चीन र रुस सहभागी नहुने जी २० शिखर सम्मेलनको चर्चा

शिखर सम्मेलनमा अमेरिकी राष्टूपति जो बाइडेन सहभागी हुने भए पनि रुस र चीन सहभागी नहुने स्थितिले यो सम्मेलनमा बिश्व बिभाजित भएको त प्रष्टै देखियो नै । त्यसैले यो केवल एउटा औपचारिक भेला र बिश्व मेला जस्तो मात्र भएर सकिने स्थिति छ

bimbonline लोकनारायण सुवेदी
२०८० भदौ २३ १४:१९ बजे

काठमाण्डौ।अन्तरष्टिूय राजनीति बुझ्नका लागि अन्तर्राष्टिूय आर्थिक प्रणाली बुझ्रन आवश्यक हुन्छ । आजभन्दा झण्डै पाँच दशक जति पहिला बिश्व संस्था संयुक्त राष्टू संघ महासभाले एउटा नयाँ अन्तर्राष्टिूय आर्थिक ब्यवस्था कायम गर्नु पर्न कुरा उठाएको थियो । त्यस पछिका बर्षहरुमा बिश्वको राजनीतिमा अभूतपूर्ब परिवर्तन हुँदै आयो । खासगरी सबैभन्दा महत्वपूर्ण कुरा के भने चीनको अन्तर्राष्टिूय स्थितिमा ठूलो अभिबृध्दि हुन पुग्यो । चीनमा माओको देहाबसान पछि १९७८ मा तेङको नेतृत्वमा चीनको सरकारले द ग्रेट सर्कुलेशन नामको एउटा नीति लिएर अघि बढ्यो । त्यस नीतिमा चीनको अर्थब्यवस्थालाई  निर्यात  आधारित बनाउने मूख्य कुरा रहेको थियो । 

त्यसको के मान्यता थियो भने चीनलाई पूर्णरुपले समाजबादी देश बनाउनका लागि पहिला चीनको अर्थ ब्यवस्था सबल हुन जरुरी छ । यसको शुरुवात त्यतिबेला मात्र हुन सक्तछ जतिबेला चीनको बन्द आर्थिक ब्यवस्थाको ढोका सारा संसारका निम्ति खोलिन्छ । चीनको त्यो निति निकै हदसम्म प्रभावकारी हुन पुग्यो र बर्तमानमा चीन बिश्वको सबैभन्दा ठूलो निर्यातक देश बन्यो । यसरी चीनले अहिले बिश्वका प्रायः हरेक देशमा सामान बेच्दछ । त्यसै निर्यातका कारण चीनसँग अहिले अत्यन्तै ठूलो बिदेशी मुद्राको भण्डार पनि कायम रहेको छ । जसले चीनको बिकासमा पनि निकै ठूलो योगदान दिएको छ ।  बिदेशी लगानी अधिकतम बढाउनका लागि चीनले आर्थिक नीति बनायो जसबाट निर्यात आयको मूख्य श्रोत बन्न गयो । त्यसैको प्रतिबिम्ब चीनको वान बेल्ट वन रोड अर्थात बीआरआई जस्तो बृहत परियोजना हो भन्ने आज बिश्वभरी नै मानिदैछ ।

चीनले यो परियोजनाको शुरुवात २०१३ मा गरेको थियो । यो परियोजना चीनको बिदेश नीतिको पनि अंग हो भन्ने कुरा प्रष्ट नै छ । यस परियोजनामा एशिया, अफ्रिका र यूरोपका कतिपय ठूला देशहरु पनि सामेल भएका छन् । चीनको यस परियोजनाको उदेश्य दक्षिण पूर्ब एशिया, मध्य एशिया, खाडी देश र अफ्रिका र यूरोपका बिभिन्न देशहहरु लाइ सडक र सामुद्रिक बाटोसँग जोड्नु हो । यसले बिश्वका ६० भन्दा बढी देश सडक, रेल र सामुन्द्रिक बाटोको सञ्जालबाट जोडिन पुग्ने छन् । चीनका अनुसार यस बिशाल परियोजनाले बिश्वका भिन्ना भिन्नै देशहरुलाई एक अर्काको नजिक ल्याउने र एक सुत्रमा बाँध्ने काम गर्ने छ ।

जसबाट आर्थिक सहयोगका साथै परस्पर सम्पर्क बढाउन पनि मद्दत पुग्दछ । बिश्वमा चीनको बढ्दो शक्तिलाई जुन देशहरुले चूनौती दिइरहेका छन् त्यसमा अमेरिका, जापान, अष्टूेलिया र यूरोपेली संघ सामेल छन् । भारत पनि ती देशहरुको अहं सहयोगी रहँने गर्दै आएको छ । यस प्रकार भारत अहिलेसम्म चीनको यो परियोजनाको मुखर बिरोधी रहँदै आएको छ । शंघाई सहयोग संगठनको बर्तमान अध्यक्षाता भारतको रहेको छ । उसले शंघाई सहयोग संगठन  एससीओको बैठकमा पनि यो परियोजनाको आलोचना गरिसकेको छ । यसै परिप्रेक्षमा भारतको तत्वाबधानमा हुन लागेको बर्तमान जी २० को आयोजनाको अहिले निकै चर्चा चलिरहेको छ । यसमा बिश्वका धेरै महत्वपूर्ण देशहरु छन् । तिनमा अमेरिका, चीन, भारत, अर्जेण्टिना, अष्टूेलिया, ब्राजिल, क्यानाडा, फ्रान्स, जर्मनी, इण्डोनेशिया, इटली, जापान, दक्षिणा कोरिया, दक्षिण अफ्रिका, तुर्की, बृटेन र यूरोपेली संघका देशहरु सामेल छन् । 

बिश्वका यी देशका राजनियिक र कारोबारीहरु भारत जाँदा भारतको बिश्व छबिमा केहि बृध्दि र भारतको ब्यापारिक गतिबिधिमा पनि अबश्य केही फाइदा पुग्ने छ ।जी २० का प्राथमिकताहरुको कुरा गर्दा समावेशी, न्यायसंगत र शतत बिकास, पर्यावरणका लागि जीवन शैली, महिला सशक्तिकरण, स्वास्थ्य, कृषि र शिक्षादेखि लिएर बाणियज्यसम्मका बिबिध क्षेत्रहरुमा डिजिटल सार्बजनिक संरचना तथा प्रबिधि सक्षाम बिकास, सँस्कृति र पर्यटन, जलवायु, बैश्विक खाद्य सुरक्षा, उर्जा सुरक्षा जस्ता अनेक बिषयहरुमा ब्यापक सहमति बनाएर जन कल्याण र सामाजिक सरोकारका अनेक कार्यहरु रहेका छन् । बिश्वस्तरमा यी बिषयहरुमा सहमति बनाउन सक्दा यसको फाइदा समुच्चै मानब जातिका लागि हुनसक्छ । तर नयाँ अन्तर्राष्टिूय आर्थिक ब्यवस्था बिकासशील देशहरु आर्थिक उपनिवेश वा पर निर्भरतालाइ एउटा नयाँ परस्पर निर्भर अर्थब्यवस्थाको माध्यमले समाप्त पारिनु पर्ने पक्षको एउटा समूह छ । चीन पनि बिश्वलाई नयाँ शोच र गतिशीलताका साथ यस दिशामा अघि बढाउन उद्यत छ । यस सम्वन्धमा चीनको प्रयास  देखिन्छ कि उसले ब्रिक्स र शंघाई सहयोग संगठन जस्ता मञ्चहरुलाई सबल बनाएर अघि बढाउन बढी अग्रसर देखिएको छ र त्यसमा सफल पनि हुँदै गएको छ । यस क्रममा चीन चिनीयाँ मुदा यूआनलाई अन्तर्राष्टिूय ब्यापाार र लगानीका लागी बढावा र प्रोत्साहन दिन चाहन्छ । तर यस पटकको जी २० को दिल्ली शिखर सम्मेलनमा अमेरिकी राष्टूपति जो बाइडेन सहभागी हुने भए पनि  रुस चीन  सहभागी नहुने स्थितिले यो सम्मेलनमा बिश्व बिभाजित भएको त प्रष्टै देखियो नै ।  जी २० शिखर सम्मेलनले कुनै साझा र संयुक्त प्रेस बिज्ञप्ति पनि निकाल्न सक्ने देखिदैन । त्यसैले यो केवल एउटा औपचारिक भेला र बिश्व मेला जस्तो मात्र भएर सकिने स्थिति छ। 


२०८० भदौ २३ १४:१९ बजे

प्रतिक्रिया