जनैपूर्णिमामा गोसाइँकुण्डमा ३ लाख २२ हजार भेटी संकलन

जनैपूर्णिमामा गोसाइँकुण्डमा ३ लाख २२ हजार भेटी संकलन

bimbonline बिम्ब अनलाइन
२०७९ साउन ३० १४:५८ बजे
गोसाइँकुण्ड

काठमाडौं । जनैपूर्णिमा पर्वका अवसरमा  गोसाइँकुण्डमा मन्दिरमा चढाएको भेटीबाट ३ लाख संकलन भएको छ । पुजारीबाट सङ्कलन गरिएको भेटीलाई लाङ्टाङ् राष्ट्रिय निकुञ्जका कर्मचारी र गोसाइँकुण्ड क्षेत्र विकास समितिका पदाधिकारीले धुञ्चे पुर्‍याइ गणना पश्चात् सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालयको रोहवरमा गरिएको गणनाबाट तीन लाख २२ हजार एक सय १५  रुपैयाँ सङ्कलन भएको समितिका अध्यक्ष संञ्जिव डिएमले  बताएका छन् । 

२०७९ साउन ३० १४:५८ बजे

प्रतिक्रिया