चिसो पेय पदार्थको सेवनले क्यान्सरको जोखिम

bimbonline बिम्ब अनलाइन
२०८० साउन ९ ०८:५९ बजे

काठमाडौं । गर्मीयाममा कोल्ड ड्रिंक्स धेरैको रोजाइमा पर्ने गर्छ ।  विशेषगरी गर्मी, भोज  र चाडबाडमा यसको प्रयोग पनि बढेको पाइन्छ ।तर, स्वास्थ्यका दृष्टिकोणले कोल्ड डिंक्सलाई त्यति लाभदायक मानिँदैन । तत्कालका लागि स्वादिलो र शीतल हुने भएपनि यसले पार्ने दीर्घकालीन असर धेरै भएको अध्ययनहरूले देखाएका छन् ।

विशेषगरी कोल्ड ड्रिंक्समा पाइने फोस्फोरिक एसिड र चिनीको मात्राले शरीरमा नकारात्कमक असर पुर्याउँछ । यस्ता पेय पदार्थमा हुने सोडा र चिनीको मात्राले शरीरको तौल बढाउने गर्दछ भने यसमा हुने ग्लुकोजको अधिक मात्राले कलेजोमा फ्याटी लिभरको सम्भावना बढाउँछ ।

क्लिनकल न्युट्रेसनिष्ट प्रतिमा सेनका अनुसार कोल्ड ड्रिंक्समा पाइने फोस्फरिक एसिडले हड्डीमा भएकोे क्याल्सियमलाई ह्रास गराउँदै लैजाने र तुहाउने काम गर्दछ । जसको असरस्वरुप हड्डी खिइने समस्या निम्तिनसक्ने उनी बताउँछिन् ।

त्यस्तै, बढी कोल्ड ड्रिंक्स पिउने व्यक्तिमा प्यान्क्रियाटिक क्यान्सरको जोखिम बढी हुन्छ । यसको अधिक प्रयोगले रगतमा युरिक एसिडको मात्रा बढाउने र विस्तारै स्मरण शक्ति ह्रास हुँदै जाने पनि विभिन्न अध्ययनहरूले देखाएका छन् ।  त्यसकारण कुनै पनि चिसो पेय पदार्थ सेवन गर्नु भन्दा मोहि, दहि,ताजा जुस, लसि सेवन गर्नु स्वास्थ्यका लागी लाभदायिक मानिन्छ।


२०८० साउन ९ ०८:५९ बजे

प्रतिक्रिया