दैनिक १५ लाखसम्म आम्दानी रेमिटेन्सको रूपमा भित्र्याउन पाइने

दैनिक १५ लाखसम्म आम्दानी रेमिटेन्सको रूपमा भित्र्याउन पाइने

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ३१ १३:१७ बजे

काठमाडौं । अब विदेशमा कुनै सामान वा सेवा बिक्रीबाट हुने आम्दानी, कमिशन, पारिश्रमिक लगायतबाट हुने आम्दानी दैनिक १५ लाखसम्म भित्र्याउन पाइने भएको छ। 

राष्ट्र बैंकले सोमबार परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो।  यसरी पठाएको रकम रेमिटेन्स कम्पनीमार्फत भित्र्याएको र विदेश फिर्ता नहुने गरी ल्याएको रकम हुनु पर्ने राष्ट्र बैंकले जनाएकोछ ।  

यसअघि परामर्शदाताहरूले मात्रै यसरी रकम ल्याउन सक्ने र रकम ल्याउदा एकदिनमा अधिकतम १० लाखसम्मको सीमा तोकिएको थियो। 

अब बैंक तथा वित्तीय संस्थाले विदेशबाट आयात गर्ने आयातकर्ताको लागि प्रतितपत्र, टिटी आदी जारी गरेर विनिमय सुविधा दिँदा आयातकर्ताले ल्याउन लागेको वस्तुको अन्तर्राष्ट्रिय मूल्य र इन्भ्वाइसमा उल्लेखित दरको तुलना गर्नुपर्ने समेत व्यवस्था गरिएको छ।

२०७९ साउन ३१ १३:१७ बजे

प्रतिक्रिया