कास्की प्रशासनको मिटरब्याजी पीडितलाई भदौ ५ भित्र उजुरी दिन आग्रह

कास्की प्रशासनको मिटरब्याजी पीडितलाई भदौ ५ भित्र उजुरी दिन आग्रह

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ३१ १३:२३ बजे
मिटरब्याजी पीडित

काठमाडौं। कास्की जिल्ला प्रशासनले भदौ ५ भित्र मिटरब्याज पीडितलाई प्रमाण सहित उजुरी दिन आह्वान गरेको छ ।

प्रशासनले एक सूचना प्रकाशित गर्दै मिटरब्याजी पीडितले प्रमाणसहित निवेदन पेस गर्न आग्रह गरेको छ । मिटर व्याजीको समस्या समाधानका लागि प्रशासन यस्तो कार्यमा लागको हो ।

कास्की प्रशासनले मिटर ब्याजीहरूले गरेको अपराध र शोषणको तथ्य प्रमाण सहित प्रशासन वा प्रहरीमा उजुरी दर्ता गराउन आग्रह गरेको छ ।

२०७९ साउन ३१ १३:२३ बजे

प्रतिक्रिया