संंम्झनामा त्यो कालो दुई दिन

bimbonline देव कुमार मोक्ताङग
२०८३ भदौ २४ १४:४३ बजे

काठमाण्डौ।बिर्सुँ भन्दा पनि बिर्सन नसकिने पोहोर सालको भदौ २३ र २४ को तथाकथित जेन्जीको नाममा विदेशी शक्तिको आडमा विदेशीका पाल्तुहरुको अगुवाईमा आततायीहरुबाट भएको त्यो एउटा गौरवशाली ईतिहास बोकेको सार्वभौम मुलुकमाथिको त्रासदीपूर्ण र विध्वंसकारी आक्रमण, जसमा राज्यका तीनवटै अङ्गका भवनहरु जलाइयो, राज्यका सुरक्षा निकायहरुलाई कब्जामा लिइयो, ऐतिहासिक दस्तावेजहरु जलाइयो, घुसपैठी पाल्तुहरुले नै हतियार चलाई सडकमा आएका बालक र युवाहरुलाई गोली हानी मारियो, व्यक्तिका घर सम्पत्तिहरु जलाइयो, पसलहरु लुटियो, पैसा लुटियो, केही शीर्ष नेताहरु कुटिए, अदालतको दराजमा भएको सहकारी ठगको फाइलहरु छानीछानी जलाइयो, अपराधीहरु विजय जुलुसका साथ जेलबाट फुलमाला र अविर दलेर निस्किए।

कलाकार, पत्रकार, समाजसेवी भनिएका विदेशीका दासहरु आक्रमणकारीका मतियार भए, विदेशी शक्तिबाट परिचालित संगठनका अगुवाहरुको गोप्य बैठकहरु भइरहे, तिनले घटनाक्रमलाई निर्देशित गरिरहे, घटनाको सबै दोष तत्कालीन सरकारको टाउकोमा राखियो, सरकारका मन्त्रीहरुलाई दबाब दिई उध्द्वारको नाममा कैदी बनाइयो, सेनाको पहलमा कठपुतली अन्तरिम सरकार बनाइयो, त्यसमा विनासमा योगदान दिएकाहरुलाई प्राथमिकता दिइयो, नियन्त्रित निर्वाचन गराइयो, विदेशी शक्तिको अनुकूलको  परिणाम आयो र वर्तमान डिपफेक सरकार बन्यो  ।विनासको जगमा बनाइएको सरकारले आज अनेकौ् रबैया गरिरहेको छ ।

पहिले सुकुम्बासीहरुलाई ठेगान लगायो । त्यसपछि भारतको भूमि मिचेको अभिव्यक्ति आयो । शिक्षा, स्वस्थ्य र विद्युतमा कर लगायो । ढाड खुस्किनेगरी विदेशी ऋण लियो । कर्मचारीलाई तलब बढायो । जनतालाई महंगी र अभाव बाँढ्यो । फेक मिडिया चलायो । भ्रषटाचार विरोधी र सुशासनको नारा दिएर आफैं भ्रष्टाचार, अनियमितता र अपारदर्शितामा लिप्त छ ।  जनताको आवाज सुन्दैन । विरोध गर्नेलाई गाली गलौज र धरपकड गर्छ । संसदप्रति जवाफदेशी छैन । सत्ताधारी केटाकेटी  सांसदहरु देशको चिन्तन भन्दा फेशनबाजी र रमाइलो गर्दै र स्टन्टबाजी गर्दै समय बिताइरहेका छन् ।

भरखरको भदौ १० को बिनासकारी बाढीको संकटको घडीमा समेत उध्द्वारको उचित प्रबन्ध नगरी राज्यका सबै साधन कब्जा गरी सरकारले बाढीमा फसेकाहरुको ज्यान बचाएन ।  विदेशी र नेपाली विज्ञको सहयोग लिएन । सेना र प्रहरी उध्द्वारमा लाग्नु त नियमित र सामान्य प्रक्रिया हो विपतमा । तर तिनलाई साधन छैन । सबै साधन र स्रोत टिओबीका मान्छेहरुको हातमा छन् । आफु केही नगरी सरकार विपक्षी दलहरुलाई दोष दिन्छ । सदरमुकाममा थुप्रिएको राहत गाउँमा पुग्दैन । पीडित जनता झन पीडामा छन्, बाढीग्रस्त क्षेत्रको पुनर्निर्माण अनिश्चित छ । 

हामीले आज जे जति भोगिरहेका छौं, त्यसको मूल कारक पोहोर भदौ २३ र २४ को कालो दुई दिनको घटना हो । अझै धेरै भोग्न बाँकी छ । किनकि देशमा दिमाग, आँखा, कान र मुख भएको सरकार छैन । 




२०८३ भदौ २४ १४:४३ बजे

प्रतिक्रिया