परीक्षा - कविता

bimbonline नरेन्द्र देवकोटा "प्रशान्त"
२०८० साउन ११ ०९:२५ बजे
नेपालगन्ज                    
गर्भैदेखि परिक्षामा सफल हुँदै आएको छु
जन्मेपछिपनि बिबिध प्रतिकुल अवस्थामा
दिएका परिक्षाहरुमा सफल हुँदै आएको छु
जिन्दगीका अनेकन कठिन मोडहरुमा पनि
मेरा परिक्षाहरु भइरहे, मैले परिक्षा दिइरहेँ ।

परीक्षा असफल बनाउने ठाउँ खोज्दै थिए
तर पनि बेला बेलाका परिक्षामा कहिँ चुकिन
परीक्षा एक ठाउँ, एकताका मात्रै थिएनन्
परिक्षाका अनेक क्षेत्र थिए अनेक बिधा थिए ।

स्कुल कलेज विश्वबिध्यालयका मात्र होईननन्
हाम्रा बस्ति समाजले लिने परिक्षामा पनि चुकिन
पेशा समाजसेवा जुनसुकै क्षेत्र र बिधाका परीक्षा
जहिले सहज रुपमा दिदै सफल हुँदै आएको छु
साँच्चै परिक्षासँगै जन्मे हुर्के खेले बढेँ रमाएपनि ।

अहिलेपनि परिक्षामा छु, धेरैले परीक्षा लिदैछन्
आउने दिनकापनि परिक्षाका तालिका आईरहेछन्
म तिनै एकपछि अरु आउने परिक्षाको तयारीमा छु
हिउँमा जन्मे हुर्के खेलेकोलाई हिउँको कुनै डर हुँदैन।

हिमालमा जन्मेकोलाई हिमाल चढ्नुमा मात्रै होइन
कसरी कहिले कतिबेला हिमाल चढ्दा सफल हुने हो
त्यसको बिस्तृत इतिबृति ज्ञान भए काफी पुग्छ 
परिक्षासँगै जन्मे हुर्केकालाई परिक्षासँग डर छैन ।

बरु परीक्षा लिनेले परिक्षाको अवसर नदिएर पिर छ
परिक्षा भनेको अप्ठ्यारो प्रश्न सोध्ने मात्र होइन
बिभिन्न काम जिम्मेवारी अवसर पनि दिनुपर्छ
उसले अनेक चुनौति पार लगाउने उपाए सिक्छ
त्यो उपाय सीप क्षमता सबैका लागि उपयोगी हुन्छ।

यसैले म परिक्षार्थि हुँ, मेरो परीक्षा लिइरहनुपर्छ
म एक प्रयोगशाला हुँ मेरो परिक्षण गरिरहनुपर्छ 
मेरो परीक्षा लिएकोमा म कहिँ हिच्किचाउनु हुँदैन
मेरो परिक्षण गर्दा म कहिले बिचलित हुनु हुँदैन ।

२०८० साउन ११ ०९:२५ बजे

प्रतिक्रिया