समाजलाई उर्जा दिने सकारात्मक चिन्तन र व्यवहार लोप हुदै गईराखेको सन्दर्भमा यो फाउण्डेशनको स्थापना गरेका छौ-केशव नाथ योगी अध्यक्ष

bimbonline बिम्ब अनलाइन
२०८० असार ३१ ०९:२६ बजे
केशव नाथ योगी- अध्यक्ष

धनगढी।देशका विभित्र ठाउँमा माक्सवादी दर्शन विज्ञानको अध्यायन अनुसन्धान र खोज गर्ने उदेश्यले विभिन्न सँध सँस्थाहरुले माक्सवाद लेनिनवाद र माओविचारधारा को राजनितिक, दार्शनिक, सैन्यविज्ञानका पक्षहरुको सँगठित र सँस्थागतरुपमा अध्ययन मनन गर्ने गरी अध्ययन केन्द्रहरु पञ्चायतकाल देखि नै स्थापना र  सञ्चालन गरेका पाइन्छन। सुदुरपश्चिमको धनगढीमा पनि माक्सवादी अध्ययन फाउन्डेशन स्थापना गरिएको छ। सोहि फाउण्डेशनका केन्द्रिय अध्यक्ष केशवनाथ योगी संगको बिम्व अनलाईनका सम्वादाताले गरेको भेटमा भएको    कुराकानी का सम्पादीत अंशहरु 

माक्सवादी अध्ययन फाउन्डेशनको स्थापना तथा संचालनको उद्देश्य के हो ?

वर्तमान समयमा विश्व समुदायले आफ्नो संघर्ष र खोजलाई प्रकृति÷बह्माण्डमा लुकेर रहेका रहस्यहरुमा केन्द्रित भईरहेका बेला हाम्रो देशको सामाजिक, राजनीतिक, आर्थीक परिवेश वा विज्ञान, प्रविधि, सामाजीक मान्यता र संस्कृतीका साथै हाम्रो जीवन शैली÷कार्यशैली र मानविय व्यवहार समेत लाई रुपान्तरण गर्न सकेका छैनौ । विज्ञान प्रविधिको युगमा नेपालको संस्कृति, ऐतिहासिक पहिचानका साथै सामाजिक व्यवहार समेत कमजोर हुदै गइराखेको छ । मानविय व्यवहार तथा अनुशासन हराउदै गएको छ । 

नेपालको वर्तमान परिवेशमा Facebook\सामाजिक संजाल मार्फत प्रयोग हुने गरेका स्ट्याटस, टिप्पणी तथा कमेन्ट, अपमानजनक शब्दहरुले रंगिएका देखिन्छन । यसले वर्तमान समाजलाई लज्जित बनाएको छ । एक अर्कोलाई निचा देखाउन अश्लील प्रकारका शब्दहरुको चयन गर्नु र अनावश्यक गाली गलौचमा उत्रिनु यसका ज्वलन्त उदहारण हुन । समाजलाई उर्जा दिने खालका सकारात्मक चिन्तन र व्यवहार लोप हुदै गईराखेको छ । यस प्रकारको सामाजिक परिवेशका कारण समाजलाई पवित्र होइन दुःगन्धित बनाउदै लगीराखेकोे छ । जस्को प्रभाव सामाजिक परिर्वतन, रुपान्तरण, तथा समतामुलक सभ्य समाज निर्माणको दृष्टिकोणमा समेत असर पर्न गएको छ । त्यति मात्र होईन वर्तमान राजनीतिक व्यवस्थामा समेत प्रहार भई रहेको छ । 

यसै परिपेक्षमा नेपालको सामाजिक, सांस्कृति, ऐतिहासिक पहिचानका साथै सामाजिक व्यवहार तथा समाज सेवामा समर्पित सिर्जनात्मक चिन्तन र दृष्टिकोणको कार्यान्वयनका साथै देशको विकास र समृद्धिमा योगदान पुर्याउने उदेश्यले गत २०७९ बैशाख २० गतेका दिन माक्सवादी अध्ययन फाउण्डेशनको नाममा गैरनाफा मुलक संस्थाको गठन भएको हो ।

 यो फाउण्डेशन कुनै पार्टीको भातृ संगठन हो वा स्वतन्त्र संस्था के हो ? कसरी बुझ्न सकिन्छ ?

माक्र्सवादी अध्ययन फाउण्डेशन एक गैरनाफा मुलक स्वतन्त्र संस्था हो । यसको उद्देश्य नितान्तरुपमा दर्शन र दृष्टिकोणको आधारमा समाजमा कायम रहेका परम्परागत विकृति, अमानविय तथा अराजक व्यवहारमा फसेका युवा पुस्तालाई दर्शन र दृष्किोणमा लैस बनाउन, जिवन र जगतलाई बुझ्न गहिरो अध्ययन अनुसन्धानमा केन्द्रित गर्न र समाज रुपान्तरणका लागी सेवामुलक भावनालाई जाग्रीत गर्ने सानो प्रयास हो । तर यो कार्य भन्न जति सजिलो छ प्रयोग र कार्यान्वयनको पाटो त्यतीकै जटिल छ । 

 यस पुस्तकालयमा कुन कुन विधा र विषय वस्तु संग सम्बन्धित पुस्तकहरु अध्ययन गर्न मिल्छ ?

संस्थाले एउटा सानो पुस्तकालयको पनि निर्माण गरेको छ । खास गरी माक्र्सवादी दर्शन, विश्व दृष्टिकोण, ज्ञान विज्ञान, प्राचिन ग्रन्थहरु, आध्यात्मिक दर्शन देखि सुचना र प्रविधि, भाषा तथा संस्कृति सम्बन्धि पुस्तकहरुका साथै ईतिहास, राजनीति, अर्थनीति, सौन्दर्यशास्त्र, नैतिकशास्त्र, राष्ट्रिय तथा अन्तराष्ट्रिय विषय वस्तु सम्बन्धि पुस्तकहरु समेत रहेका छन । अहिले हामी संग ठुलो पैमानामा पुस्तकहरु नभए पनि निकट भविष्यमा पुस्तकालयको आकार बढाउने उद्देश्य रहेको छ ।

 अध्ययनकर्ता वा पाठकहरु लाइ संस्थाले अध्ययन गर्ने÷गराउने सम्बन्धि कुन पद्धति अवलम्बन गरेको छ ।

हामीले पुस्तकालयमा  संस्थाका सदस्य मात्र नभएर गैर सदस्यहरुलाई समेत पुस्तकालयमा निशुल्क अध्ययन गर्न पाउने गरि एक अध्ययन कक्षको समेत निर्माण गरेका छौ । जहाँ एक पटक कम्तिमा १० जना सम्म पाठक वर्गहरुले अध्ययन गर्ने व्यवस्था रहेको छ 

संस्थाले आफ्नो मापदण्ड अनुसार अध्ययनकर्ता परिचय पत्र शुल्क लिएर लाईब्रेरी कार्डको व्यवस्था गरि अध्ययन गर्न पाउने व्यवस्था मिलाएको छ । तर जो संग लाईब्रेरी कार्ड (अध्ययनकर्ता परिचय पत्र) छैन वहाँहरुलाई निशुल्क रुपमा संस्थाको अध्ययन कक्ष भित्र अध्ययन गर्ने व्यवस्था रहेको छ ।  

अध्ययनकर्ता परिचय पत्र प्राप्त गरि सकेका पाठकहरुले संस्थाको नियमानुसार निश्चित समयावधिका लागी पुस्तकालयमा पुस्तक दर्ता गरेर  एक पटकमा एउटा पुस्तक अध्ययन गर्न आफु संग लैजान पाउने व्यवस्था मिलाउने तयारी भईरहेको छ ।

 यो संस्थाले पुस्तकालय संचालनको अलवा अरु पनि केहि कार्यक्रम गर्छ कि ?

हामीले पुस्तकालय निर्माण प्रत्यक्ष अध्ययन गर्नका लागी संचालन गरेका छौ तर यसका साथै माथि उल्लेख गरिए झै समाज सेवामा समर्पित चेतनाको उजागर गर्ने सानो प्रयास पनि हामी गर्ने छौ । यस्कालागी संस्थाले आफ्नो वेवसाईड निर्माण गरि ईलाईब्रेरीको समेत संचालन गरेर सफ्टवियर निमार्णको प्रक्रियामा रहेको छ । दर्शन र दृष्टिकोण सम्बन्धि, राष्ट्रिय अन्तराष्ट्रिय विषय वस्तु समाजको विकसित विकास मोडल, ज्ञान विज्ञान, सुचना र प्रविधि, भाषा तथा संस्कृति तथा माक्सवादी दर्शन र साहित्य सम्बन्धि कार्यक्रम, कार्यशाला गोष्ठी ÷प्रशिक्षणका साथै अन्तरक्रिया कार्यक्रम गर्ने । राष्ट्रिय तथा अन्तराष्ट्रिय निकाय संग समन्वय र सम्बन्ध बढाउने ।  प्रदेश स्तरिय अन्तरक्रिया तथा कार्यशाला गोष्ठी कार्यक्रम गर्ने ।  संयुक्त जिल्ला स्तरिय साझा कार्यशाला गोष्ठी गर्ने समेतको योजना बनाउने छौ । 

 संस्थाको कार्यालय संचालन कसरी गरि रहनु भएको छ ? यसको श्रोतको अवस्था के छ

यो विषय अलि जटिल नै रहेको छ । संस्थाको उद्देश्य र कार्यक्रम संचालन वा परिचालन गर्न आर्थिक श्रोत अनिवार्य चाहिन्छ । संस्थाको प्रस्ताब र योजना अनुरुप पुस्तकालय तथा कार्यालय भवन निर्माणका लागी आर्थिक वर्ष २०७९÷८० मा कार्यान्वयन हुने गरि तत्कालिन सुदुर पश्चिम प्रदेश सरकारका मुख्यमन्त्री  त्रिलोचन भट्ट नेतृत्वको सरकारको तर्फ बाट केहि बजेट विनियोजन गरिएको थियो । जस अन्तरगत संस्थाले २ कोठा र एउटा हल भएको पुस्तकालय\कार्यालय निर्माण भई सकेको छ । पुस्कालयमा १००० भन्दा बढी पुस्तकहरु रहेका छन । साथै कार्यालयका लागी आवश्यक फर्निचर समेत खरिद भईसकेको छ । संस्थाको आफ्नो वेवसाईड र ईलाईब्रेरीको सफ्टवियर निमार्णको प्रक्रियामा रहेको छ । संस्थाको आर्थिक श्रोत बढाउन सदस्यको लेबी शुल्क नियमित गर्ने संस्थाले अध्ययनकर्ता परिचय पत्र शुल्क लिने संस्थाको आर्थिक श्रोत बढाउनका लागी दातृ निकायको पहिचान गरी  संस्थाको उद्देश्य अनुरुप कार्यक्रम संचालन गर्ने , संस्थाको आन्तरिक आर्थिक श्रोत लाई नियमित\स्थायी श्रोत बनाउनका लागी व्यवस्थित योजना बनाई दिर्घकालिन काम अगाडि बढाउने प्रयास रहनेछ ।

 अन्तिममा  तपाई भन्नु केहि वाकी छ की ?

वर्तमान अवस्थामा नेपाली बुद्धिजीविहरुको निष्कृय व्यवहार, मिडिया, फेसबुक तथा सामाजिक संजालको दुर्पयोग (गलत प्रयोग) र नेपालको वास्तविक संघर्षको सकारात्मक ईतिहास लेखन तथा प्रचार प्रसारको कमि, फेसबुक सामाजिक संजालले प्रचार गरेका मुख्य लाईन लाई हेरेर दृष्टिकोण वा धारण बनाउने कार्यले आजको युवा पूस्तामा पर्दै गईरहेको नकरात्मक प्रभावका कारण नीति र विधि प्रक्रियामा मात्रै होईन सामाजमा एक प्रकारको अराजकताले जन्म लिएको छ । देशको अस्थिर राजनीति, विभिन्न निकाय वा क्षेत्रहरुमा भईरहेको व्यापक भ्रष्टाचार एंव क्रियाकलापले निराशा पैदा गरेको छ । यद्यपि वर्तमान सरकारले पछिल्लो चरणमा सुशासन र थीति बसाउन केहि प्रयास गरेको छ । कयौ भ्रष्टाचारी, मानव तस्कर लगायत समाज विकासका बाधक तत्वहरुलाई कारवाहिको दायरामा ल्याउनु स्वागत योग्य कुरा हो । सरकारले भ्रष्टाचारका फाईलहरु खोल्दै दृढतापुर्वक अघि बढोस शुभकामना पनि दिन्छौ । भ्रष्टाचारीको रुप रंग वा आकार प्रकार हुदैन जो सुकै भएपनि छ कारवाहीको दायरामा ल्याउनु पर्छ । त्यसैले ससाना विषय वस्तुहरु वा आन्तरिक कलहमा अल्झिनु हुदैन देशको समृद्धिमा सबैको कल्याण छ । हामी सबैले नकारात्मक विचारधारा भित्र सकारात्मक तत्वको खोज गर्नु र सकारात्मक व्यवहार लाई क्रियाशिल बनाउदै लैजानु आजको आवश्यकता हो ।

 

 

 

        

 

२०८० असार ३१ ०९:२६ बजे

प्रतिक्रिया