचीकृत गराएका छन् । कर्णाली सरकारले गोठालो भत्ता तथा यस अन्तर्गतका अन्य कार्यक्रमका लागि साबिक कर्णालीका पाँच जिल्लामा ७२ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

२०७९ साउन १ १७:३९ बजे

प्रतिक्रिया