संश्मरणात्मक लेख इतिहासको पानाबाट

नेतृत्व रहरले जन्मने, हुर्कने र सक्षम बन्ने कुरा होइन् रहेछ । यो इतिहासको अपरिहार्यता, वर्गसङ्घर्षको नियम, अन्तरसङघर्षको उपज र क्रान्तिको आवश्यकताले जन्मने विकास हुने र टिक्ने कुरा रहेछ

bimbonline हुकुम वहादुर सिँह
२०८० साउन १० १४:४४ बजे

काठमाण्डौ। वि.स .२०३५ र ०३६ को आन्दोलनबारे त्यस आन्दोलनका अग्रणाी विद्यार्थी नेताहरुमध्ये बलबहादुर के. सी. र टंक कार्कीका लेखहरू केही समय अघि सेतोपाटी डट कममा पढेपछि त्यसले अझ बढी पूर्णता पावोस र स्पष्टता होस भन्ने उद्येश्यले त्यसवारे केही थप अनुभूति राख्ने प्रयास यस लेखमार्फत गरिएको छ । त्यो आन्दोलनका सहयोगी तत्कालिन माले विद्यार्थी नेता टंक कार्कीजीले उहाँको लेखमा यस लेखका लेखकको  नाम चौमको तर्फबाट संलग्न नेताको  रूपले उल्लेख गरेको कारणले पनि त्यसवारे थप स्पष्ट होस र खासगरी २०३५र०३६को ऐतिहासिक आन्दोलनपछि जन्मेका र २०६२ र ०६३को आन्दोलनका लाखौ युवाहरूलाई यसवाट फाइदा पुग्न मद्त गर्ने छ भन्ने आशाका साथ  यो संश्मरणात्मक लेखको पछाडिको उद्येश्य हो ।  नेतृत्व रहरले जन्मने, हुर्कने र सक्षम बन्ने कुरा होइन् रहेछ । यो इतिहासको अपरिहार्यता, वर्गसङ्घर्षको नियम, अन्तरसङघर्षको उपज र क्रान्तिको आवश्यकताले जन्मने विकास हुने र टिक्ने कुरा रहेछ । यो अनुभूती यस लेखका लेखकलार्ई २०३५र०३६को आन्दोलनको दौरानमा भएको थियो, जो अहिले पनि सत्य हो । भविश्यको लागि पनि सत्य नै ठहर्नेछ । 

टंक कार्कीजीले लेखेका लेखवारे केही तत्थ्यगत जानकारीहरु थप्नु आवश्यक ठानेर यो लेखिएको हो, जसले उहाँको भनाईलाई अझ थप सपष्टता र त्यसलाई पूर्णता दिन मद्त गर्ने छ भने बलबहादुरजीको लेख जो कम्युनिस्टप्रतिको उहाँमा विद्यमान पूर्वाग्राहीका रूपमा प्रस्तुती भएको अनुभूति हुन्छ । यो सही हो त्यसवेला नेपाली काँग्रेस र कम्युनिस्टहरूका बीचमा अघोषित कहिलेकाही त घोषित वर्गसंघर्षको रूप पनि लिन्थ्यो । चौथोमहाधिवेशन(चौम)भित्र मोहविक्रम सिंहको स्कुलिंगले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाललाई समेत उहाँले निरङकुस पञ्चायती व्यवस्थाका विरुद्ध नेपाली काँग्रेस र कम्युनिस्टहरूका बीचमा कार्यगत एकताका कुरा गर्दा उहाँलाई नेपाली काँग्रेसको पिछलग्गु(पुच्छर) र गददार समेत भन्ने गर्दथ्यो । त्यसैले पुष्पलाल समूह र चौमबीचमा एकले अर्कोलाई शत्रुजस्तै  व्यवहार गर्दथे र अर्धाखांची जिल्लामा त यो अलि पेचिलो थियो । चौमका कार्यकर्ता र पुष्पलाल समूहका कार्यकर्ताबीचमा जिल्ला जिल्लामा हानाहान र संघर्ष पनि हुन्थे भने नेपाली काँग्रेस दलाल पुँजीपति वर्गको पार्टी भनेर वर्गीय शत्रुमा नै किटान गरिएकोले त्यो संगको कार्यगत एकता त सोंच्ने पनि कुरा थिएन् झन तत्कालिन माले त आफूलाई मात्रै क्रान्तिकारी सम्झने बाँकी सबै दक्षिणपन्थी संशोधनवादी भन्नेको के कुरा । तै पनि २०३५ र ०३६को आन्दोलनमा काठमान्डौमा आन्दोलनलाई अगाडि लैजान माले र चौमबीचका सहकार्य गरिएको थियो र त्यसको राजतन्त्र विरुद्धको आन्दोलनमा एउटा ऐतिहासिक महत्व रहेको छ ।

तत्कालिन माले जसको विद्यार्थी नेता टंककार्कीलाई पार्टीले वैधानिक कार्यका लागि खटाएको र पार्टीको तर्फबाट चौम समर्थक युवा विद्यार्थीका लागि संयोजन गर्ने जिम्मा काठमाण्डौमा यो लेखका लेखकलाई दिइएको थियो,। निर्मललामा उपत्यका विशेष व्यूरोको इन्चार्ज हुनुहुनथ्यो र लेखक त्यही व्यूरोको एउटा युवा सदस्य थिए । पार्टीले वामपन्थी विद्यार्थीहरूबीचमा कार्यगत एकतागर्ने निर्णय गरे वमोजिम त्यसवेलाको एउटा सशक्त कम्युनिस्ट पार्टी चौम र मालेबीचमा गरिएको कार्यगत एकता अनुसार चौमको तर्फबाट लेखक स्वयम् र मालेबाट टंकजीको बीचमा गरिने गोप्य भेटघाट र छलफलमा कार्यक्रम गरिन्थ्यो तर आन्दोलनको सुरू सुरूमा कार्यक्रममा सधै मालेको उपस्थिति नगन्य रहन्थ्यो र चौमको नै बाहुल्यता रहन्थ्यो, खासगरी भक्तपुर र ठीमीको पार्टी किसानको सहभागिता काफी रहनथ्यो  । मालेभित्र जनवर्गीय संगठको आवश्यकतालाई संशोधनवादको रूपमा लिने र सबै वैधानिक आन्दोलनलाई पनि नकार्ने सोच बलियो हुँदै आएकोले विद्यार्थी आन्दोलनमा यसको असर स्पष्ट देखिन्थ्यो । 

यसवारे टंकजीले उहाँको लेखमा घेरै कुरा उल्लेख गरी सक्नुभएको छ । त्यसवेला लेखक चौमको विद्यार्थी संगठनको उपत्यका इन्चार्ज थिए । पाकिस्तानका भूतपुर्व राष्ट्रपति जुल्फीकर अलि भुट्टोलाई २०३५ चैत्र २१ गते फासि दिइएको थियो  र २०३६को जनमत संग्रह घोषणाका लागि राजालाई वाध्य पार्ने काम त्यसवेला कम्युनिस्ट विद्यार्थीको नै महत्वपूर्ण भूमिका थियो  भन्ने वारे त बलबहादुरजीको लेखमा ने उहाँले नकारात्मक रूपले स्विकार गर्नु भएको छ । यो सही हो कि आन्दोलनको सुरूमा नेविसंघका नेता बलबहादुर के.सी. नेकपा(माक्र्सवादी)का शरणविक्रम मल्ल र विद्यार्थी फेडरेशनका कैलास कार्की त्यस आन्दोलनका अग्रणी  देखिन्थे । जब उनीहरूले सरकारसंग आन्दोलनलाई बीचैमा सम्झौता गरेर धोका दिए, चौम र माले विद्यार्थीले त्यसलाई राजतन्त्र विरोधी आन्दोलनमा लैजाने उद्येश्यका साथ आन्दोलनलाई अगाडि बढाउने निर्णय वमोजिम बलबहादुरजीले भनेझै जेठ ६को समझौता धोका हो भन्दै आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय बमोजिम जेठ ७ र  ८ गते आन्दोलनले उच्चता लिंदै गयो परिणाम जेठ ९ को घटना भएको हो जसवारे टंकजी र बलबहादुरजीले लेखेको लेखमा यो लेखककोे पनि सहमति छ । 

चौम समर्थीत विदार्थीका तर्फबाट  आन्दोलनमा बालकृष्ण पौडयाल र तारा न्यौपाने र, मालेका तर्फबाट बलराम समालआदिको भाषणले आन्दोलनमा उर्जा दिने काम गर्दथ्यो । चैत्र २२ गतेबाट सुुरू भएको आन्दोलनमा मालेको सहभागिता क्रमस यसरी सशक्त रुपले बढदै गयो कि चौमवालाहरूको सुरूदेखिको संख्यात्मक सहभागितामा खासै थपघट भएन तर मालेको सहभागिताले उच्चता लियो र परिणाम जेठ ९ गतेको उत्कर्षको आन्दोलनमा चौमवालाहरूको सक्रिय उपस्थिति त थियो तर पनि गोरखापत्र र शानेवानीमाथिको आक्रमण र आगोलागिमा चौमवालाहरूका प्रत्यक्ष भूमिका थिएन । मालेका कार्यकर्ता बढता सशक्त रूपले लागेका थिए । त्यसवेला लेखक आन्दोलनको जो पिपलबोट वारीपरी न्युरोडमा  केन्द्रीत थियो सक्रिय उपस्थिति थियो र लेखकनै अचम्म पर्ने गरी ती घटना भएका थिए र  यो सबै कसरी सम्भव हुन गयो ? किनभने यो त घोषित योजनामा थिएन । तर जनता यसरी अगाडि आएका थिएकि गोरखापत्र र शानेवानीमाथिको आक्रमण र आगोलागिमा  प्रत्यक्ष सहभागि बने । जे होस त्यही कारणले नेपालमा राजा बीरेन्द्रले ‘ बहुदल र सुधारिएको पञ्चातका बीचमा जनमत संग्रह’ गर्ने घोषणा गर्न वाध्य भएका थिए । 

यो घोषणाको चौम र माले दुवैले धोका हो भनेर आन्दोलनलाई गणतन्त्रउन्मुख गराउने त भने तर तत्कालिन नेपाली काँग्रेसका नेता बीपीले जनमत संग्रह’ गर्ने घोषणालाई निशर्त स्विकार गरेका थिए र उनीहरू जनमतसंग्हमा जनताको बीचमा जाने भने भने चौम र मालेले चाही ‘पञ्चात बाघ हो भने बहुदल ब्वाँसो’ हो दुवैका विरूद्ध जाने कार्यक्रमको आवश्यकता भनियो तर यसले ती पार्टीभित्र चर्को विवाद लियो र अन्त्यमा आन्दोलन सिथिल वन्दै गयो । चौमले त २०३६सालको भदौतिर नै उसको माथि  उल्लेखित ‘पञ्चात बाघ हो भने बहुदल ब्वाँसो’ हो दुवैका विरूद्ध जाने भन्ने भनाइलाई सच्चायो र बहुदलको पक्षमा प्रचार गर्ने निर्णय गर्‍यो भने मालेलाई अझ बढता समय लाग्यो । 

मालेका विद्यार्थी र चौमबीचमा अखिलको पांचौ अधिवेशन गर्ने कि छैटौ गर्ने भन्ने विवादले उच्चता लियो । लेखक अखिल छैटौको अधिवेशन आयोजक समितिमा पनि भएको  र त्यसको तयारीमा थियो भने मालेवालाहरूले त्यसलाई हुन नदिने रणनीतिमा थिए । उनीहरू एकताको पाचौ गर्नैमा थिए । तर मालेका विद्यार्थी र चौमबीचको मतभेद बढदै गयो र ललितपुरको ठैवमा चौमले गर्न थालेको अखिल छैठौको अधिवेशन  हुनवाट रोक्न लेखक र छैठौका अर्का नेता बखान सिं लामामाथि त्रिचन्द्र कलेज अगाडि राती ८ बजे वालपेन्टींग गरिरहेको समयमा आक्रमण गरे । लेखकलाई मालेका अराजक विदार्थीले हानेको चोटलाई बखान सिंहले रोके तर वार्ता गर्ने भन्दै अनि लेखक र बखान सिंहलाई अपहरण गरेर अस्कल कलेजमा लगे । त्यसको नेतृत्व मालेका अर्का विद्यार्थी नेता कन्दङवाले गरेका थिए, जो आन्दोलनका हरेक योेजनामा टंकसंग आउने गर्दथे र खासमा त उनको डेरा जो दिल्लीवजार कालिकास्थान पछाडि थियो, त्यही हुन्थ्यो । उनीहरूले अपहरण गरेर  कागज गराउने दवावदिएका थिए । त्यसमा विधार्थी एउटै अधिवेशन—एकताको पाचौ र हुन गइरहेको छैठौको अधिवेशन स्थगनको वक्तव्यमा सहीगर्ने थियो । त्यसमा सहमती हुन सकेन र चौमको  एउटा ठूलो शक्ति खोज्दै आएको थाहा पाएपछि उनीहरूले अपहरणबाट मुक्त गरेका थिए । यसवारे मालेका विद्यार्थीहरू पुरै अराजक थिए । पछि पार्टीले बहुदलको प्रचारमा जाने भने अनुसार लेखक आफ्नै जिल्ला प्यूठानमा गए । प्यूठान र दांङका लागि पार्टीले खगुलाल गुरूङ, बासुदेव गौतम, र लेखक सहीतको एउटा टोली बनाएको थियो । 

 २०३६ सालको अखिल छैठौको महाधिवेशनको सफलता पछि, लेखक आफ्नो  जन्म ठाँउ प्यूठानको जिम्मेवारी लिएर क. किरणको नेतृत्वमा काम गर्न प्यूठान गए । २०३५ र ०३६को आन्दोलनको परिणाम देशमा जनमत सङग्रहको घोषणा गरिएको थियो ।  त्यसवेला नेपालमा पार्टीले पहिले ‘बहुदल निर्दल एकै हो’ भन्ने नारा दिएर जनमत सङग्रहको विरोध गरेको थियो तर लगतै पार्टीले त्यसमा परिवर्तन गरी जनमत सङग्रहमा भागलिने र बहुदलिय व्यवस्थाको पक्षमा मतदान गर्न आन्दोलन गर्ने निर्णय वमोजिम पार्टीको निर्देशनमा प्यूठानमा केही ठाँउहरूमा आम सभाहरू गर्ने निर्णय गर्‍यो । जनमत सङग्रहको घोषणा भएता पनि ३० वर्षसम्म पञ्चहरूको दवदवा भएकोले नेपाली काँग्रेसले पनि हामी भन्दा अगाडि प्यूठानमा आमसभागर्ने पहल गरिसकेको थिएन । 


२०८० साउन १० १४:४४ बजे

प्रतिक्रिया