पोखरामा पुष्प मेला हुने

bimbonline बिम्ब अनलाइन
२०८० कात्तिक १५ ०८:१० बजे

काठमाण्डौ । पोखरामा ‘सातौँ गोदावरी पुष्प प्रदर्शनी तथा चौथो गण्डकी प्रादेशिक पुष्प मेला–२०८०’ हुने भएको छ । फ्लोरीकल्चर एसोेसिएसन नेपाल जिल्ला समिति कास्कीले गर्ने मेला पर्सि १७ गतेदेखि २० गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन हुनेछ ।

पुष्प व्यवसायको विस्तार तथा बजार प्रवर्द्धन गर्ने उद्देश्यले मेला गर्न लागिएको फ्लोरीकल्चर एसोसियसन नेपाल जिल्ला समिति कास्कीका अध्यक्ष डिलबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार मेलामा फूलका २०, कृषिका तीन र सूचनामूलक एक गरी २४ प्रदर्शनीकक्ष रहनेछन् । 

ललितपुरको जावलाखेलमा भने हिजोदेखि पुष्प मेला भइरहेको छ । आउँदो शनिवारसम्म चल्ने मेलामा ४० हजारभन्दा बढीले प्रत्यक्ष अवलोकन र एक करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले बताउनु भएको छ ।


२०८० कात्तिक १५ ०८:१० बजे

प्रतिक्रिया