१ करोड २२ लाख कन्डम दुई महिनामा आयात

bimbonline बिम्ब अनलाइन
२०८० कात्तिक ८ १३:१२ बजे

काठमाडौं । चालु आर्थिक वर्ष २०८० र ०८१ को दुई महिना (साउन र भदौमा) १ करोडभन्दा बढी कन्डम आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार दुई महिनामा १ करोड २२ लाख १०५ थान कन्डम आयात भएको हो ।सरकारले यो आयातबाट ६ करोड २१ लाख २९ हजार रुपैयाँ बराबरको राजस्व प्राप्त गरेको छ ।

गत एक वर्ष अर्थात् आर्थिक वर्ष २०७९ र ०८० मा ३ करोड ६५ लाख ९९ हजार २९० थान कन्डम आयात भएको थियो । गत वर्ष २१ करोड २८ लाख रुपैयाँ बराबरको कन्डम आयात भएको थियो ।गत वर्ष साढे ३ करोडभन्दा बढी थान कन्डम आयात हुँदा यस वर्षको पहिलो दुई महिनामै एक करोड २२ लाख थान कन्डम आयात भएको छ ।



२०८० कात्तिक ८ १३:१२ बजे

प्रतिक्रिया